भ्रष्टाचार मुद्दामा पाँचवर्षे हदम्याद चर्चापछि रविलाई दुई हजार युवाको फोन !

५ भदौ ८१, बिहीबार

६ भदौ, विराटनगर । 

भ्रष्टाचारको मुद्दामा राखिएको हदम्यादसम्बन्धी प्रावधानप्रति धेरैले चासो र चिन्ता व्यक्त गर्न थालेका छन् । भ्रष्टाचारका मुद्दामा हदम्याद राख्न हुने वा नहुने भन्ने विषयमा निरन्तर बहस भइरहेको छ ।

बिहीबार (आज) को प्रतिनिधिसभा बैठकमा बोल्ने अधिकांश सांसदहरूले भ्रष्टाचार निवारणसँग सम्बन्धित विधेयकबारे बोले । उनीहरूले विधेयकमा राखिएको पाँचवर्षे हदम्याद अस्वीकार्य हुने जनाए ।

Advertisement

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भ्रष्टाचार मुद्दामा पाँ वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन् ।

उनले भने, ‘युवाहरूले यो प्रस्ताव पारित हुने त होइन भन्ने युवाहरूले चित्ता व्यक्त गर्नुभएको छ । म मेरो र मेरो दलको तर्फबाट सिंगो सदनलाई जानकारी गराउँछु, भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्न हुने छैन । नो इफ नो बट हाम्रो कुरा क्लियर कट ।’

Advertisement

शून्य समयमा बोल्नेक्रममा पूर्वगृहमन्त्री लामिछानेले युवाहरूले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने भनी फोनहरू आइरहेको र सामाजिक सञ्जालमा अभियान चलेको सुनाए । हदम्याद राख्ने चर्चापछि आफूलाई दुई हजारभन्दा धेरै युवाहरूको फोन आएको बताए ।

‘जे होस्, हिजो साँझदेखि आजसम्म मेरो फोनमा दुई हजारभन्दा बढी फोन आएका छन्, अधिकांश युवाहरूको,’ उनले भनेका छन् । उनले नीतिगत भ्रष्टाचारको परिभाषा पनि स्पष्ट हुनुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top