४ भदौ, विराटनगर ।
नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका छापावाल सुन मंगलबार प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, छापावाल सुन सोमबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, छापावाल सुन प्रति १० ग्राम १ लाख ३० हजार ४८५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।