मेसीको खेल हेर्न मात्रै जान्छन् दर्शक

३ भदौ ८१, मंगलबार

४ भदौ , एजेन्सी ।

स्टार खेलाडी लियोनल मेसी टोलीमा हुँदा र नहुँदा कति फरक पर्छ भन्ने कुरा अमेरिकन मेजर लिग सकरमा घट्दो टिकट बिक्रीदर हेरे स्पष्ट हुन्छ । हालै सार्वजनिक एक रिपोर्टअनुसार पछिल्ला ११ खेलमा मेसी अनुपस्थित रहँदा एमएलएसको टिकट बिक्रीदर ह्वात्तै घटेको छ । त्यसअघि मेसी फ्रेन्च क्लब पिएसजी छोडेर अमेरिका आएपछि एमएलएसको टिकट बिक्रीदर आकासिएको थियो ।

विश्वकप विजेता मेसीको आगमनले गर्दा टिकट बिक्री हुने दर उकालो लाग्दा उनी आबद्ध इन्टर मियामीको खेलमा स्टेडियमहरू भरिभराउ हुन्थ्यो । मेसीले खेल्ने खेल त झन् अग्रिम रूपमा बुक हुन्थे ।मेसीको पहिलो सिजन इन्टर मियामीको मैदान प्रवेशका लागि टिकटै नपाउने अवस्था पनि बन्यो । मियामीको घरेलु मैदान चेस स्टेडियमको नियमित सिजनको बाँकी लगभग सबै खेलको टिकट बिक्री भयो र टिकटको मागले पुनर्बिक्री मूल्य पनि अत्यधिक उच्च स्तरमा पुग्यो ।

Advertisement

तर, मेससीको अनुपस्थितिले एमएलएस टिकट बिक्रीमा उल्लेखनीय प्रभाव पारे छ । मेसीको अनुपस्थितिमा मियामीले जोर्डी अल्बा, सर्जियो बुस्केट्स र लुइस सुआरेज जस्ता अन्य स्टार खेलाडीहरूलाई मैदानमा उतार्ने भए पनि टिकट बिक्रीदर निरन्तर ओरालो लागिरहेको रिपोर्ट सार्वजनिक भएको थियो । यतिसम्म कि, अहिले एमएलएसआबद्ध क्लब शिकागो फायरले ३० डलरको छुटमा आफ्ना टिकटहरू बिक्रीमा राख्नुपरेको छ ।

उनी तत्काल मैदान फर्किने सम्भावना पनि छैन । यसले गर्दा एमएलएलले ठुलो घाटा बेहोर्नुपर्ने देखिएको छ । मेसीको अनुपस्थितिले क्लबलाई निकै अप्ठ्यारो परिरहेको छ । किनकि, उनीबिनाको मियामी हालैमात्र लिग्स कपको अन्तिम १६ बाटै बाहिरियो । यसपटक एमएलएस जित्ने दाउमा रहेको मियामीलाई मेस्सीको अभाव खड्किरहेको अनुमान लगाउन सकिन्छ ।

Advertisement

अर्जेन्टिनाका कप्तान मेसी गत महिना फ्लोरिडामा सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा घाइते भएका थिए । कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलले हराएर अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो ।कीर्तिमानी रूपमा आठ पटकका बालोन डी’ओरका विजेता मेस्सी कोपा अमेरिका सकिएपछि इन्टर मियामीमा फर्किएका छैनन् ।

मेसीको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको भए पनि उनी पूर्ण प्रशिक्षणमा फर्किएका छैनन् । यसैले पनि अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले फिफा विश्वकप छनोट खेल्ने टोलीको घोषणा गर्दा मेसीलाई समावेश गरेका छैनन् । ३७ वर्षीय मेसीले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने भएका छन् । उनले सेप्टेम्बर ५ मा हुने चिलीसँगको खेल र त्यसको पाँच दिनपछि हुने कोलम्बियासँगको खेल गुमाउने निश्चित छ ।

मेसी टोलीमा नहुँदा अर्जेन्टिनाको खेलमा पनि निकै प्रभाव पर्ने आँकलन गरिएको छ । मेसी टिमका कप्तान र सबैभन्दा अनुभवी खेलाडी हुन्। उनको अनुपस्थितिमा टिमले महत्त्वपूर्ण नेतृत्व गुमाउन सक्ने र टिमले आफ्नो खेल शैली तथा रणनीति परिवर्तन गर्नुपर्ने हुन सक्छ । साविक विजेतासमेत रहेको अर्जेन्टिनाले विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फको खेलमा चिली, कोलम्बिया, भेनेजुला, बोलिभिया, पराग्वे, पेरु, उरुग्वे, ब्राजिललगायत राष्ट्रको सामना गर्ने छ ।

सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले विश्वकपको आयोजना गर्नेछन् । पहिलोपल्ट फिफाले विश्वकपमा ४८ टिमलाई प्रतिस्पर्धा गराउन लागेको हो । चार–चार टिमलाई समावेश गरेर १२ वटा टाली बनाएर खेलिने विश्वकपमा कुल १०४ खेल हुने छन् । आयोजक भएको नाताले क्यानडा, मेक्सिको र अमेरिका भने छनोट भइसकेका छन् । अरू देशले भने छनोट चरणका खेल खेलेर विश्वकपमा स्थान बनाउनुपर्ने हुन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top