NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

एकै ओभरमा ३९ रनको विश्वकीर्तिमान, कसले,कसरी बनाए कीर्तिमान ?

मङ्लबार भदौ ४ , २०८१
Reading Time: 1 min read
A A
एकै ओभरमा ३९ रनको विश्वकीर्तिमान, कसले,कसरी बनाए कीर्तिमान ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ भदौ ,एजेन्सी ।

क्रिकेटको एक ओभरमा ६ बल फ्याकिन्छ । त्यसमा ६ वटै छक्का हान्दा पनि ३६ रन हुन्छ । तर, आइसिसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत पूर्वी एसिया–प्रशान्त उपक्षेत्रीय छनोट–ए अन्तर्गतको एक खेलमा एकै ओभरमा ३९ रन बनाएपछि ऐतिहासिक विश्वकीर्तिमान बनेको छ । क्रिकेटजगतमा विरलै नाम सुनिने समोआले टी–२० अन्तर्राष्ट्रियको एकै ओभरमा सबैभन्दा बढी रन बनाउँदै यो इतिहास रचेको हो ।

समोआका ड्यारियस भिसेरले पुरुष टी–२० अन्तर्राष्ट्रियको एकै ओभरमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान तोड्दा समोआले एकै ओभरमा सर्वाधिक रन बनाउने कीर्तिमान समेत बनाउन सफल भएको छ । भिसेरले भानुआटुका तीव्र गतिका बलर नलिनविरूद्ध खेलको १५औं ओभरमा कुल ३९ रन जोड्न सफल भए। ओभरमा उनले सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गरेका थिए।

LS Auto

चौथो बल नो बल हुँदा उनले फ्रिहिटमा अर्को छक्का प्रहार गरे। पाँचौ बल डट भएको थियो। तर छैटौं बल फेरि नो बल भयो। त्यसपछिको बल पनि नो बल हुँदा उनले छक्का प्रहार गरे। फेरि फ्रिहिटमा छक्का प्रहार गर्दा सो ओभरमा कुल ३९ रन बनेको थियो। जसमा भिसेरले ६ छक्का प्रहार गर्दा ३ रन तीन वटा नो बलबाट प्राप्त भयो। यससँगै यसअघि एकै ओभरमा बनेको ३६ रनको कीर्तिमान भंग भयो।

सन् २००७ को पहिलो टी–२० विश्वकपमा भारतका युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेर कीर्तिमान बनाएका थिए। वेस्ट इन्डिजका केइरन पोलार्ड (२०२१), निकोलास पूरन (२०२४), नेपालका दीपेन्द्रसिंह ऐरी (२०२४), भारतका रोहित शर्मा÷रिंकु सिंह (२०२४ संयुक्त) ले पनि एकै ओभरमा ३६ रन जोडेका थिए। यो कीर्तिमानीमा नेपालका दीपेन्द्रसिंह ऐरी समेत जोडिएका छन् ।

कतारका कामरान खानविरूद्ध एसिसी प्रिमियर लिगको खेलमा उनले एकै ओभरमा छ छक्का प्रहार गरेका थिए। दीपेन्द्रले चीनको हांग्जाउमा मंगोलियाविरुद्ध सर्वाधिक छिटो अर्धशतक प्रहार गरेका थिए । उनले ९ बलमै अर्धशतक प्रहार गरेका थिए । मंगलबार कीर्तिमानी ब्याटिङ गरेका भिसेरले खेलमा १३२ रन जोडे। उनले ६२ बलमा ५ चौका र १४ छक्का प्रहार गरे।

उनको शतकको मद्दतमा ओसिनियन मुलुक समोआले १७४ रन जोड्यो। १७५ रनको लक्ष्य पछ्याएको भानुआटुले ९ विकेटको क्षतिमा १६४ रन जोड्दा समोआले १० रनले खेल जित्यो । यसअघि न्यूजिल्यान्डको हेमिल्टनस्थित सेडन पार्कमा सन् २०१८ नोबेम्बरमा भएको म्याचमा एक ओभरमै ब्याट्सम्यानहरुले ४३ रन बटुलेका थिए । यो लिस्ट ए म्याच थियो । ‘द फोर्ड ट्रफी’ अन्तरगतको ५० ओभरको खेलमा नर्दन डिस्ट्रिक र सेन्ट्रल डिस्ट्रिक्ट आपसमा भिडेका थिए ।

विलेम लुडिकले फ्याकेको पहिलो बलमा ब्रेट हाम्पटोनले चौका हाने । त्यसपछि दोस्रो बलमा छक्का हाने । तर, यो नोबल थियो । ओभरको दोस्रो बैध बलमा हाम्पटोनले फेरि छक्का हाने, अनि सिंगल लिएर जोय कार्टरलाई स्ट्राइकमा ल्याए । आफ्नो पाचौं लिस्ट ए म्याच खेलिरहेका कार्टरले बाँकी तीनवटै बलमा लगातार छक्का प्रहार गरे ।

यसरी एक ओभरमा ४३ रन बन्यो जुन लिस्ट ए म्याचको विश्व कीर्तिमान हो । क्रिकेटको इतिहास हेर्ने हो भने वेलिंग्टनका बलर बर्ट भान्सले फेब्रुअरी १९९० मा क्यान्टरबरी र वेलिंगटनबिचको फर्स्ट क्लास खेलमा एक ओभरमा ७७ रन दिएका थिए ।यस्तै भारतका रुतुराज गायकवाडले पनि डिसेम्बर २०२२मा एक ओभरमा ४३ रन बनाएर कृतिमान बनाएका छन् ।

अहमदाबादमा भएको विजय हजारे ट्रफीको क्वार्टरफाइनलमा उत्तर प्रदेशविरुद्ध लिस्ट ए क्रिकेटमा महाराष्ट्रका तर्फबाट रुतुराजले कीर्तिमानी ब्याटिङ गरेका हुन्। उनले एकै ओभरमा सात छक्कासहित ४३ रन बनाएर कीर्तिमान बनाएका हुन्। यो रन सन् २०१८ मा न्युजिल्यान्डको फोर्ड ट्रफीको खेलमा ब्रेट ह्याम्पटन र जो कार्टरले बनाएको कीर्तिमानसँग बराबरी हो।

Tags: # ३९ रनको विश्वकीर्तिमान#एकै ओभरमा ३९ रन

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.