NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

त्रिभुवन विमानस्थललाई चाप धान्न मुस्किल, एक वर्षमा ८७ लाख यात्रु उडे

सोमवार भदौ ३ , २०८१
Reading Time: 1 min read
A A
त्रिभुवन विमानस्थललाई चाप धान्न मुस्किल, एक वर्षमा ८७ लाख यात्रु उडे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ भदौ, विराटनगर ।

एउटा चर्चित उक्ति छ : देशको आन्तरिक विमानस्थलमा लागेको यात्रुहरूको भिडले जनताको समृद्धि प्रस्ट्याउँछ । अनि, देशको अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने यात्रुहरूको भिडले मुलुकको गरिबी देखाउँछ ।

हो, अहिले संचालनमा रहेको देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि होस् या रोजगारीका लागि विदेसिने युवाको लर्कोले नेपालको गरिबीमात्र नभएर समृद्धिलाई समेत पछि धकेलिरहेको छ । यसले मुलुकको सम्भावनाप्रति सकारात्मक सोचको अभावलाई पनि उदांगो पारेको छ ।

LS Auto

पछिल्लो समय देशको प्रमुख समस्याका रूपमा युवा पलायनलाई लिने गरिएको छ । छेपारोको रङ जसरी भएको परिवर्तनबाट बनेका सरकारले युवालाई देशमै राख्ने नीति तथा कार्यक्रमहरू तर्जुमा गर्ने बताए पनि अहिलेसम्म त्यसको आभास युवाले महसुस गर्न सकेका छैनन् ।

यसैले पनि देशबाट बाहिरिनेहरूको संख्या दिनानुदिन बढ्दो छ । परिवारको भरणपोषणका लागि विदेसिएकाहरू शव बनेर फर्किनेहरूको ‘ग्राफ’ पनि बढ्दै आएको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकलाई आधार मान्ने हो भने अहिले वार्षिक सरदर ६ लाखभन्दा बढी युवा नेपालबाट काम गर्नकै लागि विदेशिने गरेका छन् । अध्ययन गर्ने अनुमति लिएर थप एक लाख गरी बर्सेनि सात लाख युवाले नेपाल छोड्ने गरेका छन् । नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न विदेश जाँदा मात्रै गएको आर्थिक वर्षमा १ खर्ब २५ अर्ब रुपैयाँ बाहिरिएको छ ।

यसरी विदेसिनेहरूले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप धान्दै छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यो विमानस्थलमा बर्सेनि १० देखि १५ प्रतिशतसम्म हवाई यात्रुको चाप बढ्दै गएको छ ।

बर्सेनि यात्रुको संख्या बढ्दै जाँदा यसको असर उडान सुरक्षा, सुरक्षित तथा सहज यात्रा र उडान सुनिश्चिततामा पर्न थालेको छ । उडान चहलपहलले एकातिर विमानस्थल साँघुरो हुँदै गएको छ भने अर्कोतर्फ वार्षिक १० लाखभन्दा बढीले हवाई यात्रुको स‌ंख्या बढ्दै जाँदा जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्था आएको छ । यसले हवाई सुरक्षामा ठुलो चुनौतीलाई औंल्याएको छ ।

नागरिक उड्यन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२३ मा त्रिभुवन विमानस्थलबाट ८६ लाख ९१ हजारभन्दा बढी यात्रुले हवाई सेवा लिएका थिए, जुन हालसम्मकै सबैभन्दा उच्च संख्या हो ।

तर, अब यो वर्ष नयाँ रेकर्ड कायम हुने अनुमान गरिएको छ । सन् २०२४ को ६ महिनामा मात्रै यो विमानस्थलबाट ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका छन् ।

उक्त अवधिमा अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ जना र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरिसकेका छन् । अहिलेकै अनुपातमा यात्रुको संख्या बढ्दै गए यस वर्ष करिब ९५ लाख यात्रुले हवाई सेवा लिने देखिएको छ ।

विकल्पका रूपमा निर्माण भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालनमा आउन नसक्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनआउन सकेका छैनन् ।

त्यसबाहेक विदेश जानेको लर्को, नजिकिँदो चाडपर्व र पर्यटकीय सिजनका कारण पनि यस विमानस्थलबाट हवाई सेवा लिनेहरूको चाप थामिनसक्नुको भएको हो ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ३० वायुसेवा कम्पनी र आन्तरिकतर्फ १२ वटा हेलिकोप्टर कम्पनीसहित नौवटा वायुसेवा कम्पनीका जहाजले हवाई सेवा दिँदै आएका छन् ।

Tags: #त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल#विदेश#हवाई सेवा

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.