समूह विजेता बन्न नेपाल र बंगलादेश भिड्दै

५ भदौ ८१, बिहीबार

६ भदौ, विराटनगर ।

काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपको समूह ‘ए’ को विजेता बन्न घरेलु टोली नेपाल र बंगलादेशले बिहीबार (आज) प्रतिस्पर्धा गर्दैछन् ।

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार अपरान्ह्र ३ बजेबाट सुरु हुने छ । नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

Advertisement

मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेसँगै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

त्यसअघि भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो । अब, आजको खेलमा जित निकाल्ने टिम समूह ‘ए’ को विजेता बन्नेछन् । जसले अर्को समूहको उपविजेतासँग खेल्ने छन् ।

Advertisement

श्रीलंका भने समूह ‘ए’ बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपाली टोलीमा जियारथ शेख र कृषल मोक्तान (गोलरक्षक), विशाल केसी, सीमान्त थापा, अश्विन घोरा, सैनीविक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जनप्रकाश बम, लचु थापा, नीरज कार्की, हरिश राज भट्ट, धर्बेन्द्र कुँवर, अनिल बम्जन, समीर तामाङ, नीराजन धामी र रोहन खड्गी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top