NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए आइतवार बैशाख २८ , २०८२
पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे आइतवार बैशाख २८ , २०८२
भारत–पाकको युद्धमा ४ दिनमा के भयो ?चीन, रुस र टर्कीएका हतियार आइतवार बैशाख २८ , २०८२
दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ? आइतवार बैशाख २८ , २०८२
Next
Prev

समाचार

फुटबल समर्थकलाई खुसीको खबर !

बुधबार साउन ३० , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
फुटबल समर्थकलाई खुसीको खबर !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० साउन, विराटनगर । विश्वभरिका फुटबल समर्थकले निकै चासोका साथ हेर्ने युरोपियन लिगको नयाँ सिजन सुरु हुन लागेका छन् । युरोपियन राष्ट्रहरूमा आयोजना हुने पाँचवटा लिगका खेलहरू बिहीबार (भोलि) देखि सुरु हुन लागेका हुन् ।

विश्व फुटबलको सबैभन्दा प्रभावशाली मानिने इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेस लिगा र फ्रेन्च लिग ‘वान’ को नयाँ संस्करण भोलिदेखि सुरु हुन आँटेका हुन् ।

युरोपेली फुटबल महासंघले नियमन यी लिगहरूका क्लबहरूले निकै ठुलो धनराशी खर्चिएर खेलाडी र प्रशिक्षक आबद्ध गर्छन् । यसै लिगहरूको अंक तालिकाको शीर्ष चारभित्र रहने टोलीले च्याम्पियन्स लिग खेल्न पाउँछ भने पाँचौं हुनेले युरोपा लिग र छैटौं हुनेले युरोपा कन्फेरेन्स लिगमा क्वालिफायर हुने व्यवस्था छ । अंक तालिकाको पुछारमा रहने तीन टोलीले भने रेलिगेसनमा रहँदै घटुवा हुनुपर्ने प्रावधान छ ।

LS Auto

कुन लिग कस्तो ?

इंग्लिस प्रिमियर लिगः इंग्ल्यान्डको सर्वाधिक ठुलो घरेलु लिग फुटबल प्रतियोगिता इंग्लिस प्रिमियर लिगको नयाँ सिजन अगस्त १७ तारिखदेखि सुरु हुँदै छ । सन् २०२५ को मे २५ तारिखसम्म चल्ने प्रिमियर लिग सन् १९९२ बाट सुरु भएको हो । यद्यपि, सन् १८८८ देखि नै यो लिगको थालनी भएको मानिन्छ ।

प्रिमियर लिगको सर्वाधिक धेरै पटकको विजेता टोली म्यानचेस्टर युनाइटेड हो । उसले २० पटक प्रिमियर लिगको उपाधि जितेको छ । तथापि, सन् २०१२–१३ को सिजनयता उसले प्रिमियर लिगको ट्रफी जित्न सकेको छैन । बरु, यसभन्दा अगाडि लगातार चार पटक जितेर समग्रमा १० पटक उपाधि जितेको म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आफ्नो बर्चस्व बढाउँदै लगेको छ ।

युनाइटेड, लिभरपुल र सिटीबाहेक आर्सनल, चेल्सी, एभर्टन, टोटनह्याम हटस्परलगायत क्लब इंग्ल्यान्डका सशक्त क्लबहरू हुन् । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, डेभिड बेकह्यामलगायत थुप्रै स्टार खेलाडीहरूले प्रिमियर लिग खेलिसकेका छन् । प्रिमियर लिगको सर्वाधिक गोलकर्ता भने २६० गोल गरेका एलन सेयरर हुन् । दोस्रो स्थानमा २२० गोल गरेका ह्यारी केन रहेका छन् ।

स्पेनिस ला लिगाः स्पेनिस ला लिगाको नयाँ सिजन अगस्ट १५ देखि सुरु हुने छ भने सन् २०२५ को मे २५ तारिखसम्म चल्ने छ । स्पेनिस ला लिगाको यो ९४औँ संस्करण हो । स्पेनिस ला लिगा सन् १९२९ बाट सुरु भएको थियो । ला लिगामा दुई चीर प्रतिद्वन्द्वी क्लब हुन्, रियल मड्रिड र बार्सिलोना । हालसम्म ३६ र २७ पटक उपाधि जितेका क्रमशः रियल मड्रिड र बार्सिलोनाको अहिलेसम्म पनि दबदबा देखिन्छ ।

स्पेनिस ला लिगा अलि बढी चर्चित हुनुमा विश्व फुटबलका दुई महान् हस्ती मानिने क्रिस्टियोनो रोनाल्डो र लियोनल मेस्सीबीको लडाइँ पनि हो भन्न सकिन्छ । रोनाल्डोले रियल र मेस्सीले बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्थे । यी दुई टोलीबीचको भिडन्तलाई ‘एल क्लासिको’ रूपमा चिनिन्छ, जुन विश्वकपको फाइनलसरह हुने गरेको थियो । एथ्लेटिको मड्रिड, सेभिल्ला, एथ्लेटिक बिल्बाओ, रियल बेटिसलगायत टोली स्पेनिस ला लिगाका सशक्त क्लब हुन् ।

ला लिगाको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडी मेस्सी हुन् । उनले बार्सिलोनाको सिनियर टोलीबाट सन् २००४ देखि सन् २०२१ सम्म पाँच सय २० खेल खेल्दा चार सय ७४ गोल गरेका थिए । यो सूचीमा दोस्रो स्थानमा रोनाल्डो छन् । उनले सन् २००९ देखि सन् २०१८ सम्म रियल मड्रिडबाट दुई सय ९२ खेल खेल्दै तीन सय ११ गोल गरेका छन् ।

इटालियन सिरी ‘ए’ : युरोपियन मुलुक इटालीको शीर्ष डिभिजनको इटालियन सिरी ‘ए’ पनि विश्वको चर्चित लिग फुटबलभित्र पर्छ । सन् १८९८ देखि हुँदै आएको सिरी ‘ए’ को नयाँ सिजन अगस्ट १७ देखि सुरु हुँदै छ भने सन् २०२५ को मे २५ तारिखसम्म चल्ने छ । सिरी ‘ए’ को यो १२३औँ संस्करण हो ।

सिरी ‘ए’ फुटबलमा युभेन्टसकै दबदबा छ । युभेन्टसले हालसम्म ३६ पटक सिरी ‘ए’ को उपाधि चुमिसकेको छ । युभेन्टसले सिरी ‘ए’ कै सर्वाधिक महँगो खेलाडीका रूपमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएर सनसनी मच्चाएको थियो । एक सय १७ मिलियन युरोमा रियलबाट युभेन्टस पुगेका रोनाल्डोले त्यहाँबाट दुई सिजन खेलेका थिए ।

इन्टर मिलानले पनि हालसम्म २० पटक उपाधि जितिसकेको छ भने एसी मिलानले १९ पटक उपाधि जितेको छ । नापोली, रोमा, अटलान्टा, लाजियो, फियोरेन्टिनालगायत यहाँका सशक्त टोली हुन् । गोन्जालो हिगुइन, पाउलो डेबाला, इडिन्सन काभानीलगायत सिरी ‘ए’ का शीर्ष गोलकर्तामध्येका तीन खेलाडी हुन् ।

जर्मन बुन्डेस लिगा : जर्मन बुन्डेस लिगाको नयाँ सिजनको थालनी २३ अगस्टदेखि हुँदै छ भने सन् २०२५ को मे १७ तारिखमा सकिने छ । सन् १९६३ देखि बुन्डेस लिगा हुँदै आएको छ । अरू लिग २०–२० टोलीको सहभागितामा हुने भए पनि बुन्डेस लिगामा १८ वटा रहन्छन् । सन् १९९२–९३ सिजनदेखि बुन्डेस लिगामा १८ टोलीले भाग लिन थालेका हुन् ।

जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले एकछत्र राज गर्दै आएको छ । बायर्नले हालसम्म ३२ पटक बुन्डेस लिगाको उपाधि चुमिसकेको छ । दोस्रो स्थानमा पाँच पटक उपाधि जितेको बोरुसिया डर्टमन्ड छ । बोरुसिया मोन्चेनग्लाडबाच, आरबी लेइपिज, लिभरकुसेनलगायत टोलीलाई यहाँका सशक्त टोलीका रूपमा हेरिन्छ ।

बुन्डेस लिगाका सर्वाधिक गोलकर्ता गर्ड मुलर हुन्, उनले चार सय २७ खेल खेल्दै कुल तीन सय ६५ गोल गरेका छन् । दोस्रो स्थानमा रहेका रोबर्ट लेवान्डोस्कीले बार्यन म्युनिख र बोरुसिया डर्टमन्डबाट तीन सय ८४ खेल खेल्दै कुल तीन सय १२ गोल गरेका छन् । लेवान्डोस्की हाल स्पेनिस क्लब बार्सिलोनाबाट खेल्दै आएका छन् ।

फ्रेन्च लिग वान : फ्रेन्च लिग वानको नयाँ सिजन अगस्ट १६ तारिखदेखि सुरु हुँदै छ भने यो सन् २०२५ को मे २२ तारिखसम्म चल्नेछ । फ्रेन्च लिगको यो ८७औँ संस्करण हो । सन् १९३० देखि सुरु भएको यो लिगमा पनि १८ टोलीले मात्र सहभागिता जनाउँछन् ।

पछिल्लो समय फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मन (पिएसजी)ले एकल दबदबा छ । उसले हालसम्म सर्वाधिक १२ पटक फ्रेन्च लिगको उपाधि चुमिसकेको छ । सेन्ट इटेन्नीले हालसम्म १० पटक फ्रेन्च लिगको उपाधि जितेको छ । मार्सेलीले पनि नौपटक उपाधि जितेको छ । मोनाको, नान्टेस, लियोनलगायत यहाँ प्रभावशाली टोलीहरू आबद्ध छन् ।

विश्वविजेता खेलाडी किलियन एम्बाप्पे, लियोनल मेस्सी, नेयमारलगायतले पिएसजीबाट खेलेका थिए । एम्बाप्पे यो सिजन स्पेनिस क्लब रियल मड्रिड पुगे भने मेस्सी अघिल्लै सिजन अमेरिकन क्लब इन्टर मियामी पुगेका छन् । नेयमारले भने साउदी अरेबियन क्बलमा अनुबन्ध भएका छन् ।

फ्रेन्च लिग वानको सर्वाधिक गोलकर्ता ४४९ खेलमा २९९ गोल गरेका डेलिओ अनिस हुन् । २४६ खेलमा १९१ गोल गरेका एम्बाप्पे यो सूचीको सातौं स्थानमा आउँछन् ।

Tags: #प्रिमियर लिग#फुटबल#फ्रेन्च लिग वान#बुन्डेस लिगा#ला लिगा#लिग#सिरी ए

लोकप्रीय

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२

विचार

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२

थप समाचार

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ
ताजा समाचार

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक
अन्तर्राष्ट्रिय

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे
ताजा समाचार

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?
अन्तर्राष्ट्रिय

भारत–पाकको युद्धमा ४ दिनमा के भयो ?चीन, रुस र टर्कीएका हतियार

आइतवार बैशाख २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

World News: मि*सा*इलको डरले पाकिस्तानी आकाश बन्द, पाकिस्तानको पक्षमा कति देश ? || Nepal Times

00:17:15

World News:Pakistanका विभिन्न ठाउँमा वि*स्फोट, अमेरिकासंग डेनमार्कले माग्यो स्पष्टीकरण

00:11:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

मङ्लबार बैशाख २३ , २०८२
शून्य दशमलब ९ डिग्री सेल्सियसमा झर्यो काठमाडौंको तापक्रम

अव्यवस्थित शहरीकरणलाई कसरी ब्यवस्थित गर्ने ?

आइतवार चैत्र २२ , २०७७
कोशीमा सरकार गठनको दाबी गर्ने अन्तिम दिन

के कांग्रेसले छोड्दैछ कोशी सरकार?

मङ्लबार बैशाख २३ , २०८२

हालका पोस्टहरू

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.