×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

एसिया कप क्रिकेट : भारत दोस्रो चरणमा प्रवेश, हङकङ २६ रनले पराजित

३ आश्विन २०७५

एजेन्सी, असोज ३
एसिया कप क्रिकेट अन्तर्गत मंगलबार भएको समूह ‘ए’ को खेलमा भारतले हङकङलाई २६ रनले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको छ ।

टस जितेर पहिलो फिल्डीङ रोजेको हङकङविरुद्ध भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन जोडेको थियो । भारतले दिएको २ सय ८६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ५० ओभरमा हङकङले ८ विकेटको क्षतिमा २ सय ५९ रनमात्र जोड्न सक्यो ।

Advertisement
Advertisement

भारतका लागि शिखर धवनले १ सय २७ तथा अम्बाती रायुडूले ६० रनको योगदान दिएका थिए । यी दुई ब्याट्सम्यान मिलेर दोस्रो विकेटका लागि १ सय १६ रनको साझेदारी गरे ।

धवनले १ सय २० बलको सामना गर्दै १५ चौका र २ छक्का प्राहर गर्दा रायुडूले ७० बलमा ३ चौका र २ छक्का नै हाने । भारतका लागि रोहित शर्माले २३, दिनेश कार्तिकले ३३ तथा केदार जाधवले अविजित २८ रनको योगदान दिए । हङकङका लागि किन्चित साहले ३ , एहसान खानले २ तथा एहसान नवाज र एजाज खानले १–१ विकेट हात पारे ।

जवाफमा ब्याटिङमा आएको हङकङले ओपनरद्वय निजाकत खान र कप्तान अन्शुमन रथबाट उत्कृष्ट सुरुआत पायो । ३५ औं ओभरमा अन्शुमन आउट हुनुअघि प्रारम्भिक जोडीले १ सय ७४ रनको कीर्तिमानी साझेदारी गरेको थियो ।

अंशुमनले कुलदिप यादवको बलमा क्याचआउट हुनुअघि ९७ बलमा ४ चौका र १ छक्कासहित ७३ रन जोडे । अर्का ओपनर निजाकत लगत्तै ओभरमा आउट भएका थिए । उनले १ सय १५ बलको सामना गर्दै ९२ रन जोडे । यसक्रममा निजाकतले १२ चौका र १ छक्का प्रहार गरेका थिए ।

राम्रो सुरुआत पाएपनि मध्यक्रममा आक्रामक ब्याटिङको खाँचो पार्दा अन्य खेलाडी चलन नसक्दा हङकङ लक्ष्यभन्दा केहि टाढा रहयो । हङकङका बाबर हायात १८, किन्चित साह १७, एहसान खान २२ र तनवीर अफजलले १२ रनको योगदान दिए ।भारतका लागि डेब्यु गरिरहेका खलिल अहमद र युज्भेन्द्र चहलले ३ विकेट तथा कुलदिप यादवले २ विकेट हात पारे ।

Advertisement
Advertisement

यस समूहबाट भारत र पाकिस्तान अर्को चरणमा प्रवेश गरेका छन् । हङकङको यात्रा भने समूह चरणमा नै सिमित भएको छ । अब समूहको अन्तिम खेलमा भारत र पाकिस्तान खेल्नेछन् । अर्को समूहबाट बंगलादेश र अफगानिस्तान दोस्रो चरण प्रवेश गरेका छन् । दुवै खेल हारेको श्रीलंका बाहिरिसकेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top