पेट्रोल पम्प सार्नपनि भारतको सहयोग माग्नु पर्याे

२९ साउन ८१, बुधबार

३० साउन , काठमाण्डौ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले त्रिभुवन विमानस्थलस्थित हवाई इन्धनको डिपो सार्न भारतसंग सहयोग मागेका छन् । यसका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग जुटाइदिन उनले इण्डियन आयल कर्पोरेशन(आईओसी) सँग माग गरेका हुन् ।

गत विहीबार मन्त्री भण्डारीले नयाँ दिल्लीमा आईओसीका उच्च अधिकारीसँग छलफल गर्दै विमानस्थलको हवाई इन्धन डिपो अन्य स्थानमा सार्न आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग माग गरेका हुन् । मन्त्री भण्डारीले आईओसीको एभिएसन फ्युल स्टेशन तथा इथानोल व्लेण्डिङ्ग स्टेशनको समेत अवलोकन गरेका थिए ।

Advertisement

उक्त हवाई इन्धन डिपो विशिष्टीकृत निकायको आर्थिक र प्राविधिक सहयोगमा मात्रै सार्न सकिन्छ । यस्तो विशिष्टीकृत बिशेषता आईओसीसँग मात्रै रहेको ठहर गर्दै आर्थिक तथा प्राविधिक सहयोगका लागि छलफलको क्रममा मन्त्री भण्डारीले आईओसीका उच्च अधिकारीसमक्ष आग्रह गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशनालयले विमानस्थलको मास्टर प्लानअनुसार विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स भवननजिकै डिपो सार्न करिब ५० रोपनी जग्गा पनि छुट्टयाइएको छ । डिपो सार्न विगत ३–४ बर्षदेखि आयोजनाले निगमलाई पत्राचार गर्दैआएको छ ।

Advertisement

निगमका एक पूर्वअधिकारीका अनुसार डिपो सार्ने योजना माफियाहरुको ठूलो सेटिङका कारण अघि बढ्न नसकेको हो । एक वर्षअघि सार्ने योजना अघि बढाए पनि विभिन्न स्वार्थ केन्द्रको अर्बौं रुपैयाँको चलखेल र सेटिङका कारण उक्त योजना अघि बढ्न सकेको छैन ।

यसअघि साउन १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सिनामंगलमा रहेको मुलुककै सबैभन्दा ठुलो हवाई इन्धन डिपो उक्त स्थानबाट सार्न शुक्रबार निर्देशन दिएका थिए ।

उक्त डिपो उच्च जोखिमयुक्त स्थानमा रहेकाले अन्यत्र सार्न नव नियुक्त तीन राज्यमन्त्रीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरक्षित स्थानमा डिपो सार्न सरोकारवाला मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालनमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिपको क्षेत्रमा परेकाले सुरक्षाका दृष्टिकोणले सार्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले करिब ३ बर्षदेखि सार्न निगमलाई पत्राचार गर्दैआएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top