मोरङ : मापसे गरेका श्रीमानले खुकुरी प्रहार गर्दा घाइते भइन् कविता

२ भदौ ८१, सोमबार

३ भदौ, विराटनगर ।

Advertisement

मोरङको कानेपोखरी गाउँपालिकामा श्रीमानको खुकुरी प्रहारबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा कानेपोखरी-७ की ३० वर्षीया कविता तामाङ रहेको मोरङ प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारको आरोपमा प्रहरीले कविताका श्रीमान् ३३ वर्षीय हीराधन तामाङलाई आइतबार राति नियन्त्रणमा लिएको छ । हिजो राति १० बजेतिर हीराधनले मादक पदार्थ सेवन गरी श्रीमतीलाई मार्ने उद्देश्यले खुकुरी प्रहार गरेका थिए ।

Advertisement

श्रीमानले हानेको खुकुरी रोक्ने क्रममा कविता घाइते भएकी हुन् । खुकुरी प्रहारबाट दुवै हातका हत्केलामा गहिरो चोट लागेकी कविताको अहिले विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

छिमेकीहरूका अनुसार हीराधन झण्डै ११ वर्ष मलेसिया बसेर ६ महिनाअघि घर फर्किएका थिए । तामाङ दम्पत्तिबीच यसअघि पनि सामान्य झगडा भइरहने गरेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top