मैदान अभावबीच नेपालले पायो विश्वकपको एसिया छनोट खेल खेलाउने जिम्मा

३२ साउन ८१, शनिबार

१ भदाै, विराटनगर ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट म्याच हुने एउटामात्र मैदान छ । यो मैदानमा अन्तर्राष्ट्रियस्तरको पहिलो क्रिकेट म्याच एसीसी ट्रफी अन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो ।

त्यसयता अन्तर्राष्ट्रिय म्याचहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै भइरहेका छन् । उक्त मैदान अन्तर्राष्ट्रियमात्र नभएर राष्ट्रिय र स्थानीय खेल खेल्ने एक मात्र मैदान पनि बनेको छ ।

Advertisement

जसकारण, टियू मैदान दशरथ रंगशालाकै अवस्थामा पुगिसकेको भनेर बेला-बेला चर्चा हुन्छ । तर, सोही मैदानमा खेलाउने गरी नेपालले अर्को थप अन्तर्राष्ट्रिय म्याचहरू पाएको छ ।

नेपालले आइसिसी १९ वर्षमुनि (यू-१९) क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट-२०२५ को आयोजना गर्ने जिम्मा पाएको हो ।

Advertisement

नेपालले पाएको नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी पाएको जनाएको हो ।

क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

नेपालबाहेक अरू टिमसँग क्रिकेट मैदानहरूको कमी छैन । तर, अब उक्त प्रतियोगिताका लागि नेपाल आउने टिमहरूले प्रशिक्षणसम्म राम्रो मैदानमा गर्न पाउँदैनन् ।

फेरि, दशरथ रंगशालाप्रति विदेशी खेलाडीले अपमानजनक टिप्पणी गरेजस्तै टियू मैदानका विषयमा क्रिकेट खेलाडीले पनि प्रतिक्रिया देलान् भन्ने चिन्ता-चासो उत्तिकै छ ।

विश्वकप छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आइसिसी यु-१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्ने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top