×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

युरोपेली च्याम्पियन्स लिग : युभेन्टसको जितमा रोनाल्डोलाई रातो कार्ड

४ आश्विन २०७५

एजेन्सी,असोज ४
युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले भ्यालेन्सियालाई २–० ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले अग्रता लिने सुरुवाती मौका गुमाएको थियो ।

खेलको २९ औं मिनेटमा युभेन्टस १० खेलाडीमा सिमित भएको थियो । खेलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले विपक्षी खेलाडी( भ्यालेन्सियाका डिफेन्डर मुरि)लाई हात लगाएको आरोपमा २९ हौं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए ।

Advertisement

रोनाल्डोको प्रस्थानपछि केहि दबाब परेपनि युभेन्टसले रक्षात्मक रुपमा भने खेल बलियो बनाइरहेको थियो । पहिलो हाफको अन्तिम मिनेटमा भ्यालेन्सिया कप्तान ड्यानी परेहोले डिफेन्डर जोआओ क्यान्सेलोलाई पेनाल्टी क्षेत्रभित्र लडाए पछि रेफ्रिले पेनाल्टी दिए । मिरालेम प्यानिचले त्यसमा सहजै गोल गरे ।

दोस्रो हाफमा पनि युभेन्टसले पेनाल्टी पायो र प्यानिचले त्यसमा पनि कुनै गल्ती नगरी टोलीलाई २–० को अग्रता दिलाए । यता भ्यालेन्सियाले खेलको अन्तिम समयमा पाएको पेनाल्टी भने कप्तान परेहोले गोल गर्न सकेनन् ।

Advertisement

खेलमा रातो कार्ड पाएका रोनाल्डो अर्को खेलमा पनि उपलब्ध हुने छैनन् । तर क्लबले यूईएफए समक्ष अपिल गर्ने सम्भावना पनि छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top