गौतमको अल टाइम वर्ल्ड इलेभेनमा पाकिस्तानी, परेनन् भारतीय

४ भदौ ८१, बुधबार

४ भदौ , एजेन्सी ।

भारतीय क्रिकेट टिमका नयाँ मुख्य प्रशिक्षक गौतम गंभीरले अल टाइम वर्ल्ड इलेभेन टिम चुनेका छन् । जसमा उनले अस्ट्रेलिया र पाकिस्तानका तीन–तीन खेलाडीहरुलाई स्थान दिएका छन् । साउथ अफ्रीकाका दुई भेट्रानलाई छानेका छन् । यस्तै श्रीलंका र इंग्ल्याण्डका पनि एक एक खेलाडीहरुलाई टिममा राखेका छन् । तर भारतका कुनै पनि खेलाडी यो टोलीमा परेका छैनन् ।

खासमा गौतमले टोलीमा ती खेलाडीहरुलाई समावेश गरेका छन्, जसविरुद्ध उनले खेलेका थिए । यसकारण पनि उनको यो टोलीमा कुनै पनि भारतीय खेलाडीको नाम छैन । श्रीलंका भ्रमणबाट भारतीय टीमको कोचको जिम्मेवारी लिएका गौतम गंभीर अब घरेलु मैदानमा बांग्लादेशविरुद्ध टेस्ट सीरीजमा एक्शन देखिनेछन् । भारतले दुईवटा म्याचको टेस्ट सीरीजमा १९ सेप्टेम्बरमा बांग्लादेशविरुद्ध खेल्ने छ ।

Advertisement

त्यसपछि ३ टी २० सीरीजमा दुवै टिम आमनेसामने हुनेछन् । भारतीय टीमका खेलाडीहरुले श्रीलंका भ्रमणपछि ब्रेक पाएका थिए । जसमा सिनियरले आराम गरिरहँदा बाँकी खेलाडीहरु घरेलू क्रिकेट खेलिरहेका छन् । स्पोर्ट्सकीडाका अनुसार अल टाइम वर्ल्ड इलेभेनमा गंभीरले पाकिस्तानका पूर्व कप्तान इंजमाम उल हक, तिव्र गतिका बलर शोएब अख्तर र अलराउंडर अब्दुल रज्जाकलाई छानेका छन् ।

यस्तै अस्ट्रेलियाका विकेटकीपर एडम गिलक्रिस्ट, ओपनर म्याथ्यू हेडन र अलराउंडर एंड्यू सायमंड्सलाई स्थान दिएका छन् । साउथ अफ्रिकाका पूर्व विस्फोटक ब्याट्सम्यान एबी डिभिलियर्स र तिब्र गतिका बलर मोर्ने मर्केललाई पनि टोलीमा अटाएका छन् । वेस्टइंडीजका महान ब्याटर ब्रायन लारा, श्रीलंकाका भेट्रान स्पिनर मुथैया मुरलीधरन, इंग्ल्या्ण्डका अलराउंडर एंड्यू फ्लिंटफलाइ पनि गौतम गंभीरले अल टाइम वर्ल्ड प्लेइंग इलेभेनमा चुनेका छन् ।

Advertisement

यसैबीच भारतीय टोली आईसीसी च्याम्पियन्स ट्रफी २०२५ खेल्न पाकिस्तान नजाने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) लाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले श्रीलंका या दुबईमा खेलहरू आयोजना गर्न आग्रह गर्ने बताइएको छ । आईसीसी च्याम्पियन्स ट्रफी अर्को वर्षको फेब्रुअरीदेखि मार्च २०२५ सम्म पाकिस्तानमा आयोजना हुनेछ ।

दुई देशबीचको तनावपूर्ण सम्बन्धका कारण सन् २००८ को एसिया कपपछि भारतले पाकिस्तानमा कुनै पनि क्रिकेट प्रतियोगिता खेलेको छैन । डिसेम्बर २०१२ देखि जनवरी २०१३ सम्म भारतमा भएको द्विपक्षीय शृंखलाले दुई देशबीचको अन्तिम द्विपक्षीय शृंखलालाई चिन्ह लगाइयो । त्यसयता यी दुई राष्ट्र आईसीसी प्रतियोगिता र एसिया कपमा मात्र भिड्दै आएका छन् ।

दुई देशबीचको सम्बन्धका कारण आगामी प्रतियोगितामा भारतको सहभागितामा अनिश्चितता छाएको छ । पाकिस्तान क्रिकेट बोर्डले भारतलाई आफ्ना सबै खेल एउटै सहरमा खेल्न प्रस्ताव गरेको थियो । ईएसपीएनक्रिकइन्फोको रिपोर्टका अनुसार लाहोरलाई भारतले आफ्ना सबै खेल खेल्नुपर्ने स्थानको रूपमा छनोट गरिएको थियो ।

तर, भारतीय बोर्डले पाकिस्तान भ्रमणको सम्भावनाप्रति चासो दिएको छैन । बीसीसीआईका प्रवक्ताले भने, ’भारतले च्याम्पियन्स ट्रफी २०२५ को लागि पाकिस्तान भ्रमण गर्दैन । आईसीसीलाई दुबई वा श्रीलंकामा खेल गराउन आग्रह गर्नेछ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top