NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

कुलमान योजना : चामल बेचेर आफू भोकै, १८ गाउँ अझै अन्धकार !

बिहिबार भदौ ६ , २०८१
Reading Time: 1 min read
A A
प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको छ – निर्देशक घिसिङ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ भदौ, विराटनगर ।
नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले वार्षिकोत्सवको अवसरमा प्राधिकरणका उपलब्धिहरू फेहरिस्त लगाए । उपलब्धिहरूको सूचीमध्येको एक थियो, एक वर्षमा एक हजार मेगावाटभन्दा बढी विद्युत् भारत निकासी गर्न सफल हुनु ।

नेपालले सन् १९७१ देखि भारतबाट विद्युत् आयात गर्न सुरु गरेको थियो । त्यसको एक वर्षपछि नै नेपालले भारतलाईविद्युत् बेच्न थालेको हो । तर, त्यसयता निरन्तर रूपमा घाटा बेहोर्दैआएको प्राधिकरण पछिल्ला वर्षहरूमा भने उक्सिँदै आएको छ । झन्, गत आर्थिक वर्षमा त प्राधिकरणले झन्डै सवा १२ करोड नाफा निकालेको छ ।

प्राधिकरणको विद्युत् आयात–निर्यातको तथ्यांक हेर्दा उसले गत आर्थिक वर्षमा १६ अर्ब ८१ करोड तीन लाख रुपैयाँको विद्युत् आयात गर्दा १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको हो । यसरी हेर्दा बिजुली बेचेर प्राधिकरणलाई १२ करोड २३ लाख रुपैयाँ मुनाफा भएको देखिन्छ ।

LS Auto

अझ,भारतले बिहार र हरियाणा राज्यका लागि नेपालसँग थप २५१ मेगावाट विद्युत् खरिद गर्नेगरी सम्झौता गरिसकेको छ । त्यसका अलावा प्राधिकरणले बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्नेगरी सहमतिसमेत गरिसकेको छ । तर, वर्षायाममा बिजुली बेच्न सक्ने क्षमता बनाएको नेपालले अझै पनि सुख्खा याममा भारतकै भरपर्नुपर्ने अवस्था छ ।

वर्षायाममा सात सय मेगावाटभन्दा बढी बिजुली निर्यात गर्ने अवस्थामा प्राधिकरण पुगेको छ । हुन त उत्पादनमा वृद्धि गर्दै लान सकेमा भारतलाई आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् बेच्ने परिकल्पना पनि साकार होला ! यसरी बढीभन्दा बढी विद्युत् निर्यात गर्न सकेको प्राधिकरणले ठूलो उपलब्धि ठानेको छ ।

आर्थिक रूपमा यसलाई ठूलै प्रगति मान्न सकिए पनि प्राधिकरणले स्वदेशी माग भने अझै पूरा गर्न सकेको छैन् । अरूतिर बिजुली बेचिरहेको प्राधिकरणले नेपालका ७५३ स्थानीय तहमध्ये १८ तहमा अझै विद्युत्को पहुँच पुर्‍याउन सकेको छैन् । कोशी प्रदेशको १४ जिल्लामध्ये सोलुखुम्बु र संखुवासभाका कतिपय गाउँ अन्धकारमा छन् । ती नेपालका झिलिमिलि बत्तीमुनिका अध्यारा गाउँ हुन् ।

बिजुलीको पहुँचमा नरहेका १८ पालिकाका बासिन्दामध्ये कतिले लघु जलविद्युत् र सौर्य ऊजाएबाट विद्युत् उपभोग गरिरहेको प्राधिकरणको तथ्यांक छ । कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युतको पहुँच पुर्‍याएको दाबी गरेका प्राधिकरण प्रमुख कुलमान घिसिङले चालु आर्थिक वर्षभित्रमा सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्‍याउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रसारण पूर्वाधार निर्माणमा ध्यान दिएर देशैभरि उज्यालो छर्ने काममा प्राधिकरणले कहिले सफलता पाउला । त्यो भने हेर्न बाँकी नै छ । वार्षिकोत्सवमै क्रममा कुलमानले प्राकृतिक र प्राविधिक कारण यदाकदा बिजुली आउने-जाने गरे पनि लोडसेडिङ अब इतिहास भइसकेको बताएका थिए ।

प्राधिकरणले २०७३ मा तिहारको लक्ष्मीपुजाको दिनदेखि काठमाडौं उपत्यकामा र २०७५ वैशाखदेखि देशभर लोडसेडिङ अन्त्य गरेको थियो । तर, अहिले पनि उद्योगी–व्यवसायीहरूको ‘अघोषित्’ रूपमा लोडसेडिङको सामना गर्नुपरिरहेको गुनासो आउन छाडेको छैन ।

अझ ट्रंक लाइन र डेडिकेटेड लाइनको विवादले गर्दा विद्युत् प्राधिकरण र उद्योगीहरूबीचको टकराव उत्कर्षमा छ । निजी क्षेत्रले बनाएका साना, ठूला जलविद्युत आयोजनाको विद्युत प्राधिकरणले भारतमा बेच्न पाएको हो । प्राधिकरण आफ्नै उत्पादन निकासी गर्ने अवस्थामा छैन ।

अब निकासी बढाउन र उत्पादनमा वृद्धि गर्नुका साथै प्रसारण पूर्वाधार निर्माणको पनि आवश्यकता छ । निकासीका लागि सक्षम नभइकन जनतालाई नै अध्यारोमा राखेर हामीले विद्युत् निकासी गर्न थाल्यौं भनेर ‘धाक’ लगाउनुचाहिँ बेकार जस्तै हो ।

नेपाललाई समृद्ध बनाउन केही प्रमुख आधारमध्ये विद्युत्, प्रमुख आधार हो । विद्युत निकासीले व्यापार घाटा काम गर्नेमात्र नभएर विदेशी मुद्रा आर्जनमा पनि ठूलो टेवा पुर्‍याउँछ । विद्युत् निर्यात गरेर देश धनी भएको दिन कहिले आउला ? त्यो दिन सबै नेपालीको चाहना छ । तर त्यसका लागि ठूलो लगानी आवश्यक छ। लगानीको त्यो आशा भने विश्व बैंक र एसियाली विकास बैंकले पूरा गरिदिने अपेक्षा गरिएको छ ।

Tags: #कुलमान घिसिङ#नेपाल#नेपाल विद्युत प्राधिकरण#भारत

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing
Currently Playing
Currently Playing

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.