आगामी तीन दिनसम्म यी प्रदेशमा भारी वर्षा र बाढी

३ भदौ ८१, मंगलबार

४ भदौ , विराटनगर ।

देशभर मनसुनी वायुको प्रभाव रहँदा आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भएको छ ।

महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भन्दै सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

Advertisement

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै बुधवार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

Advertisement

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बुधबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यस्तै बिहीबार दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । विहीबार राति भने कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यसबीच आजबिहान कपिलवस्तुमा कोइली वाणगंगा खोलाको जलसतह सतर्कता तह पार भएको छ । उक्त क्षेत्रमा आज अपराह्न ४ बजेसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

यस्तै आज नारायणी र यसको सहायक कालिगण्डकी, तिनाउ, बाणगङ्गा लगायतको नदीहरूको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो हुने पूर्वानुमान गरिएको छ । आज चितवन, नवलपरासी, पाल्पा, रुपन्देही भई बहने अधिकांश नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडान सामान्य प्रभावित भएपनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको जानकारी दिएका छन् । यस्तै काठमाडौं । देशका धेरै नदी तथा खोलामा आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ ।

नदीतटीय क्षेत्रमा ‘अति उच्च’ सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । हाल नारायणी र यसको सहायक कालीगण्डकी, तिनाउ, वाणगंगालगायत आसपासका नदीहरूको जलसतह सतर्कता तह आसपास छ ।

ती नदीको जलसतह बढ्दो हुने महाशाखाको पूर्वानुमान छ । यस दिन चितवन, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, पाल्पा, रुपन्देही र आसपास भई बहने अधिकांश साना नदीमा बहाव उल्लेख्य बढ्नेछ ।

यी जिल्लाका केही नदीमा आकस्मिक बहावको उच्च जोखिमको पूर्वानुमान छ । यस्तै, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, बारा, पर्सा, मकवानपुर, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्यादी, स्याङ्जा, तनहुँ, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर भई बहने अधिकांश साना नदीमा बहाव उल्लेख्य बढ्नेछ ।

यी जिल्लाका केही नदीमा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान छ । ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, उदयपुर, सिन्धुली, काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा, दैलेख, अछाम र बाजुरा भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top