×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

थाइल्याण्डमा सिनावात्रा परिवारको रजगज, परिवारबाटै ४ प्रधानमन्त्री

३२ श्रावण २०८१

३२ साउन ,विराटनगर ।

थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा पाएटोङ्गटार्न सिनावात्रा नियुक्त भएकी छन् । सिनावात्रा सबैभन्दा कम उमेरकी प्रधानमन्त्री पनि बन्न सपल भएकी छन् । उनी पूर्व थाई प्रधानमन्त्री र अरबपति थाक्शिन शिनावात्राकी छोरी हुन् । ३७ वर्षीया पाएतोङ्गटार्न थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् र यो पद सम्हाल्ने उनी देशकै दोस्रो महिला पनि हुन् ।

Advertisement
Advertisement

थाइल्यान्डको संसद्ले सिनावात्रालाई प्रधानमन्त्री पदका लागि चयन गरेको हो । शुक्रबार उनको नियुक्ति पूर्व प्रधानमन्त्री श्रेथा थाभिसिनलाई अपदस्थ गर्ने अदालतको फैसलाले सुरु भएको २४ घण्टाको वार्ता पछि भएको हो। उनले वर्तमान संसदमा ४९३ सदस्यहरु मध्ये २४७ मत प्राप्त गर्न आवश्यक थियो ।

संसदीय मतदानमा फेउ थाई पार्टीका नेता पातोङटार्नले वर्तमान गठबन्धनमा रहेका सबै ११ दलको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभाका ३१९ सदस्यको समर्थन प्राप्त गरिन् । १४५ मत विपक्ष र २७ जना भने अनुपस्थित थिए। पातोङटार्न, जसले कहिल्यै सरकारमा काम गरेकी छैनन् उनी यस्तो बेला सत्ताको बागडोर सम्हाल्न पुगेकी छिन् जब देशका राजनीतिक अस्थिरता निम्तिएको छ ।

नैतिक आचरणमा प्रश्न उठेका अपराधमा मुछिएर जेल गएका ब्यक्तिलाई मन्त्री बनाएकै कारण प्रधानमन्त्री श्रेथा थाभिसिनलाई बर्खास्त गरिएको छ । थाइल्याण्डको सर्वोच्च अदालतले बर्खास्तीको निर्णय गरेको थियो । अदालतले प्रश्न उठाएका अपराधमा मुछिएका मन्त्री थिए पिचित चुइनवान ।

योसँगै एक वर्षभन्दा थोरै मात्रै कार्यकाल चलाएका प्रधानमन्त्री पदमुक्त भएका हुन् । पदमुक्त भएका प्रधानमन्त्री स्रेता थाभिसिनले आफूलाई अदालतको फैसला चित्त नबुझे पनि मान्नुको विकल्प नभएको पत्रकारसँग प्रतिक्रिया दिएका थिए ।

पाएटोङ्गटार्न शिनावात्रा र पूर्व प्रधानमन्त्री श्रीथा टाविसिन दुवै फउ थाई पार्टीका हुन् । शिनावात्रा सन् २०२३ को चुनावमा दोस्रो स्थानमा रहेकी थिइन् । पाएतोङ्गटार्नकी फुपु यिङ्गलुक शिनावात्रा थाइल्यान्डको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । विभाजनकारी राजनीतिक हेवीवेट थाक्सिन सिनावात्राका तीन सन्तानमध्ये उनी कान्छी हुन्।

उनको बुबा सन् २००६ मा एक कू मा अपदस्थ गरिएको थियो, तर धेरै प्रभावशाली रहेका थिए । पाइतोङटार्न प्रधानमन्त्री हुने सिनावात्रा परिवारका चौथो सदस्य हुन्। थाक्सिनका जेठाजु सोमचाई वोङ्सावत सन् २००८ मा छोटो समयका लागि प्रधानमन्त्री थिए भने उनकी बहिनी यिङलक सिनावात्रा २०११ देखि २०१४ सम्म प्रधानमन्त्री थिइन्।

सोमचाई र यिङलक दुवैलाई अदालतको आदेशले पदबाट हटाइयो। यिङलकपछि थाइल्याण्डको नेतृत्व गर्ने पाइतोङटार्न दोस्रो महिला हुन् ।उता शाहीवादी सैन्य प्रतिष्ठानमा आफ्ना पूर्व शत्रुहरूसँग सम्भावित सम्झौता गरेपछि १५ वर्षको निर्वासन समाप्त गर्दै थाक्सिन गत वर्ष थाइल्यान्ड फर्किएका छन् ।

ण्डलाई थप लोकतान्त्रिक बनाउन र ठूला एकाधिकार तोड्न सुधार गर्ने वाचा गरेपछि १ सय ५१ सिटसहित सबैभन्दा धेरै मत प्राप्त गर्यो । तर सेनाले सिफारिस गर्ने सिनेटसदस्यका आधारमा सबैभन्दा ठूलो दल सरकार बाहिर रहन पुगेको थियो । त्यसपछि नै श्रेथाले सरकारको नेतृत्व गरेका थिए ।

एक रियल इस्टेट टाइकुन श्रेथाले एक वर्ष भन्दा कम समय देशको नेतृत्व गरे, र संवैधानिक अदालतको फैसलाले हटाउने १६ वर्षमा चौथो थाई प्रधानमन्त्री हुन् । उनले जेल जीवन बिताएका मन्त्री नियुक्त गरेर संविधान उल्लङ्घन गरेको फेला परेको थियो जुन फैसलालाई धेरैले राजनीतिक मान्छन् ।

एक हप्ता अघि, अदालतले देशको कडा लेस महिमा कानून सुधार गर्ने आफ्नो वाचामा मुभ फर्वार्ड पार्टीलाई विघटन ग¥यो । “एक साताको अवधिमा, अदालतले आफ्नो रोजाइको पार्टी विघटन गरेर १ करोड ४० लाखभन्दा बढी मतदातालाई मताधिकारबाट वञ्चित गरेको छ र प्रजातान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्रीलाई पदमुक्त गरेको छ,“ सिंगापुरको आइएसइएएस–युसुफ इशाक इन्स्टिच्युटका विजिटिङ फेलो नेपोन जातुस्रिपिटकले भने।

यो फैसलालाई न्यायिक कूको रूपमा थपियो । फेउ थाईको प्रधानमन्त्री पदको उम्मेद्वारको रूपमा नामित भएपछि, पातोङटार्नले भनिन् कि उनी श्रेथालाई सम्मान गर्छिन् र उनलाई के भयो त्यो दुर्भाग्यपूर्ण थियो भन्ने लाग्छ, तर उनले थपेः “देश अगाडि बढ्नुपर्छ।“ “मलाई फेउ थाईमा विश्वास छ।

देशलाई आर्थिक सङ्कटबाट बाहिर निकाल्ने सरकारका सबै गठबन्धन दलहरूप्रति म विश्वस्त छु,’ उनले भनिन् । पूर्वप्रधानमन्त्री थाक्सिन र उनकी तत्कालीन पत्नी पोटजामन दामापोङबाट जन्मेका तीन सन्तानमध्ये पाएटोङ्गटार्न कान्छी सन्तान् हुन् । उनी शहरको बीचमा रहेको निजी विद्यालयमा पढेर बैंककमा हुर्केकी थिइन् ।

सानैदेखि राजनीतिक माहोलमा हुर्केकी उनी बुवा विदेशमन्त्री भएपछि भने आफ्नो बुबालाई पछ्याउने गर्थिन् । पूर्व प्रहरी र टेलिकम टाइकुन थाक्सिनले किफायती स्वास्थ्य सेवा जस्ता नीतिहरू ल्याएपछि, विशेष गरी उत्तरका ग्रामीण मतदाताहरूमाझ धेरै वफादार अनुयायीहरू विकास गरे ।

बैंककका अभिजात वर्गले उनको गहिरो विरोध गरेका थिए, तर उनले शक्तिको दुरुपयोग र भ्रष्टाचार गरेको आरोप लगाए। अधिकार समूहहरूले पनि उनको हिंसक लागूऔषध विरोधी क्र्याकडाउनको कडा आलोचना गरे, जसमा २५ सय मानिसहरू मारिए ।

पातोङ्गटार्नले फेउ थाईको पछिल्लो चुनावी अभियानमा प्रमुख भूमिका खेलेकी थिइन्, किनकि पार्टीले उत्तर र उत्तरपूर्वका पुराना ग्रामीण मतदाताहरूमाझ उनको परिवारको नामको लोकप्रियताको फाइदा उठाउन खोजेको थियो। उनले गर्भवती हुँदा प्रचार गरे, यात्रा गर्न सक्षम नभएको बेला ¥यालीहरूमा भिडियो कल गरिन्।

तर, चुनावमा पार्टी दोस्रो स्थानमा आयो । उनी सम्पत्ति कर्पोरेशनको नम्बर १ शेयरधारक थाइकम फाउन्डेशनकी निर्देशक समेत रहिसकेकी छन । २०२२मा उनीसँग लगभग ६८ बिलियन भाट मूल्यको कुल २१ कम्पनीहरू रहेका थिए । उनले थाई व्यवसायी पिटाका सुक्सावतसँग विवाह गरेकी छिन् ।

जो हाल रेन्डे डेभलपमेन्ट कम्पनी लिमिटेडको उपप्रमुख लगानी अधिकारी र थाइकम फाउन्डेसनको बोर्ड सदस्य रहेका छन् । उनका दुई सन्तान एक छोरा र छोरी रहेका छन् ।देशकै कान्छी त्यसमा पनि दोस्रो महिला प्रधानमन्त्री थाइल्याण्डले पाएको छ ।

स्रेता थाइल्याण्डको प्रधानमन्त्री बनेको एक वर्ष पनि बितेको थिएन । उनी अदालतबाट बर्खास्तमा परे । विगत दुई दशकमा विद्रोह र अदालतको फैसलाका कारण धेरै सरकारहरू त्याहा पतन भएका छन्। मुलुकमा फेरि एकपटक राजनीतिक अनिश्चितताको वातावरणका बीच पाएटोङ्गटार्न सत्तामा आएकी छिन् ।

उनलाई सरकार संचालनको कुनै अनुभव रहेको छैन् । यस्तो राजनीतिक अस्थिरता निम्तिएको कठिन समयमा सत्ता सम्हालेकी सिनावात्राको कार्यकाल अब कस्तो रहला ? अनि उनले कसरी देशको बागडोर सम्हाल्लिन् भन्ने कुरा भने प्रतिक्षाको विषय बनेको छ । यसबारे तपाईको प्रतिक्रिया के छन् अवश्य कमेन्ट मार्फत जाहेर गर्नुहोला ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top