हसिनाको रातो पासपोर्ट रद्द, सुपुर्दगी गर्न माग

७ भदौ,एजेन्सी ।

बंगलादेशको मोहम्मद मुइज्जु सरकारले भारतले बाँधबाट पानी छोडेर बाढी निम्त्याएको गम्भिर आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयले बंगलादेशको दाबीलाई अस्वीकार गर्दै उक्त आरोप तथ्यगत रूपमा सही नभएको बताएको छ । भारतले दुई देशबीचको साझा नदीमा आएको बाढी ठूलो समस्या भएको बताएको छ।

मोहम्मद युनुस नेतृत्वको बंगलादेश सरकारले भारतकै कारण आफ्नो देशमा बाढी आएको दाबी गरेको हो । बंगलादेशी सञ्चारमाध्यममा आएका रिपोर्टका अनुसार बंगलादेश सरकारले त्रिपुराको गुमती नदीमा बनेको बाँधका ढोका खोल्दा देशका केही भागमा हालको बाढीको अवस्था सिर्जना भएको दाबी गरेको छ।

Advertisement

तर, अहिले भारतले बंगलादेशको यो दाबी अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले दुई देशबीच रहेका नदीमा आएको बाढी साझा समस्या भएको भन्दै दुवैतर्फका जनतालाई समस्या हुने गरेको बताएको छ । मन्त्रालयले आपसी सहकार्यबाट समाधान खोज्नुपर्नेमा जोड दिएको छ।

“हामीले बंगलादेशको पूर्वी सिमानामा अवस्थित जिल्लाहरूमा हालको बाढीको अवस्था त्रिपुराको गुम्ती नदीको माथिल्लो भागमा रहेको डम्बुर बाँधका ढोकाहरू खोलेका कारण उत्पन्न भएकोमा चिन्ता व्यक्त गरेका छौँ।“ मन्त्रालयले जनाएको छ । यो

Advertisement

तथ्यगत रूपमा सही होइन, भारत र बंगलादेश हुँदै बग्ने गुम्ती नदीको क्याचमेन्ट क्षेत्रमा विगत केही दिनयता यो वर्षकै सबैभन्दा धेरै पानी परेको हामीले औंल्याउन चाहन्छौं। ’ परराष्ट्र मन्त्रालयले बंगलादेशमा बाढी मुख्यतया बाँधको तलको यी ठूला क्याचमेन्ट क्षेत्रहरूको पानीको कारण भएको बताएको छ।

मन्त्रालयले एक विज्ञप्तिमा डम्बुर बाँध (बंगलादेश) सीमानाबाट १२० किलोमिटर टाढा रहेको जनाएको छ। विदेश मन्त्रालयले भनेको छ , “यो (करिब ३० मिटर) उचाइको बाँध हो, जसले बिजुली उत्पादन गर्छ र त्यो बिजुली ग्रिडमा जान्छ जसका कारण बंगलादेशले पनि त्रिपुराबाट ४० मेगावाट बिजुली पाउँछ।

बंगलादेशको त्रिपुरा र आसपासका जिल्लाहरूमा अगस्ट २१ देखि भारी वर्षा जारी छ। परराष्ट्र मन्त्रालयले पानीको बहाव बढी भएमा स्वतः छोड्ने जनाएको छ । जलस्रोत र नदी जल व्यवस्थापनका समस्या र आपसी सरोकारलाई द्विपक्षीय परामर्श र प्राविधिक छलफलबाट सम्बोधन गर्न प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा भनिएको छ।

अर्काेतर्फ बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी बिहीबार खारेज गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्तिमा सुश्री हसिनाको राहदानी, साथै पूर्व सरकारका मन्त्रीहरू र आफ्नो पदमा नरहने पूर्व सांसदहरूको राहदानी रद्द गरिएको जनाएको छ।

बंगलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हिंसा भड्किएपछि हसिनाले स्थिति सम्हाल्न असफल भइन् । जसका कारण उनले राजीनामा दिएर भारत भाग्नुप¥यो । उनको पदच्युत हुनु अघिका हप्ताहरूमा ४५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

बंगलादेशको नयाँ सरकारले हसिना र उनको कार्यकालमा अन्य पूर्व शीर्ष अधिकारीहरूले साधारण राहदानीका लागि आवेदन दिन सक्ने बताएको छ । ‘माथि उल्लेखित व्यक्तिले सामान्य राहदानीका लागि नयाँ आवेदन दिँदा उनीहरुको राहदानी जारी गर्नका लागि दुईवटा सुरक्षा निकायले निवेदन दिनुपर्ने हुन्छ’, मन्त्रालयले जनाएको छ।

बंगलादेशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले शेख हसिनालाई भारतसँग सुपुर्दगी गर्न माग गरेको छ । बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले शेख हसिनाले देशमा सरकार विरुद्धको आन्दोलनलाई बिथोल्ने षड्यन्त्र गरेको आरोप लगाउँदै उनको सुपुर्दगीको माग गरेका छन्।

फखरुल इस्लामले भनेका छन् कि भारतले शेख हसिनालाई आश्रय दिएर बंगलादेशीहरूको मन जित्न सक्दैन। उनले भारत प्रजातन्त्रको समर्थनबाट पछि हटेको आरोप पनि लगाएका छन् । अर्काे तर्फ बंगलादेशमा आन्दोलनका क्रममा भएको बल प्रयोग र कथित मानवअधिकार उल्लंघनको अध्ययन गर्न संयुक्त राष्ट्रसंघको एक टोली बिहीबार बंगलादेश पुगेको छ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले गएको साता एक प्रारम्भिक प्रतिवेदनमा प्रदर्शनका क्रममा सुरक्षा बलले अनावश्यक र असमान बल प्रयोग गरेको भन्ने बलियो संकेत देखिएको र थप स्वतन्त्र अनुसन्धानको खाँचो रहेको जनाएको थियो ।

संयुक्त राष्ट्रसंघको ढाकास्थित कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “छलफलका आधारमा आगामी हप्ताहरूमा अनुसन्धानका लागि छुट्टै तथ्य पत्ता लगाउने टोली परिचालन गर्न सकिन्छ ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top