प्रचण्ड र जनार्दनबीच एउटै मन्चमा घोँचपेच

१ भदौ ८१, आइतबार

२ भदौ , काठमाण्डौ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २५–३१ साउनसम्म भएको पार्टीको स्थायीसमिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विकल्पबारे बहस छेडे । पछिल्ला राजनीतिक उथलपुथलमा प्रचण्ड जिम्मेवार रहेकोतर्फ इंगित हुँदै शर्माले लिखित रूपमा गरेको नेतृत्व हस्तान्तरण गर्ने वा महाधिवेशनमा चुनावमा भिड्ने प्रस्ताव चौतर्फी गुञ्जायमान बन्यो ।

किन कि प्रचण्डविरुद्ध नेतृत्व हस्तान्तरणका लागि आउने विरलै प्रस्ताव मध्येको एक थियो । पार्टी नेतृत्वको बहसमा शर्मालाई साथ दिँदै थिए, उपमहासचिव वर्षमान पुन । उपमहासचिव हरिबोल गजुरेल, सचिव राम कार्की, स्थायी समिति सदस्य ओनसरी घर्तीलगायतले उनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । तर, बैठकमा बोल्ने अरू धेरै नेताहरूले फरक धारणा राखे ।

Advertisement

उनीहरूको एकमत थियो, ‘प्रचण्डको विकल्प छैन ।’ जनार्दनले हिम्मत जुटाए तर न वर्षमानले साथ दिए नत नारायणकाजीहरुले नै । स्थायी कमिटी बैठकमा पार्टीको नेतृत्व हस्तान्तरण गर्नेबारे बहस उठे पनि सशक्त बनेन । बरु, यो विषयलाई केन्द्रीय समितिको बैठकमा उठान गर्नेगरी बैठकको समापन भयो । माओवादीभित्रको अन्तरसंघर्ष उत्कर्षमा पुगेको हो कि भन्ने सञ्चारकर्मीको सवालमा प्रचण्डले भनिदिए, ‘केही हुँदैन सबै मिलेर जान्छ, तपाईँहरूलाई हो टेन्सन हामीलाई केही छैन।’

एक दिन पछि प्रचण्डले बोली सुधारे उनले जनार्दनको बचाउँ गर्दै उनी पार्टी फुटाउने तिर नलागेको बताए । तर आफूमाथिको आक्षेप जनार्दनले अझै भुल्लन सकेका छैनन् । उने प्रचण्डकै उपस्थितीमा शनिबार एउटै मञ्चमा आफूभित्रको पीडा सबैका सामुन्ने ब्यक्त गरे । शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताए ।

Advertisement

पार्टी स्थायी समिति बैठकमा आफूले अवको २ सय वर्षसम्म पनि नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न र सत्ताको नेतृत्व लिँदा र आफूले अध्यक्ष प्रचण्डलाई सुझाव दिँदा कसरी नेतृत्व विरोधी भएँ ? भनि प्रश्न गरे । शनिवार पार्टीको रुकुम–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी थिए ।

सोही कार्यक्रममा बोल्दै शर्माले अध्यक्ष दाहाललाई तपाईंको भुमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरुलाई दिनुस् भन्दा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको आरोप लगाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे । उपमहासचिव शर्माले अध्यक्ष दाहालतिर फर्कंदै तपाईंलाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना नराखेको बताए ।

पार्टीलाई समाप्त हुन नदिनका लागि आफूले अध्यक्ष दाहाललाई वैचारिक धारको नेतृत्व गर्न आफूले प्रश्ताव गरेको पनि उपमहासचिव शर्माको स्पष्टिकरण थियो । उनले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी हेडक्वार्टरबाट आएको जिकिर गर्दै अध्यक्ष दाहाल आफैँले त्यसको सार्वजनिक रुपमा खण्डन गर्नुपर्ने माग गरे ।

उनले आफूलाई काग्रेस र एमालेसँग जोड्ने गरिएको भन्दै आफू कहिल्यै माओवादी बन्न नसकेको गुनासो पनि गरे । अधिकांश समय आफूमाथि लागेको आक्षेपको खण्डन गरेका शर्मालाई प्रचण्डले पनि सोही मञ्चमा जवाफ दिए । प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य सावित भइसकेको बताए ।

पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भएपनि त्यो तुवाँलो पार्टी भित्रको छलफलपछि हटेको र त्यो भ्रम चिरिएको अध्यक्ष दाहालको भनाई थियो । उनले आफूले कहिल्यै पनि शर्माले पार्टी फुटाउँछन् भनेर नसोचेको जिकिर गरे । शर्मासँग आफूबीच आगो ठोस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको पनि बताए ।

उनले पार्टी स्थायी समिति बैठकले पनि उपमहासचिव शर्माले पार्टी फुटाउने भन्ने कुराको भ्रमलाई खारेज गरिदिएको बताए । उनले भने , जे छन भित्र, त्यो बाहिर आओस् । मलाई भनिएको थियो–प्रचण्डको अगाडि पर्दा मिठा राम्रा कुरा गर्ने, हाम्रो महान नेतृत्व भन्ने । कोठाबाट निस्केर गएपछि धारे हात लगाउने संख्या बढेको छ ।

मलाई थाहा चाँही हुन्थ्यो । को को ले के गर्दछन भनेर । तर मैले भित्र जे छ, त्यो बाहिर आओस भन्ने सोचेर नै बैठकलाई नयाँ ढंगले लिएर जाने जमर्काे गरियो । स्थायी समितिसम्म आउँदा प्रभाकरले भनेजस्तै त्यो राम्रोतिर अगाडि बढेको छ । एउटा भ्रम पार्टी फुट्लाकि भन्ने मैले त प्रभाकरले पार्टी कहीँ फुटाउदैछन् भनेको पनि छैन । सोचेको पनि होइन ।

तर भ्रम नै भ्रम, वरिपरीकाले भन्दैजाने, अर्कोले भन्दै जाने गर्दा साँँच्चै पार्टी फुटाउन त हिजो पनि प्रतिक्रियावादीहरु लागेका हुन् । आज पनि लागेका छन् । माओवादी पार्टीलाई टुटाउन त प्रतिक्रियावादीहरु लागि नै रहन्छन् । कहीँन कहीँ आशंकाको तुवालो थियो । प्रभाकरले पार्टी फुटाउँदैछ भन्ने कुरा असत्य हो भन्ने मान्यता स्थापित गरिएको छ । यो तपाईंहामी सबैको लागि खुशीको कुरा हो ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top