डराउँछन् निर्मलाका साथी,भन्छन् –स्कुल पनि नआउँ जस्तो लाग्छ

कञ्चनपुर : निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लागेको छ । घटनापछि उनका सहपाठी समेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरु बताउँछन् । , यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

भीमदत्त नगरपालिका २ उल्टीखामकी १३ बर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन् ।

‘हामी सानैदेखि सँगै पढ्थ्यौं, सँगै खेल्थ्या’ैं ९ कक्षामै अध्ययनरत जानकी भट्टले भनिन्, ‘उनी नहुँदा पढ्न मनै लागिरहेको छैन । स्कुल पनि नआउँ जस्तो लाग्छ ।’ जानकी र निर्मला एउटै बेञ्चमा बस्ने २ कक्षादेखिका साथी हुन् । कक्षाकोठा अगाडि निर्मलाले बनाएका केही चित्र छन् ।

Advertisement

भित्र पस्नेबित्तिकै ती चित्र देख्दा उनको यादले सताउने सहपाठीको भनाइ छ । निर्मला र जानकीले शिक्षिका वा नर्स बन्ने सोच बनाएका थिए । त्यही भएर उनीहरु दुबैको कुरा मिल्थ्यो ।

कतिपय विद्यार्थी निर्मलाको शव भेटिएको उखुबारी छेउको बाटो हिँड्नै डराउँछन् । ‘त्यहाँ पुग्नेबित्तिकै झसंग भइन्छ ।’ भीमदत्त नगरपालिका १८ भगतपुरबाट त्यही बाटो स्कुल आउने लक्ष्मी बडुले भनिन्, ‘एक्लै आउन डर लागेर साथीहरु समूहमा मात्र आउँछौं ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top