NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ? मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री मङ्लबार पुस १५ , २०८२
नामको होइन कामको बनोस् रवि–बालेन–कुलमानबीचको एकता मङ्लबार पुस १५ , २०८२
यसरी रातारात बन्यो देशमा चुनावी माहौल मङ्लबार पुस १५ , २०८२
Next
Prev

समाचार

प्रचण्ड र जनार्दनबीच एउटै मन्चमा घोँचपेच

आइतवार भदौ २ , २०८१
Reading Time: 1 min read
A A
प्रचण्ड र जनार्दनबीच एउटै मन्चमा घोँचपेच
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ भदौ , काठमाण्डौ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २५–३१ साउनसम्म भएको पार्टीको स्थायीसमिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विकल्पबारे बहस छेडे । पछिल्ला राजनीतिक उथलपुथलमा प्रचण्ड जिम्मेवार रहेकोतर्फ इंगित हुँदै शर्माले लिखित रूपमा गरेको नेतृत्व हस्तान्तरण गर्ने वा महाधिवेशनमा चुनावमा भिड्ने प्रस्ताव चौतर्फी गुञ्जायमान बन्यो ।

किन कि प्रचण्डविरुद्ध नेतृत्व हस्तान्तरणका लागि आउने विरलै प्रस्ताव मध्येको एक थियो । पार्टी नेतृत्वको बहसमा शर्मालाई साथ दिँदै थिए, उपमहासचिव वर्षमान पुन । उपमहासचिव हरिबोल गजुरेल, सचिव राम कार्की, स्थायी समिति सदस्य ओनसरी घर्तीलगायतले उनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । तर, बैठकमा बोल्ने अरू धेरै नेताहरूले फरक धारणा राखे ।

उनीहरूको एकमत थियो, ‘प्रचण्डको विकल्प छैन ।’ जनार्दनले हिम्मत जुटाए तर न वर्षमानले साथ दिए नत नारायणकाजीहरुले नै । स्थायी कमिटी बैठकमा पार्टीको नेतृत्व हस्तान्तरण गर्नेबारे बहस उठे पनि सशक्त बनेन । बरु, यो विषयलाई केन्द्रीय समितिको बैठकमा उठान गर्नेगरी बैठकको समापन भयो । माओवादीभित्रको अन्तरसंघर्ष उत्कर्षमा पुगेको हो कि भन्ने सञ्चारकर्मीको सवालमा प्रचण्डले भनिदिए, ‘केही हुँदैन सबै मिलेर जान्छ, तपाईँहरूलाई हो टेन्सन हामीलाई केही छैन।’

एक दिन पछि प्रचण्डले बोली सुधारे उनले जनार्दनको बचाउँ गर्दै उनी पार्टी फुटाउने तिर नलागेको बताए । तर आफूमाथिको आक्षेप जनार्दनले अझै भुल्लन सकेका छैनन् । उने प्रचण्डकै उपस्थितीमा शनिबार एउटै मञ्चमा आफूभित्रको पीडा सबैका सामुन्ने ब्यक्त गरे । शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताए ।

पार्टी स्थायी समिति बैठकमा आफूले अवको २ सय वर्षसम्म पनि नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न र सत्ताको नेतृत्व लिँदा र आफूले अध्यक्ष प्रचण्डलाई सुझाव दिँदा कसरी नेतृत्व विरोधी भएँ ? भनि प्रश्न गरे । शनिवार पार्टीको रुकुम–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी थिए ।

सोही कार्यक्रममा बोल्दै शर्माले अध्यक्ष दाहाललाई तपाईंको भुमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरुलाई दिनुस् भन्दा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको आरोप लगाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे । उपमहासचिव शर्माले अध्यक्ष दाहालतिर फर्कंदै तपाईंलाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना नराखेको बताए ।

पार्टीलाई समाप्त हुन नदिनका लागि आफूले अध्यक्ष दाहाललाई वैचारिक धारको नेतृत्व गर्न आफूले प्रश्ताव गरेको पनि उपमहासचिव शर्माको स्पष्टिकरण थियो । उनले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी हेडक्वार्टरबाट आएको जिकिर गर्दै अध्यक्ष दाहाल आफैँले त्यसको सार्वजनिक रुपमा खण्डन गर्नुपर्ने माग गरे ।

उनले आफूलाई काग्रेस र एमालेसँग जोड्ने गरिएको भन्दै आफू कहिल्यै माओवादी बन्न नसकेको गुनासो पनि गरे । अधिकांश समय आफूमाथि लागेको आक्षेपको खण्डन गरेका शर्मालाई प्रचण्डले पनि सोही मञ्चमा जवाफ दिए । प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य सावित भइसकेको बताए ।

पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भएपनि त्यो तुवाँलो पार्टी भित्रको छलफलपछि हटेको र त्यो भ्रम चिरिएको अध्यक्ष दाहालको भनाई थियो । उनले आफूले कहिल्यै पनि शर्माले पार्टी फुटाउँछन् भनेर नसोचेको जिकिर गरे । शर्मासँग आफूबीच आगो ठोस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको पनि बताए ।

उनले पार्टी स्थायी समिति बैठकले पनि उपमहासचिव शर्माले पार्टी फुटाउने भन्ने कुराको भ्रमलाई खारेज गरिदिएको बताए । उनले भने , जे छन भित्र, त्यो बाहिर आओस् । मलाई भनिएको थियो–प्रचण्डको अगाडि पर्दा मिठा राम्रा कुरा गर्ने, हाम्रो महान नेतृत्व भन्ने । कोठाबाट निस्केर गएपछि धारे हात लगाउने संख्या बढेको छ ।

मलाई थाहा चाँही हुन्थ्यो । को को ले के गर्दछन भनेर । तर मैले भित्र जे छ, त्यो बाहिर आओस भन्ने सोचेर नै बैठकलाई नयाँ ढंगले लिएर जाने जमर्काे गरियो । स्थायी समितिसम्म आउँदा प्रभाकरले भनेजस्तै त्यो राम्रोतिर अगाडि बढेको छ । एउटा भ्रम पार्टी फुट्लाकि भन्ने मैले त प्रभाकरले पार्टी कहीँ फुटाउदैछन् भनेको पनि छैन । सोचेको पनि होइन ।

तर भ्रम नै भ्रम, वरिपरीकाले भन्दैजाने, अर्कोले भन्दै जाने गर्दा साँँच्चै पार्टी फुटाउन त हिजो पनि प्रतिक्रियावादीहरु लागेका हुन् । आज पनि लागेका छन् । माओवादी पार्टीलाई टुटाउन त प्रतिक्रियावादीहरु लागि नै रहन्छन् । कहीँन कहीँ आशंकाको तुवालो थियो । प्रभाकरले पार्टी फुटाउँदैछ भन्ने कुरा असत्य हो भन्ने मान्यता स्थापित गरिएको छ । यो तपाईंहामी सबैको लागि खुशीको कुरा हो ।’

Tags: #प्रचण्ड र जनार्दन

लोकप्रीय

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२

विचार

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२

थप समाचार

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?
समाचार

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश
समाचार

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री
समाचार

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए
निर्वाचन

नामको होइन कामको बनोस् रवि–बालेन–कुलमानबीचको एकता

मङ्लबार पुस १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२

हालका पोस्टहरू

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.