७ भदौ, विराटनगर ।
नयाँ सिजनको साउदी प्रो–लिगमा पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आबद्ध क्लब अल नासरले निराशाजनक सुरुआत गरेको छ ।
साविक उपविजेतासमेत रहेकाे अल नासरले बिहीबार राति भएको खेलमा अल रेदसँग १-१ गोलको बराबरी खेलेको हो ।
अल– अवल पार्कमा अल नासरका रोनाल्डोले दिलाएको सुरुआती अग्रता जोगाउन नसक्दा अल नासर अंक बाड्न बाध्य भएको हो ।
३४औं मिनेटमा साडियो मानेको पासमा रोनाल्डोले नासरलाई सुरुआती अग्रता दिलाएका थिए ।पहिलो हाफ सुरु भएको चौथो मिनेटमै मोहम्मद फौजेरले गोल गर्दै रेदलाई बराबरीमा फर्काए । यससँगै पहिलो खेलमा अल नासरले रेदसँग १-१ अंक बाँडेको हो ।
खेलको इन्ज्युरी समयमा अल नासरले पेनाल्टीको मौका पाएको थियो । तर, भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) ले उक्त निर्णय उल्ट्याएपछि नासरले पेनाल्टी हान्न पाएन ।
सन् २०२२ मा साउदी आएका रोनाल्डोको अल नासरका लागि ६१औं गोल हो ।
रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, युभेन्टस लगायत टोलीबाट व्यावसायिक फुटबल खेलेका उनले क्लबबाट एक हजार १६ गोल गरेका छन् ।