NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो बुधबार जेष्ठ १ , २०८२
आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी बुधबार जेष्ठ १ , २०८२
ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार बुधबार जेष्ठ १ , २०८२
महिला टी–२०मा नेपालले आज हङकङको सामना गर्दै मङ्लबार बैशाख ३० , २०८२
Next
Prev

समाचार

नेपालको बिजुलीले विहार झिलिमिली,विद्युत बेच्ने १२ आयोजना कुन

सोमवार भदौ ३ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
२९ करोड बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने प्राधिकरणको तयारी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ भदौ , विराटनगर ।

नेपालको कहालिलाग्दो १८ घण्टाको लोडसेडिङ भोगेको विगतको स्मृति अझै ताजै छ । तर अन्धकारका ती दिन इतिहास बनिसकेका छन् । अहिले नेपालको अवस्था फेरिएको छ। हिउँद बर्खा नै भारतबाट विद्युत आयात गर्ने नेपाल अब भारतलाई आयातभन्दा बढी निर्यात गरेर खुद विद्युत निर्यातकर्ता बनेको छ । पछिल्लो समय परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा रहेकै मौका पारेर भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने घोषणा गरेको छ ।

भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गरिरहदा नेपालस्थित भारतीय दूताबासले भारतले नेपालबाट थप १२ वटा जलविद्युत् परियोजनाबाट २ सय ५१ मेगावाट बिजुली आयातको प्रस्ताव स्वीकृत गरेको जानकारी दिएको थियो । यस मध्य पनि नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत बिजुली निर्यात गर्ने भएको हो ।

यसअघि भारतले ६ सय ९० मेगावाट बिजुली खरिदको स्वीकृति दिएकोमा अहिले २ सय ५१ मेगावाट थपेर कुल २८ वटा परियोजनाबाट ९ सय ४१ मेगावाट बिजुली किन्ने भएको हो । यो २ सय ५१ मेगावाट स्वीकृत हुनुअघि नै गएको आर्थिक वर्षमा १६ अर्ब ९३ अर्ब रुपैयाँ बराबरको बिजुली बिक्री गरी नेपाल खुद विद्युत् निर्यातकर्ता बनिसकेको छ ।

भारत सरकारले नेपालका १२ वटा जलविद्युत परियोजनाको थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति प्रदान गरेको छ । भारतीय केन्द्रीय विद्युत प्राधिकरणले उक्त विद्युत नेपालबाट निर्यातका लागि स्वीकृति प्रदान गरेको नेपालस्थित भारतीय दूतावासले सोमबार जानकारी दिएको छ । नेपालले प्रति युनिट ८ रुपैयाँ ७२ पैसामा भारतलाई बिजुली बेच्ने भएको छ।

नेपालले द्विपक्षीय सम्झौतामा बमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको हो। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५.००४ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार १० जलविद्युत आयोजनाहरूबाट उत्पादित १२५.००४ मेगावाट विद्युत बिहारलाई बेच्नेछ। बिहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर विन्दुमार्फत विद्युत् निर्यात गरिनेछ। यस्तै २ जलविद्युत् आयोजनाहरूबाट उत्पादित थप १२५.८९ मेगावाट विद्युत् हरियाणा राज्यलाई बिक्री गर्नेछ।

प्राधिकरणले हरियाणा राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ। नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुन देखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिने छ। योसँगै मध्यकालीन सम्झौता बमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीहरूलाई बिक्री गरिने विद्युत्को परिमाण ३६० मेगावाट पुगेका प्राधिकरणले जनाएको छ।

आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रति युनिट ८ रुपैयाा ७२ पैसा (५.४५ भारु) रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। गत वर्ष हरियाणालाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रति युनिट दर ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) थियो। यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु भने प्राधिकरणले बेहोर्नु नपर्ने जनाएको छ।

भारतले ११.६४ मेगावाटको दोर्दी, ११४.४५३ मेगावाटको मायाखोला र ९.९९१ मेगावाटको डाउन पिलुवा जलविद्युत आयोजनाबाट विजुली लैजानेछ। त्यसैगरी, १०.६७ मेगावाटको तल्लो खारे, ११.६४ मेगावाटको माथिल्लो खिम्ती, ६.८ मेगावाटको माथिल्लो खिम्ती, २,१४.४ मेगावाटको मोदी, १४.६ मेगावाटको गण्डक, १९.२१ मेगावाटको माथिल्लो सोलु र ११.६४ मेगावाटको दूधकुण्ड जलविद्युत आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत बिहारमा निर्यात हुनेछ।

बिहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर विन्दुमार्फत विद्युत निर्यात गरिने उल्लेख गरिएको छ। ७५ मेगावाटको लिखु–१ र ५०.८९ मेगावाटको लिखु–२ बाट उत्पादित १२५.८९ थप विद्युत हरियाणा राज्यमा बिक्री गरिनेछ। प्राधिकरणले सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत गृहहरूबाट विद्युत उत्पादन घट्ने हुँदा गत आर्थिक वर्षमा भारतबाट एक अर्ब ८९ करोड युनिट अर्थात १६ अर्ब ९३ करोड रूपैयाँको विद्युत आयात गरेको थियो।

तर, यही अवधिमा एक अर्ब ९५ करोड युनिट विद्युत भारतर्फ निर्यात गरी १७ अर्ब ६ करोड रूपैयाँ आम्दानी गरेको थियो। गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड रूपैयाँ बढीको विद्युत निर्यात भएको थियो। आरजुसँगको भेटवार्तापछि जयशंकरले समेत नेपालबाट आयात गर्ने बिजुलीको विषय उठान गर्दै यो कोशेढुङ्गा सावित हुने उल्लेख गरेका छन् । भारतका विदेशमन्त्री एस जयशंकरले नेपालले भारतमा एक हजार मेगावाट विद्युत् निर्यात गर्न लागेकोमा खुसी व्यक्त गरेका छन् ।

नयाँदिल्लीमा सोमबार परराष्ट्रमन्त्री आरजु राणासँग द्विपक्षीय बैठकपछि उनले उक्त खुसी व्यक्त गरेका हुन् । “नेपालले भारतमा करिब १००० मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुसी लागेको छ, यो एउटा नयाँ कोसेढुंगा हो,” नेपाल–भारत द्विपक्षीय बैठकपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री भएपछि पहिलो विदेश भ्रमणको रूपमा भारतमा राणालाई स्वागत गर्न पाउँदा पनि खुसी लागेको जनाएका छन् ।

“ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकास लगायतका बहुआयामिक सहयोगका बारेमा छलफल भएको थियो,” परराष्ट्रमन्त्रीसँगको बैठकपछि भारतीय विदेशमन्त्रीले भनेका छन् । परराष्ट्रमन्त्री राणाले भारतका विदेशमन्त्री जयशंकरसँगको द्विपक्षीय भेटवार्ता फलदायी भएको दाबी गरेकी छन् । “एस जयशंकरसँग नयाँदिल्लीमा फलदायी भेट भयो ।

द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो,” परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा लेखेकी छन् । आफ्नो भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास आफूले लिएको उनले बताएकी छन् । परराष्ट्रमन्त्री राणा पाँचदिने भ्रमणको सिलसिलामा आइतबार त्यसतर्फ गएकी हुन् ।

त्यसोत इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो । त्यसयता भने भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ । नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ ।

भारतले भारतका खरिदकर्ताहरुका लागि जलविद्युत खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको जनाइएको छ । जसले खरिदकर्ताहरुलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्ने भारतीय सरकारको भनाइ छ ।

यसअघि बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता टुङ्गो लागी श्रावण १३ गते हस्ताक्षर गर्ने योजना थियो । तथापि बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो स्थगित हुन पुगेको थियो । परराष्ट्र मन्त्रीको भारत भ्रमणकै समयमा भारतले बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यातका लागि दिएको स्वीकृति बारे ? आफना विचारहरु अवश्य व्यक्त गर्नुहोला ।

Tags: #नेपालको बिजुली

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
ताजा समाचार

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा
अन्तर्राष्ट्रिय

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार
ताजा समाचार

रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

बुधबार जेष्ठ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World-News:पाकिस्तानले पायो १ अर्ब डलर, भारतमा दर्जनौं माओवादी मा*रि*ए || Nepal Times

World-News:पाकिस्तानले पायो १ अर्ब डलर, भारतमा दर्जनौं माओवादी मा*रि*ए || Nepal Times

00:13:19

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

00:12:42

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

आइतवार बैशाख २८ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.