×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

अमेरिकी उपविदेशमन्त्री अचानक किन नेपाल आए, के छ एजेण्डा ?

३२ श्रावण २०८१

३२ साउन , काठमाण्डौ ।
भारतीय विदेश मन्त्रालयका विदेश सचिव विक्रम मिस्री नेपालको भ्रमण पूरा गरी फर्किए लगत्तै अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर. वर्मा आज काठमाडौं उत्रिएका छन् । केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अमेरिकाबाट भएको यो सबैभन्दा उच्च स्तरीय भ्रमण हो । उनले नेपालमा आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा बर्मा आज (शुक्रबार) काठमाडौँ आइपुगेको अमेरिकी दूतावासले जनाएको छ । काठमाडौँ आइपुगेका व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मालाई अमेरिकी राजदूत डिन आर. थम्पसनले स्वागत गरेका छन् । नेपाल भ्रमणका क्रममा उपविदेशमन्त्री बर्माले राजनीतिक भेटवार्तासहित सरकारी अधिकारी, यूएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीसँग भेटघाट गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

Advertisement
Advertisement

आर्थिक विकास, महिला सशक्तीकरण, ऊर्जालगायतका क्षेत्रमा भएको समझदारीलगायतको विषयमा उनले छलफल गर्ने बताइएको छ । वर्मा अमेरिकी बाइडेन सरकारका शक्तिशाली मन्त्रीमध्येका एक हुन् । अमेरिकी विदेशमन्त्री एंथनी ब्लिकंनले वर्मालाई अगस्त ६ मा युक्रेनको आर्थिक अवस्था सुधारका लागि विशेष प्रतिनिधि नियुक्त गरेका थिए । उप विदेशमन्त्री वर्मालाई नेपालको जानकार मानिन्छ ।

अमेरिकी संसदमा फ्लोरिडाका रिपब्लिकन सांसद ब्रायन मस्टलले अमेरिकाले नेपालमा धार्मिक आस्था नभएका नागरिकका लागि वाइडेन प्रशासनले पाँच लाख अमेरिकी डलर खर्च गरेको दाबी गरेका थिए । त्यसको खण्डन विदेश मन्त्रालयका उप विदेशमन्त्री वर्माले नै गरेका थिए । उनले अमेरिका कुनै पनि धर्मका लागि अनुदान वा कुनै प्रकारको सहयोग नगरेको दाबी गरेका थिए ।

नेपालको एक दिने भ्रमण सकाएर उनी भोलि शनिवार भारतका लागि प्रस्थान गर्ने तालिका छ । उनी भारतमा भने अगस्ट २२ गतेसम्म रहने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी आर्मीमा समेत काम गरिसकेका उनी भारतका लागि पूर्व अमेरिकी राजदूत पनि हुन् । यता परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा आइतबार भारत भ्रमणमा जाने भएकी छन् ।

तीन दिने भारत भ्रमणमा मन्त्री राणाले भारतीय समकक्षी डाक्टर एस. जयशंकरसँग भेटघाट गर्नेछिन् । भारतीय प्रधाधनमन्त्री नरेन्द्र मोदीसँग भने भेट हुने वा नहुनेबारेमा भने केही नखुलेको परराष्ट्र मन्त्रालाय स्रोतले जनाएको छ । यद्यपी, परराष्ट्र मन्त्रालयबाट भारत भ्रमणको औपचारिक जानकारी भने सार्वजनिक भएको छैन । भारतीय विदेश सचिव विजय मिश्रीकै निमन्त्रणामाा राणा भारत जान लागेको बताइएको छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top