×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरको बालसुधार गृहबाट भागे दुईजना बालक

५ भाद्र २०८१

५ भदौ, विराटनगर ।

विराटनगर महानगरपालिका३ स्थित बालसुधार गृहबाट मंगलबार दिउँसो दुई जना बालक भागेका छन् । हिजो दिउँसो ३ बजेतिर अतिरिक्त क्रियाकलाप भइरहेको मौका पारेर दुई जना बालक भागेका हुन् ।

फरार हुनेमध्ये एक जना कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर भएका र अर्का जबरजस्ती करणी (बलात्कार) मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा पठाइएका बालक छन् ।

भागेका बालकहरूमा सुनसरीको कोशी गाउँपालिकाका-२ घर भएका १६ वर्षीय कैद सजाय भोगिरहेका र अर्को सोही उमेरका बराहक्षेत्र नगरपालिका–११ घर भएका र्पुपक्षका लागि बन्दी रहेका बालक छन् ।

कोशी-२ घर भएका बालकलाई अदालतले कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर गरिसकेको थियो । ती बालकलाई अदालतले २०७९ माघ १६ गते पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश दिएको थियो । अदालतले पछि मुद्दाको किनारा लगाउँदा १२ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको थियो ।

बराहक्षेत्र नगरपालिका–११ घर भएका बालकलाई जबरजस्ती करणी मुद्दामा अदालतले गत असार २८ गते पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश दिएको थियो । उनीविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ ।

भागेका दुबै जना बालकको खोजी भइरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । यहाँ रहेको बालसुधार गृहबाट पटकपटक कैदीबन्दी बालकहरू भाग्दै आएका छन् ।

बालसुधार गृहको क्षमता ५० जनाको भएपनि हाल दुई सय ३८ जना कैदीबन्दी बालकहरु राखिँदै आएको छ । १८ वर्षसम्मका बालबालिकाहरुलाई मात्र सुधार गृहमा राख्नुपर्ने भएपनि मुद्दा फैसलाको कारणले हुँदा एक सय २४ जना १८ वर्ष उमेर माथिका बालबालिका पनि बस्दै आएका छन् ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top