“एमपक्सलाई” विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

३१ साउन ,एजेन्सी ।

अफ्रिकाका केही भागमा फैलिएको एमपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वव्यापी जनस्वास्थ संकट भनेको छ । एमपक्सलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गर्दै डब्ल्यूएचओले यसलाई अन्तर्राष्ट्रिय चासोको विषयका रूपमा समेत व्याख्या गरेको छ । एमपक्स एक संक्रामक रोग हो । यसलाई यसअघि मंकीपक्स भनेर चिनिन्थ्यो ।

अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा कम्तीमा ४५० जनाको मृत्यु भएको थियो । हाल यो रोग मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको छ । वैज्ञानिकले रोगको द्रुत रूपमा फैलिरहेको नयाँ प्रकार (भेरिएन्ट) र उच्च मृत्युदरप्रति चिन्ता व्यक्त गरेका छन् । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले भने, “अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र मानिसको जीवन बचाउन सकिन्छ ।” एमपक्स व्यक्तिहरूबीचको नजिकको सम्पर्कबाट फैलिन सक्छ । शारीरिक सम्पर्क, स्पर्श, एकार्काको नजिक सास फेर्दा यो रोग सर्ने सम्भावना हुन्छ । यो रोगका लक्षणमा अचानक ज्वरो आउने, टाउको, शरीर, घाँटी दुख्ने, घाँटी र बंगारामुनि ग्रन्थी बढ्ने, अनुहार, हत्केला, खुट्टाको पैताला, गुप्तांग र शरीरका अरू भागमा सुरुमा पानीका फोका देखिने र पछि पाक्ने र पिप जम्ने समस्या देखिएको डब्ल्यूएचओले जनाएको छ ।

यो ज्यादै घातक हुनसक्छ । १०० वटा एमपक्सका घटनामध्ये ४ मा ज्यान गएको बताइन्छ । एमपक्सका दुईवटा मुख्य प्रकारहरू छन्। त्यसमा “क्लेड १” र “क्लेड २” पर्छन् । यसअघि सन् २०२२ मा पनि एमपक्सलाई जनस्वास्थ्य सङ्कटका रूपमा घोषणा गरिएको थियो । कम घातक ठानिने “क्लेड २” प्रकारको भेरिअन्टका कारण त्यस्तो गर्नुपरेको थियो । तर अहिले त्यो भन्दा धेरै घातक “क्लेड १’ भेरिअन्ट देखा परेको छ ।

त्यसले विगतमा प्रकोप देखिँदा बिरामी पर्नेमध्ये १० प्रतिशतको ज्यान लिइसकेको छ र यो बढ्दो क्रममा छ । वैज्ञानिकले यसलाई ‘हालसम्मकै सबैभन्दा खतरनाक’ भेरिअन्ट भनेका छन् । यो वर्षको सुरुवातदेखि यता प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एमपक्सका १३,७०० घटना भएका छन् जसमा कम्तीमा ४५० को ज्यान गएको छ । त्यसयता यो सङ्क्रमण बुरुन्डी, मध्य अफ्रिकी गणतन्त्र, केन्या र रुवान्डा जस्ता देशमा पनि देखा परिसकेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top