ब्रेकिङ न्युज : सुनसरीमा गोली चल्यो, एकजनाको मृत्यु

ब्रेकिङ न्युज  : सुनसरीमा गोली चल्यो, एकजनाको मृत्यु

विराटनगर,असोज ४

सुनसरीको हरिनगर गाँउपालिका भुटाहामा गोलीप्रहारबाट एक स्थानीय शिक्षकको हत्या भएको छ ।

भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको हो ।

मोटरसाइकलमा आएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक खुर्सित आलममाथि गोली प्रहार गरेको र उनको घटनास्थलमै मृत्यूभएको प्रहरीले जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार हतियारधारी समूहको गोली लागेर २ जना प्रहरी पनि घाइते भएका छन् ।

नेपाल भारत सीमा नाका घुस्कीमा चेकजाँचमा बसेका प्रहरी टोलीलाई गोली हानेर उनीहरू भागेका हुन । फरार हतियारधारी समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.