थाइल्याण्डमा प्रधानमन्त्री हटे, ओलीको भ्रमण अनिश्चित

३० साउन ८१, बिहीबार

३१ साउन  , काठमाण्डौ ।

थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाई अदालतले पदमुक्त गरेपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमण अन्योलमा परेको छ । राजनीतिक अस्थिरतापछि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन अनिश्चित भएपछि ओलीको भ्रमण पनि अन्योलमा परेको हो ।

थाइल्याण्ड सरकारले १८ र १९ भदौमा सम्मेलन आयोजना गर्न लागेको थियो । झन्डै दुई साताअघि प्रधानमन्त्री नै पदमुक्त भएपछि सम्मेलन नै अनिश्चित भएको छ । प्रधानमन्त्री निर्वाचित भएपछि ओली पहिलो विदेश भ्रमणमा थाइल्याण्ड जाने तयारीमा थिए । यसबीचमा सदस्य राष्ट्रमध्ये बंगलादेशको राजनीतिक घटनाक्रम परिवर्तन भएको थियो ।

Advertisement

म्यानमारसँग भने पुरानै समस्या रहेको छ । बिमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि थाइल्याण्ड जाने भारतीय मिडियाले उल्लेख गरेका थिए । थाइल्याण्डमा मोदीसँग विशेष भेटका लागि प्रधानमन्त्री ओलीले पनि प्रयास गरिरहेका थिए । तर थाविसिन पदमुक्त भएसंगै सबै कुराहरु अनिश्चित बनेका छन् ।

यसअघि भने प्रधानमन्त्री ओली सुरुमा बिमस्टेक सम्मेलनका लागि मात्र जान लागे पनि सोही भ्रमणलाई द्विपक्षीय बनाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिएका थिए । त्यसलगत्तै ओलीले अमेरिकाको भ्रमण गर्ने बताइएको थियो । संयुक्त राष्ट्रसंघको महासभाको बैठक पनि सेप्टेम्बरमा हुने भएकाले त्यसमा सहभागी हुन ओली अमेरिका जान लागेका हुन् ।

Advertisement

सेप्टेम्बर २४ देखि ३० सम्म महासभालाई सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले सम्बोधन गर्ने तालिका छ । प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा सम्बोधन गर्ने कार्यतालिका रहेको बताइएको छ । अब थाइल्याण्डको यात्रा अनिश्चित भएसंगै ओलीले पहिलो विदेश भ्रमण अमेरिकाबाटै गर्नसक्ने देखिएको छ । प्रधानमन्त्री नियुक्त भएपछि ओलीले पहिलो विदेश भ्रमण कुन देशमा गर्ने विषय पेचिलो बनेको थियो ।

दुई ठुला छिमेकी राष्ट्रहरू भारत र चीन पहिले आफ्नो देश भ्रमण गराउन सक्रिय बनिरहेका बेला ओलीले दुवै देशलाई चिढ्याउनुभन्दा बिमस्टेक सम्मेलन र संयुक्त राष्ट्रसंघको महासभाको बहानामा अन्य दुई देशको भ्रमण गर्ने तयारी गरेका हुन् । ओलीलाई कतारले समेत भ्रमणको निम्तो दिइसकेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top