×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

दिल्लीमा आरजुः विजयलाई राखी, मोदी र जयशंकरसंग भेट

३ भाद्र २०८१

३ भदौ ,एजेन्सी ।

परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज दिल्लीमा भेटवार्ता हुँदैछ । पाँच दिने भ्रमणका लागि भारत गएकी परराष्ट्रमन्त्री राणाले आज मोदीसँग भेटवार्ता गर्न लागेकी हुन् । समकक्षी डा.एस जयशंकरसँग द्विपक्षीय वार्तापछि आजै साँझ राणाले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

Advertisement
Advertisement

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा आइतबार उनी छिमेकी मित्र राष्ट्र भारत भ्रमणमा गएकी हुन् । परराष्ट्रमन्त्री राणाको यो पहिलो भ्रमण हो । देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोमबार उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेपछि मंगलबार उनले स्वास्थ्य जाँच गराउने कार्यक्रम छ । आज राणाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेसँग भेटवार्ता गर्ने र उनलाई राखी बाँधिदिने कार्यक्रमसमेत रहेको उनको सचिवालयले जनाएको छ ।

आइतबार नयाँदिल्ली पुगेकी आरजुलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमास्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रायका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका थिए ।

मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार राति नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज आयोजना गरेका थिए । मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् ।

राणालाई भारत सरकारले सेराटन होटेलको स्विट रुममा बस्ने व्यवस्था मिलाएको छ । राणाका छोरा जयवीर सिंह देउवा, बुहारी शिवाना श्रेष्ठ, भाइ भूषण राणा, आमा प्रतिभा राणा र अन्य पारिवारिक सदस्य पनि अहिले नयाँ दिल्लीमै छन् । राणा भदौ ६ मा स्वदेश फर्कने कार्यक्रम छ ।

आरजुलाई नयाँ दिल्लीमा रहँदा भारत सरकारले नै सरकारी गाडीसहितको सुरक्षा उपलब्ध गराएको छ । राणालाई स्वागत गर्न भारत सरकारले डीएल ३ सीसीवाई ००८ नम्बरको मर्सिडिज बुलेट प्रुफ कार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पठाएको थियो ।

उनको भ्रमणलाई उच्च प्राथमिकतामा राखेको संकेत नयाँ दिल्लीले दिएको छ। मन्त्री राणाको भ्रमणको पूर्व सन्ध्यामा विज्ञप्ती जारी गर्दै नयाँदिल्लीले नेपाललाई आफ्नो प्राथमिकतामा परेको मित्रको रुपमा परिभाषित गरेको छ। साथसाथै, नयाँ दिल्लीका अधिकारीहरूले प्रधानमन्त्री मोदीसँग भेटघाटको प्रबन्ध मिलाइने वचन पनि दिएका छन्।

भ्रमणबारे भारतीय विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले शनिबार अपरान्ह एकसाथ विज्ञप्ती जारी गरेका थिए । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भारतको छिमेक नीतिमा नेपाल प्राथमिकतामा परेको मित्र (प्रायोरिटी पार्टनर) भएको उल्लेख गरिएको छ।

‘भारतको छिमेक पहिलो नीति अन्तर्गत नेपाल प्राथमिक साझेदार हो‘ विज्ञप्तीमा भनिएको छ, ‘परराष्ट्रमन्त्री राणाको आसन्न भ्रमणले द्विपक्षीय सहयोगमा भएका प्रगतिबार छलफल र समीक्षा गर्ने अवसर प्रदान गर्नेछ। यसबाट मुलुकबीचको सम्बन्धलाई अझ अगाडि बढाउन मद्दत पुग्नेछ।‘

पछिल्ला वर्षहरूमा दुवै छिमेकी भारत र चीनसँगको सम्बन्धमा देखा परेका अविश्वासको सम्बोधन नेपालका लागि सबैभन्दा ठूलो चुनौती रहेका बेला आरजु मन्त्री नियुक्त भएपछि पहिलो पटक भारत गएकी छन् ।

प्रमुख दुई प्रतिस्पर्धी दल मिलेर बनाएको सरकारमा विदेश सम्बन्ध सञ्चालनको जिम्मा पाएकी आरजुको सफलता अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा मित्रराष्ट्रहरूसँग विश्वास अभिवृद्धि गर्नुमा निर्भर रहने परराष्ट्र मामिलाका जानकारहरू बताउँछन्।

Advertisement

फेरि आरजुले यो भ्रमणकै क्रममा हिन्दु धर्मालम्बीको महत्वपूर्ण पर्व रक्षाबन्धन समेत परेको छ । उनले यसअघि पनि भारतीय उच्च राजनीति नेतृत्वसँग राखी कुटनीति स्थापित गर्ने प्रयास गरेकी थिइन। त्यो क्रम मन्त्री भएपछि यसपटक पनि दिल्लीमा देखिनेछ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top