नेसन्स लिग खेल्ने क्रोएसियाको टिममा मोड्रिक पनि

२ भदौ ८१, सोमबार

३ भदौ, विराटनगर ।

Advertisement

आगामी सेप्टेम्बर महिनाको पहिलो सातादेखि सुरु हुने युइएफए नेसन्स लिगका लागि क्रोएसियाले प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

सोमबार क्रोएसियाका प्रशिक्षक ज्लाट्को डेलिकले स्टार मिडफिल्डर लुका मोड्रिकलाई समावेश गरे नेसन्स लिगका लागि टोलीको घोषणा गरेका हुन् ।

Advertisement

स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने ३८ वर्षीय मोड्रिकका साथै टोलीमा माटेओ कोभासिच, इभान पेरिसिचलगायत खेलाडी पनि समावेश छन् ।

आगामी सेप्टेम्बर ५ बाट सुरु हुने नेसन्स लिगअन्तर्गत क्रोएसिया समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहने पोर्चुगल, पोल्यान्ड र स्कटल्यान्ड रहेका छन् ।

Advertisement

क्रोएसियाले सेप्टेम्बर ६ मा पोर्चुगलसँग उसैको मैदान बेन्फिकामा खेल्ने छ । सेप्टेम्बर ९ मा क्रोएसियाले पोर्चुगललाई आफ्नो घरेलु मैदानमा आतिथ्यता प्रदान गर्ने छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top