Nepal Times
Nepal Times
3
Shares

भलिबल खेलाडीहरू जनही एक-एक लाख नगदबाट पुरस्कृत

भलिबल खेलाडीहरू जनही एक-एक लाख नगदबाट पुरस्कृत

८ भदौ, विराटनगर ।

हालै सम्पन्न काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीहरू नगद पुरस्कारसहित सम्मानित भएका छन् ।

नेपाल भलिबल संघले शनिबार टोलीका खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

खेलाडी र प्रशिक्षकलाई जनही एक लाख दुई हजार र व्यवस्थापक र फिजियोलाई जनही ८२ हजार रुपैँयाँ पुरस्कार प्रदान गरिएको छ ।

काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल खेलमा भारतसँग ३–२ को सेटमा पराजित हुँदै उपविजेता बनेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.