×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालको संसदमा चप्पल हान्नेदेखि झापड हान्नेसम्मका काण्ड

२ भाद्र २०८१

२ भदौ , विराटनगर ।

माननीय, सम्माननीय पदमा आसिन रहेका व्यक्तिहरु जसले देशको मुख्य पदमा बसेर देशलाई अुनशासन, सुशासनको पाठ सिकाउने, कानून निर्माण जस्तो गम्भीर जिम्मेवारी बोकेर सरकारको कामप्रति निगरानी राख्ने, जनताको आवाज उठाउने सार्वभौम स्थल संसद् भवनमा बेलाबखत नाटकीय दृश्य देखिने गरेको छ ।

Advertisement

गरिमामय पदमा बसेकाहरुले नै बेल घेराउ गर्ने, बेलाबेला माइक, कुर्सी ठटाउने, एकअर्का पार्टीका कुरा चित्त नबुझे आक्रमण मै उत्रने, संसद्मै सांसद निदाउने, लेखेर ल्याएका शब्द शुद्ध उच्चारण गर्न नसक्ने, बोल्दा बोल्दै वर्जित गरिएका शब्द नै बोल्ने जस्ता अनुशासनहीन, अमर्यादित व्यवहार देखाउँदा आलोचनाको शिकार पनि बन्ने गरेका छन्।

यस्तो क्रियाकलाप नेपालको संसद मात्रै हैन बेलाबखत विभिन्न विकासशील, विकासोन्मुख, विकसित देशहरुमा पनि देखिने गरेको छ । त्यस्तै एक दृश्य टर्कीएको संसदमा देखियो । जेलमा रहेका विपक्षी नेता कैन अतालेको अवस्थाबारे छलफलका क्रममा टर्कीको संसदमा सांसदहरूबिच झडप भएको थियो ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ । भिडियो फुटेजमा वामपन्थी टर्किस वर्कर्स पार्टी (टिआईपी)का सांसद अहमेत सिकले मञ्चमा भाषण दिइरहेको बेला राष्ट्रपति रेसेप तैयप एर्दोगानको सत्तारूढ एके पार्टीका सांसद अल्पे ओजालान उनीसामु आएर थप्पड हान्ने प्रयास गरेको देख्न सकिन्छ ।

यसपछि अहमद सिक भुइँमा लड्छन् । यो घटनापछि झडपको स्थिति बनेको थियो । अधिकारीहरूले झगडापछि भुइँबाट रगत सफा गरिरहेको पनि देखियो। वकिल र मानव अधिकार कार्यकर्ता कैन अतालेले यस वर्षको सुरुमा आफ्नो संसदीय सिट गुमाएका थिए ।

कम्तिमा दुई सांसद घाइते भएको ३० मिनेटको कोलाहलले संसद बैठक स्थगित गर्न बाध्य पारेको थियो । वकिल र अधिकारकर्मी क्यान अटालेको संसदीय जनादेश पुनर्स्थापना गर्ने विपक्षी कदमलाई अस्वीकार गर्ने मतका लागि प्रतिनिधिहरू अन्ततः फर्के ।

अटालेले जेलको कोठरीबाट प्रचार गरेरै गत वर्षको चुनावमा आफ्नो सिट जितेका थिए। सत्तारुढ न्याय र विकास पार्टी (एकेपी) का सदस्य अल्पे ओजालानले अतालेलाई सरकारले गरेको व्यवहारको निन्दा गर्ने वामपन्थी वर्कर्स पार्टी अफ टर्की (टीआईपी) का सदस्य अहमेट सिकलाई आक्रमण गरेपछि संसदमा हंगामा भयो।

वामपन्थी सांसदहरूले कारवाही रोक्न प्रयास गरे पनि जनवरीमा असन्तुष्ट संसदीय सत्र पछि अटाले आफ्नो सीटबाट वञ्चित भए। उनी एक विवादास्पद परीक्षण पछि २०२२ मा १८ वर्षको जेल सजाय सुनाइएका सात प्रतिवादीहरू मध्ये एक हुन् जसले पुरस्कार विजेता परोपकारी ओस्मान कावलालाई पनि आजीवन जेल सजाय सुनाएको थियो।

जेलबाट, ४८ वर्षीय अटालेले मे २०२३ को चुनावमा भूकम्पले क्षतिग्रस्त हाते प्रान्तको संसदीय सिटको लागि प्रचार गरे। उनी संसदमा तीन सिट भएको वामपन्थी टीआईपीको सदस्यमा निर्वाचित भएका थिए । यस जितले राष्ट्रपति रेसेप तैयप एर्दोगानका समर्थक र विपक्षी नेताहरू बीचको कानुनी गतिरोध निम्त्यायो जसले टर्कीलाई गत वर्ष संवैधानिक संकटको छेउमा धकेल्यो।

अटालेलाई निष्कासन गर्ने संसदको निर्णय जनवरीमा भएको अपीलको सर्वोच्च अदालतले उनको विश्वासलाई समर्थन गर्ने निर्णय पछि आएको थियो, जसले उनको संसदीय प्रतिरक्षा हटाउने कदमको लागि बाटो स्पष्ट पारेको थियो। तर १ अगस्टमा, संवैधानिक अदालतले अटालेलाई संसदको सदस्यको रूपमा हटाउनुको कुनै अर्थ नरहेको बतायो ।

एकेपी र अति दक्षिणपन्थी राष्ट्रवादी आन्दोलन पार्टीका नेताहरू शुक्रबार विपक्षी प्रस्तावलाई पराजित गर्न भिडमा सामेल भए । टर्कीको संसदले यसअघि विपक्षी राजनीतिज्ञहरूमाथि कारवाहीबाट उन्मुक्ति हटाउन मतदान गरिसकेको छ ।

जो राजनीतिज्ञहरुलाई सरकारले कुर्द आतंवादीको रुपमा हेर्दथ्यो । टर्कीको संसद्मा शुक्रबार भएको जस्तो घटना पहिले कहिले नभएको भने होइन । यसअघि पनि गतवर्षको अक्टोबरमा टर्कीका सांसद बुराक एर्बेले प्रस्तावित विकृति कानूनको विरोध गर्दै भाषणको क्रममा हथौडाले फोन तोडफोड गरेका थिए ।

‘तपाईसँग एउटै स्वतन्त्रता बाँकी छ, तपाईको खल्तीमा रहेको स्मार्टफोन जसमा इन्स्टाग्राम, फेसबुक, युट्युब छन् जसमा तपाई संवाद गर्न सक्नुहुन्छ’ उनले भने । ’यदि (विकृत सूचना) कानून संसदले पारित गर्यो भने, तपाईं आफ्नो फोन भाँच्न सक्नुहुन्छ र तिनीहरूलाई यसरी फाल्न सक्नुहुन्छ ’ भन्दै फोन फुटाएका थिए ।

उत्तर–पश्चिम सिरियामा देशको सैन्य संलग्नतालाई लिएर तनावपूर्ण छलफलको क्रममा सन् २०२० को मार्चमा पनि टर्कीको संसदमा झडप भएको थियो । विपक्षी रिपब्लिकन पिपुल्स पार्टीका इन्जिन ओज्कोचले रोस्ट्रम लिएपछि झडप सुरु भएको थियो ।

किनभने त्यसको केही समयअघिको एक पत्रकार सम्मेलनमा, ओज्कोचले राष्ट्रपति एर्दोगानलाई ’अपमानजनक, अभद्र, निम्न र विश्वासघाती’ भनेका थिए र हवाई कभर बिना द्वन्द्वमा सेना पठाएकोमा गैरजिम्मेवारीको आरोप लगाए ।

नेपालमा पछिल्लो समय सत्ताको बागडोर सम्हालिरहेको दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नै गत जेठमा संसदमा तनाव उत्पन्न भएको थियो । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको हो ।

सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको थियो । सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले रोष्ट्रममा नाराबाजी गरिरहेका थिए । प्रचण्डको पनि काँगेसका सांसदहरूसँग भनाभन भयो । यो दृष्यले संसदभित्र कोलाहलको पराकाष्ठा दर्शाइरहेको थियो ।

हुनत, नेपालको संसदीय इतिहासमा मुठभेडको स्थिती सिर्जना भएको यो पहिलो घटना थिएन र अन्तिम हुनसक्ने आधार पनि छैन । विसं २०४९ सालमा तत्कालीन राष्ट्रियसभामा एमाले सांसद गोल्चे सार्कीद्धारा तत्कालीन स्थानीय विकासमन्त्री तथा अहिलेका राष्ट्रपति रामचन्द्र पौडेललाई झापड हानेका थिए ।

२०५६ सालमा रामचन्द्र पौडेल सभामुख भएका बेला उनले रोष्टम घेराउका बीच जबर्जस्ती विधेयक पारित भएको घोषणा गरेपछि एमाले सांसदहरु झडपमा उत्रिएका थिए । जहाँ एमाले सांसदलाई कांग्रेस सांसदहरुले रोक्न खोज्दा कांग्रेस केही सांसद घाइते पनि भएका थिए ।

यस्तै २०५७ सालमा तत्कालीन पर्यटनमन्त्री ओमकार श्रेष्ठ र एमालेका सांसदहरूबीच हात हालाहाल भएको थियो । पहिलो संविधानसभाको पहिलो बैठकमा एमाले सभासद कमला शर्माले कांग्रेस नेता तथा सभासद पूर्णवहादुर खड्कालाई चप्पलले गालामा हानेकी थिइन् ।

माधवकुमार नेपाल नेतृत्वको सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डे बजेट भाषण गर्न रोष्टमतर्फ जान लाग्दा एकीकृत माओवादीका सभासदहरुले अर्थमन्त्री सुरेन्द्र पाण्डेको बजेट वक्तव्यको ब्रिफकेश खोसे हातपात गरेका थिए । त्यसै समय फोरम लोकतान्त्रिकका सभासद सञ्जयकुमार साहले दुईवटा कुर्सी तोडफोड गरेका थिए ।

त्यसपछि उनलाई तत्कालिन सभामुख सुवास नेम्वाङले निलम्बन गरेका थिए । २०७१ माघ ५ गते दोस्रो संविधान सभाका नियमित बैठक र बहस चल्दै गर्दा संसद हल एकाएक रणमैदान बन्यो। तत्कालीन माओवादी नेतृत्वको गठबन्धनका संसदहरूले कुर्सी, सोफा, माइक जे भेट्छन् उचाल, पछार गर्न उत्रिए।

सांसदहरूले आफू बस्ने कुर्सी उचालेर तोडफोड मात्रै गरेनन्, तत्कालीन सभामुख सुभास नेम्वाङलाई लक्षित गर्दै आक्रमणको प्रयास पनि गरे। रोष्टम अगाडिको सुरक्षा घेरा तोड्ने क्रममा संसद हल कोलाहल र हानाहान गर्ने युद्ध मैदान जस्तै बन्यो।

संविधानका अन्तरवस्तुमा सहमति खोज्ने क्रममा तत्कालीन एमाले र कांग्रेसलगायतका दलले बहुमतको आधारमा अगाडि बढ्न खोजेको भन्दै एमाओवादी नेतृत्वको गठबन्धनले संविधासभा भवनमा ताण्डव प्रस्तुत गरे। यो दृश्यहरु अन्तराष्ट्रिय संचारमाध्यामका मुख्य हेडलाइन बनेका थिए ।

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो । शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले व्यवस्थापिका संसदले नै सुनिश्चित गर्दछ ।

Advertisement

तर, संसदभित्रै सांसदबाट अमर्यादित र अराजक व्यवहारले संसदको गरिमा माथि नै प्रश्न उठ्ने गरेको छ । जसले विश्वमै नेपाली जनताले नै लज्जित हुनु परेको छ । यसबारे तपाईंका प्रतिक्रिया के छन् अवश्व व्यक्त गर्नुहोला ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top