×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रचण्डले जसलाई रोज्छन् त्यही अध्यक्ष,जनार्दनले पार्टी फुटाउने

२७ श्रावण २०८१

२७ साउन, काठमाण्डौ ।

नेपालका माओवादी केन्द्र तेस्रो दल भएर पनि डेढ वर्ष देशको नेतृत्व लिँदै अहिले प्रमुख प्रतिपक्ष बनेको छ । सरकारबाट बर्हिगमनमा परेपछि माओवादीको नेतृत्व परिवर्तनको बहस भित्रि रुपमा भुसको आगो जस्तै फैलिएको छ । कहिले वरिष्ठ उपाध्यक्ष नारायणकाजी क्षेष्ठले पार्टी नेतृत्वका बारेमा प्रश्न उठाएका छन् कहिले उपमहासभिव जनार्दन शर्माले पार्टी फुटाउने सम्मका खबरहरु बाहिरिएका छन् ।

Advertisement
Advertisement

माओवादीको महाधिवेशनमा महासचिवमा दाबेदारी गरेका शर्मा अध्यक्ष प्रचण्डकै तजबिजमा उपमहासचिवमा सिमित बनेपछि प्रचण्डप्रति असन्तुष्ट छन् । यस्तो अवस्थामा मूल नेतृत्वले नै ’जनार्दनले पार्टी फुटाउँदै छ’ भन्ने हल्ला फैलाएको आरोप शर्माले लगाएका छन् । मूल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्नहरू रहेको उल्लेख गर्दै शर्माले नेतृत्व ती प्रश्नको उत्तरहरू दिन नलागी ध्यान अर्कोतिर मोड्न लागिपरेको जिकिर गरेका छन् ।

‘पार्टी फुटबारे चलाइएको हल्ला सम्बन्धमा’ शीर्षकमा स्थायी समिति बैठकमा एक लिखित धारणा प्रस्तुत गर्दै शर्माले आफूविरुद्ध नेतृत्वले एकपछि अर्को प्रचारबाजी गरिरहेको उल्लेख गरेका छन् । उनले शनिवारको बैठकमा आफ्नो धारणा प्रस्तुत गर्ने क्रममा सुरुमा खुमलटारबाट एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई प्रचण्ड प्रधानमन्त्री भएर बालुवाटार पुगेपछि थप तीव्रता दिइएको आरोप लगाएका छन् ।

यस विषयमा देशभरबाट दैनिक सयौँले फोन गरेर फुटबारे सोध्ने गरेको पनि शर्माले बताएका थिए । यो कुरा अन्य राजनैतिक दल, सुरक्षा निकाय र ब्यूरोक्रेसीसमेतमा चासोको विषय बनेको भन्दै शर्माले यसमा स–साना अन्तर्विरोध समाधान गर्न झन् ठूलो अन्तर्विरोध सिर्जना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको आरोप लगाएका छन् ।

शर्माले विभिन्न समयमा आफूले लिएको अडान र प्रश्नकै कारण आफूविरुद्ध अनेक हल्ला चलाइएको जिकिर गरेको एक सदस्यले बताएका छन् । शर्माले आठौँ महाधिवेशनको समापनपूर्व नै विशेष महाधिवेशनको घोषणा गरेर महाधिवेशनको महत्वलाई हलभित्रै समाप्त पारेको सम्बन्धमा प्रश्न गरेका थिए । यस्तै पार्टीलाई विधि र पद्धतिमा लैजाने सङ्कल्पको रूपमा आयोजना गरिएको विधान महाधिवेशन हलमा उत्साहका साथ भएका छलफल र हलको अभिमतलाई अस्वीकार गरिएकोबारे पनि त्यतिबेला प्रश्न गरेका थिए ।

सरकारमा रहँदा बालुवाटारबाटै कहिले जनार्दन त कहिले वर्षमानकाविरुद्ध गरिएका दुश्प्रचारसम्बन्धी प्रश्न, प्रतिशोध साँध्न पार्टीभित्र राज्यशक्तिको प्रयोग गर्न खोजेको बारे प्रश्न, पार्टीभित्र विभिन्न तहका नेताहरूलाई जुटाउन हैन फुटाउनको लागि गरिने मेहेनतबारेको विभिन्न समयमा प्रश्न गर्दा आफूविरुद्ध दुष्प्रचार गरिएको धारणा शर्माले राखेका थिए । शर्मा नयाँ नेतृत्वबारे तीन वटा प्रस्ताव समेत अघि सारेका छन् ।

उनले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी तीन प्रस्ताव गरेका हुन् । माओवादी नेताहरुका अनुशार नेतृत्व हस्तान्तरणबारे शर्माको प्रस्तावमा भनिएको छ, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने ।’

यस्तै उनले नेतृत्व पुस्तान्तरण गर्ने हो भने अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने प्रस्ताव गरेका छन् । यस्तै हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी साङ्गठनिक नेतृत्व हस्तान्तरण गर्ने शर्माको प्रस्ताव छ ।

यस्तै उनले पार्टीभित्र फरक मतको सम्मान गर्ने संस्कार मासिदै गएको, कम्युनिष्ट स्प्रिट अनुसार सामूहिक छलफलको परिपाटी कमजोर हुन पुगेको र माथिदेखि तलसम्म परिवारवाद हावी भएका कारण पार्टी कमजोर बन्दै गएको जनाएका छन् । पार्टीभित्र मुद्दा विशेषमा कमीकमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइएको गुनासो पनि उनले गरेका छन् ।

मुल नेतृत्व भन्दै प्रचण्डमाथि जनार्दन गर्जिरहँदा यता प्रचण्डले भने बृहत् वाम एकताका लागि पहल गर्ने प्रस्ताव पार्टी स्थायी समिति बैठकमा राखेका छन् । प्रचण्डले समाजवादी मोर्चासँगै बृहत् वाम एकतामा नेकपा एसलाई समेत समेट्नका लागि पहल गर्ने प्रस्ताव गरेका हुन् । जनता बृहत वाम एकता र कम्युनिस्ट पार्टी पुनर्गठनको पक्षमा रहेको भन्दै प्रवत्ता अग्नि सापकोटाले भने, ‘एकपल्ट बिग्रियो भनेर सधैंका लागि बिग्रिन होइन । बृ

हत् वामपन्थी एकता गर्दै अगाडि बढ्दा, अरु पार्टीहरु आउँदै गर्दा खासखास नेताहरु अहिले कम्युनिस्ट पार्टीको पुनर्गठन नचाहे पनि अन्तिममा अनिवार्य छ ।’ त्यसअघि पार्टीमा शुद्धीकरण अभियान चलाउने र एकताबद्ध बनाउने प्रचण्डले बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झण्डै ३० वर्षभन्दा लामो समयदेखि पार्टी नेतृत्वमा राज गरिरहेका छन्। २०४८ नेकपा मशालको महामन्त्री भएका प्रचण्डले २०५१ सालदेखि माओवादी सशस्त्र युद्धको नेतृत्व गरे ।

प्रचण्डले २०५७ सालदेखि माओवादीको अध्यक्ष छन्। माओवादीमा रहँदा नेतृत्वमा मोहन बैद्य देखि बाबुराम भट्टराईसम्मले नेतृत्वमा दाबी गरेपनि प्रचण्डले सँधै किनारा लगाउँदै आएका छन् ।नेकपा एमाले र माओवादी एकता भएका बेला पनि दुई मध्ये एक अध्यक्ष बनेका प्रचण्ड पार्टी विभाजन र पछिल्लो राष्ट्रिय सम्मेलनबाट समेत अध्यक्षमा यथावत छन् ।

पञ्चायतविरोधी आन्दोलनमा २०३८ सालमै भूमिगत भएका प्रचण्ड एकैपटक २०६३ साल असार २ गते बालुवाटारमा सार्वजनिक भएका थिए । उनी ४६ सालको जनआन्दोलनमा समेत सार्वजनिक भएका थिएनन् । २०४६ सालपछि केही वर्ष अर्ध भूमिगत रहेर उनी जनयुद्ध सुरु भएपछि भूमिगत भएका थिए। भूमिगतकालमा उनलाई कल्याण, विश्वास, निर्माण र प्रचण्ड नामले चिनिन्थ्यो ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top