७ भदौ, काठमाडौँ ।
सरकारी सवारीसाधन चलाउने ड्राइभरको जीवन बिमा (इन्स्योरेन्स) गर्न माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलित बनेका छन् ।
शुक्रबार सिंहदरबारमा सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिले जीवन बिमाको माग गर्दै आन्दोलन गरेको हो ।
सवारी साधनको इन्स्योरेन्स भएझैं सरकारी सवारीसाधन चलाउने ड्राइभरको पनि हुनुपर्ने उनीहरूको माग छ । आफूहरूलाई महँगी भत्ता, सामाजिक सुरक्षा कोषमा आबद्ध गरिदिनुपर्ने माग उनीहरूको छ ।
उनीहरूले सरकारले आफ्ना मागहरु पूरा नगरे आन्दोलनलाई अझै बढाउँदै जाने बताएका छन् । उनीहरूले सरकारको विभिन्न निकायमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको समस्या समाधान गर्दै न्यायोचित व्यवस्थापन गर्न माग गरेको बताएका छन् ।
लामो समयदेखि कार्यरत करार तथा ज्यालादारी कर्मचारीलाई मानसिक तनाव बढाउने र रोजगारीबाट हटाई आफ्नो नजिकका व्यक्तिलाई राख्ने उद्देश्यले हटाइएको उनीहरूको आरोप छ ।