×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एकै ओभरमा ३९ रनको विश्वकीर्तिमान, कसले,कसरी बनाए कीर्तिमान ?

४ भाद्र २०८१

४ भदौ ,एजेन्सी ।

क्रिकेटको एक ओभरमा ६ बल फ्याकिन्छ । त्यसमा ६ वटै छक्का हान्दा पनि ३६ रन हुन्छ । तर, आइसिसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत पूर्वी एसिया–प्रशान्त उपक्षेत्रीय छनोट–ए अन्तर्गतको एक खेलमा एकै ओभरमा ३९ रन बनाएपछि ऐतिहासिक विश्वकीर्तिमान बनेको छ । क्रिकेटजगतमा विरलै नाम सुनिने समोआले टी–२० अन्तर्राष्ट्रियको एकै ओभरमा सबैभन्दा बढी रन बनाउँदै यो इतिहास रचेको हो ।

Advertisement
Advertisement

समोआका ड्यारियस भिसेरले पुरुष टी–२० अन्तर्राष्ट्रियको एकै ओभरमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान तोड्दा समोआले एकै ओभरमा सर्वाधिक रन बनाउने कीर्तिमान समेत बनाउन सफल भएको छ । भिसेरले भानुआटुका तीव्र गतिका बलर नलिनविरूद्ध खेलको १५औं ओभरमा कुल ३९ रन जोड्न सफल भए। ओभरमा उनले सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गरेका थिए।

चौथो बल नो बल हुँदा उनले फ्रिहिटमा अर्को छक्का प्रहार गरे। पाँचौ बल डट भएको थियो। तर छैटौं बल फेरि नो बल भयो। त्यसपछिको बल पनि नो बल हुँदा उनले छक्का प्रहार गरे। फेरि फ्रिहिटमा छक्का प्रहार गर्दा सो ओभरमा कुल ३९ रन बनेको थियो। जसमा भिसेरले ६ छक्का प्रहार गर्दा ३ रन तीन वटा नो बलबाट प्राप्त भयो। यससँगै यसअघि एकै ओभरमा बनेको ३६ रनको कीर्तिमान भंग भयो।

सन् २००७ को पहिलो टी–२० विश्वकपमा भारतका युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेर कीर्तिमान बनाएका थिए। वेस्ट इन्डिजका केइरन पोलार्ड (२०२१), निकोलास पूरन (२०२४), नेपालका दीपेन्द्रसिंह ऐरी (२०२४), भारतका रोहित शर्मा÷रिंकु सिंह (२०२४ संयुक्त) ले पनि एकै ओभरमा ३६ रन जोडेका थिए। यो कीर्तिमानीमा नेपालका दीपेन्द्रसिंह ऐरी समेत जोडिएका छन् ।

कतारका कामरान खानविरूद्ध एसिसी प्रिमियर लिगको खेलमा उनले एकै ओभरमा छ छक्का प्रहार गरेका थिए। दीपेन्द्रले चीनको हांग्जाउमा मंगोलियाविरुद्ध सर्वाधिक छिटो अर्धशतक प्रहार गरेका थिए । उनले ९ बलमै अर्धशतक प्रहार गरेका थिए । मंगलबार कीर्तिमानी ब्याटिङ गरेका भिसेरले खेलमा १३२ रन जोडे। उनले ६२ बलमा ५ चौका र १४ छक्का प्रहार गरे।

उनको शतकको मद्दतमा ओसिनियन मुलुक समोआले १७४ रन जोड्यो। १७५ रनको लक्ष्य पछ्याएको भानुआटुले ९ विकेटको क्षतिमा १६४ रन जोड्दा समोआले १० रनले खेल जित्यो । यसअघि न्यूजिल्यान्डको हेमिल्टनस्थित सेडन पार्कमा सन् २०१८ नोबेम्बरमा भएको म्याचमा एक ओभरमै ब्याट्सम्यानहरुले ४३ रन बटुलेका थिए । यो लिस्ट ए म्याच थियो । ‘द फोर्ड ट्रफी’ अन्तरगतको ५० ओभरको खेलमा नर्दन डिस्ट्रिक र सेन्ट्रल डिस्ट्रिक्ट आपसमा भिडेका थिए ।

विलेम लुडिकले फ्याकेको पहिलो बलमा ब्रेट हाम्पटोनले चौका हाने । त्यसपछि दोस्रो बलमा छक्का हाने । तर, यो नोबल थियो । ओभरको दोस्रो बैध बलमा हाम्पटोनले फेरि छक्का हाने, अनि सिंगल लिएर जोय कार्टरलाई स्ट्राइकमा ल्याए । आफ्नो पाचौं लिस्ट ए म्याच खेलिरहेका कार्टरले बाँकी तीनवटै बलमा लगातार छक्का प्रहार गरे ।

यसरी एक ओभरमा ४३ रन बन्यो जुन लिस्ट ए म्याचको विश्व कीर्तिमान हो । क्रिकेटको इतिहास हेर्ने हो भने वेलिंग्टनका बलर बर्ट भान्सले फेब्रुअरी १९९० मा क्यान्टरबरी र वेलिंगटनबिचको फर्स्ट क्लास खेलमा एक ओभरमा ७७ रन दिएका थिए ।यस्तै भारतका रुतुराज गायकवाडले पनि डिसेम्बर २०२२मा एक ओभरमा ४३ रन बनाएर कृतिमान बनाएका छन् ।

Advertisement

अहमदाबादमा भएको विजय हजारे ट्रफीको क्वार्टरफाइनलमा उत्तर प्रदेशविरुद्ध लिस्ट ए क्रिकेटमा महाराष्ट्रका तर्फबाट रुतुराजले कीर्तिमानी ब्याटिङ गरेका हुन्। उनले एकै ओभरमा सात छक्कासहित ४३ रन बनाएर कीर्तिमान बनाएका हुन्। यो रन सन् २०१८ मा न्युजिल्यान्डको फोर्ड ट्रफीको खेलमा ब्रेट ह्याम्पटन र जो कार्टरले बनाएको कीर्तिमानसँग बराबरी हो।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top