द.कोरियालाई अमेरिकाले साढे तीन अर्बको सैन्य उपकरण बेच्दै

७ भदौ ,एजेन्सी ।

उत्तर कोरियाले शुक्रबार एसियामा अमेरिकी हतियार बिक्रीको आलोचना गर्दै दक्षिण कोरियासँगको अपाचे हेलिकप्टर बिक्री सम्झौतालाई “लापरवाह र उत्तेजक कार्य” भएको बतायो । ‘हामी अमेरिकाको हतियार बिक्री सम्झौताको कडा विरोध र अस्वीकार गर्दछौं,’ प्योङयाङका विदेश मन्त्रालयले दक्षिण कोरियालाई उल्लेख गर्दै एक विज्ञप्तिमा भनेको छ ।

‘यो जानाजानी यस क्षेत्रमा सुरक्षा अस्थिरता बढाउने लापरवाह र उत्तेजक कार्य हो,’ जापान र वासिङ्टनका अन्य एसिया–प्रशान्त सहयोगीलाई हालैको अमेरिकी बिक्रीको आलोचना गर्दै प्योङयाङले बताएको छ । अमेरिकाले दक्षिण कोरियालाई सोमबार ३६ एएच–६४ई अपाचे हेलिकप्टर र मिसाइलसहित सम्बन्धित सैन्य उपकरणहरू तीन अर्ब ५० करोड डलरमा बिक्री गर्ने घोषणा गरेको हो ।

Advertisement

अमेरिकी रक्षा सुरक्षा सहयोग निकाय (डिएससिए) ले यस्ता बिक्रीले दक्षिण कोरियालाई वर्तमान र भविष्यका खतराहरू सामना गर्न, विपक्षीहरूको आक्रमण रोक्न र क्षेत्रीय कारबाहीमा भाग लिन सक्षम बनाउने बताएको छ । सियोलको एकीकरण मन्त्रालयले शुक्रबार उत्तर कोरियाले ‘कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरतालाई खतरामा पारेको’ आरोप लगाएको छ।

‘प्योङयाङले अन्तर–कोरियाली सम्बन्धलाई ‘दुई शत्रु राष्ट्र’ का रूपमा परिभाषित गरेको छ र निरन्तर अवैध आणविक र मिसाइलहरूको विकास अगाडि बढाइरहेको छ,’ मन्त्रालयले भनेको छ । दक्षिण कोरियाली सरकारले उत्तर कोरियाको गतिविधि नजिकबाट निगरानी र राम्ररी मूल्यांकन गरिरहेको मन्त्रालयका उप प्रवक्ता किम इन–एईले पत्रकारहरूलाई बताए ।

Advertisement

वासिङ्टन सियोलको प्रमुख सुरक्षा सहयोगी हो र यसले दक्षिण कोरियामा लगभग २८ हजार पाँच सय सैनिक परिचालन गरेको छ । वासिङ्टन र सियोलले उत्तर कोरियालाई नियन्त्रण गर्ने उद्देश्यले नयाँ अभ्यासका साथ प्रमुख वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेको दिन नै हेलिकप्टर बिक्रीको खबर आएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top