×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

३३ सय बढी डेंगी संक्रमित, ५० जनामा हैजा, इपिसेन्टर ललितपुर

२९ श्रावण २०८१

२९ साउन , काठमाण्डौ।

देशका विभिन्न भागमा हैजा तथा डेङ्गीको सङ्क्रमण ह्वातै बढेको छ । डेंगी संक्रमणबाट यो वर्ष जनवरीयता दुईजनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो दुई सातामा तनहुँका ५० वर्षीय पुरुष र झापाकी ४० वर्षीय महिला संक्रमितको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गण्डकी प्रदेशमा सबैभन्दा धेरै एक हजार २२६ जनामा संक्रमण देखिएको छ ।

Advertisement
Advertisement

जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै ६५६ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । यस्तै, काठमाडौंमा ३३२, कास्कीमा २१२, झापामा १४५, चितवनमा १३५ जना संक्रमित भएका छन् । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ । यस्तै देशभरका पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको छ ।

जसमध्ये ललितपुरका मात्र ३८ जना रहेका छन् । ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकाका विभिन्न वडामा हैजा देखिएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । काठमाडौंमा दुई, कैलालीमा आठ र प्युठानमा दुईजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ । यसैबीच हैजा तथा डेङ्गीको सङ्क्रमण देशका विभिन्न क्षेत्रमा देखिन थालेपछि यसलाई महामारीका रूपमा बढ्न नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काम थालेको छ ।

मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा प्रदेश र पालिकासँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरेको छ । टोलीले बिरामीको खोजी र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिमा लक्षणको निगरानी गरिरहेका छन् । यस्तै पानीजन्य रोग नियन्त्रणका लागि खानेपानीको गुणस्तर सुधार गर्न सम्बन्धित निकाय तथा पदाधिकारीसँग समन्वय गरेर तत्काल काम थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ । हैजा भाईब्रो कोलेरा भन्ने जीवाणुबाट लाग्छ । हैजा एक आत्याधिक चाडोँ सर्ने रोग हो । विशेषत, फोहोर पानी तथा फोहोर खानेकुरामा हैजाको जीवाणु पाइन्छ ।

हैजाको जीवाणु मानिसको शरिरमा छिरेको १२ घण्टा देखि ५ दिनमा हैजाको लक्षण देखिन थाल्छ । यस रोगका बिरामीले समयमै उपचार नपाए मृत्यु हुने सम्भावना बढी हुन्छ । हैजा एकदमै संक्रामक रोग हो जसले तुरुन्तै पखाला निम्त्याउँछ । यसले गर्दा शरीरबाट तरल पदार्थ र इलेक्ट्रोलाइट्स (खनिज पदार्थ) को धेरै क्षति हुन्छ ।

हैजा कसरी सर्छ ?
हैजाको संक्रमणको मुख्य स्रोत दूषित पानी हो । यदि हामीले हैजाको ब्याक्टेरियाबाट दूषित पानी वा खानेकुरा खायौ भने हामी हैजाको जोखिममा पर्न सक्छौँ । विशेष गरी महामारीको बेला हैजा रोगबाट संक्रमित व्यक्तिको दिसाले, पानी वा भोजन दूषित भएको छ भने हैजाको संक्रमण बढ्न सक्छ । फोहोर र पिउने पानी तथा अपर्याप्त उपचार भएका क्षेत्रहरूमा यो रोग तीव्र गतिमा फैलिन सक्छ ।

हैजा रोगको जोखिममा को–को पर्छन् ?

स्वच्छ पिउने पानी र सरसफाइको राम्रो प्रबन्ध नभएको ठाउँहरूमा बसोबास गर्ने मानिसहरूलाई हैजाको खतरा बढी हुन्छ ।

हैजा रोगका लक्षणहरु के –के हुन् त ?

हैजा रोगको किटाणुसँग सम्पर्कमा आउने अधिकांश मानिसहरू बिरामी हुँदैनन् र आफू संक्रमित भएको थाहा पाउँदैनन् । तर उनीहरुको दिसामा ७ देखि १४ दिनसम्म हैजाका ब्याक्टेरियाहरू हुन्छन् । हैजा रोगको किटाणुहरु यदि दूषित पानीमा परे भने अरूलाई पनि संक्रमण गर्न सक्छन् । हैजा लागेको व्यक्तिहरुमा पखला लाग्ने, वाकवाकी र वान्ता हुने, जलवियोजना वा शरीरको तौल १० प्रतिशत वा त्यो भन्दा बढीले घट्ने गर्दछ ।

हैजाबाट जलवियोजन भएका मानिसहरुमा जिउ चिलाउने, थाक्ने, आँखा गाडिने, मुख सुक्ने, अत्यधिक तिर्खा लाग्ने, रक्तचाप कम हुने र मुटुको धड्कन अनियमित हुने जस्ता लक्षणहरु देखिन सक्छन् । यस्तै देशका विभिन्न भागमा लामखुट्टेका कारण फैलिएको डेङ्गी प्रकोप नियन्त्रणका लागि सातै प्रदेशमा डेङ्गी परीक्षण प्रयोगशाला स्थापना गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

Advertisement
Advertisement

डेङ्गी नियन्त्रणका लागि विनियोजित १० करोड रुपैयाँबाट प्रदेशसँगै पालिकामासमेत लामखुट्टेको बासस्थान नियन्त्रण अभियानलाई तीव्रता दिइएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले डेङ्गी रोगबारे जनचेतना फैलाउन नेपाली भाषासहित १३ वटा अन्य भाषामा रेडियो सन्देश प्र;ारण गर्नुका साथै बिरामीका समस्या र जिज्ञासा समाधान गर्न टोल फ्री हटलाइन १११५ सञ्चालन गरिरहेको छ ।

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top