×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026

लेबनानमा इजरेली आक्रमण,४० हवाई हमला

९ भाद्र २०८१

९ भदौ , एजेन्सी ।
लेबनानी आतंकवादी समूह हिजबुल्लाहले इजरायलमा ठूलो ड्रोन र रकेट आक्रमण गरेको छ। यसअघि इजरायलले लेबनानका धेरै क्षेत्रमा हिजबुल्लाहलाई निशाना बनाएर आक्रमण गरेको थियो ।

इजरायलमा हमलापछि लेबनानी आतंकवादी समूह हिजबुल्लाहले बेरुतमा मारिएका आफ्ना कमाण्डर फुआद शुक्रको हत्याको बदला लिएको बताएको छ । हिजबुल्लाहले यस हमलामा इजरायली सैन्य लक्ष्यहरूलाई निशाना बनाएको बताएको छ।

Advertisement
Advertisement

हिजबुल्लाहले इजरायली सेनाको ब्यारेक र आइरन डोमलाई निशाना बनाएको बताएको छ । हिजबुल्लाहले गत महिना बेरुतको दक्षिणी क्षेत्रमा मारिएका शीर्ष कमाण्डर फुआद शुक्रको हत्याको बदला लिने पहिलो कदम भएको बताएको छ।

इजरायली सेनाले पछिल्लो एक घण्टामा हिजबुल्लाहले इजरायलतर्फ १५० भन्दा बढी ड्रोन र रकेट प्रहार गरेको जनाएको छ । तीमध्ये अधिकांश इजरायलको उत्तरतिर लक्षित थिए। इजरायली रक्षा बल (आईडीएफ) ले भनेको छ कि उनीहरूले आक्रमणको बारेमा गुप्त सुचना प्राप्त गरेका थिए ।

त्यसअघि इजरायलले पहिले नै लेबनानमा हिजबुल्लाहको आक्रमण रोक्न हवाई हमला गरेको थियो । इजरायलले हिजबुल्लाहको आक्रमणको डरले लेबनानमा आक्रमण गरेको थियो। लेबनानी सञ्चारमाध्यमका अनुसार दक्षिणी लेबनानमा ४० वटा आक्रमण भएका छन्।

इजरायली रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले हिजबुल्लाहले इजरायलमा आक्रमण गर्ने तयारी गरिरहेको बताएपछि यो आक्रमण गरिएको थियो । यसपछि इजरायलले आइतबार बिहानै लेबनानमा शिया मिलिशिया हिजबुल्लाहको स्थानलाई लक्षित गरी हवाई हमला गरेको थियो।

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाहले ’इजरायली क्षेत्रतर्फ क्षेप्यास्त्र र रकेट प्रहार गर्ने तयारी गरिरहेको’ बताएको थियो । अनुमान अनुशार नै हिजबुल्लाहले न जवाफी कारबाही गरेको छ ।

इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले भने, ’यस्ता खतराहरूबाट बच्न (इजरायली सेना) लेबनानमा आतंकवादी लक्ष्यहरूमाथि आक्रमण गरिरहेको छ जहाँबाट हिजबुल्लाहले इजरायली नागरिकहरूलाई आक्रमण गर्ने षड्यन्त्र गरिरहेको छ ।

त्यसको केही समयपछि नै उत्तरी इजरायलमा साइरन बज्न थालेको थियो । ल सामाजिक सञ्जालमा उपलब्ध केही भिडियोहरूले दक्षिणी लेबनानमा आक्रमण भइरहेको देखाएको छ।

लेबनानमा इजरायली हवाई हमला पछि, तेल अवीव बाहिर इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उडानहरू आइतवार डाइभर्ट गरियो र अन्य विमानहरू ढिलाइ भएका छन् ।

इजरायली मिडियाले इजरायली एयरपोर्ट अथोरिटीलाई उद्धृत गर्दै यो खबर दिएका हुन् । उडान ट्र्याकिङ डेटाले कम्तिमा दुई उडानहरू दक्षिणतिर फर्केको देखाएको छ। इजरेली प्रवक्ता हगारीले आफ्नो बयानमा भनेका थिए कि, ’हामीले देख्न सक्छौं कि हिजबुल्लाह लेबनानी नागरिकहरूलाई जोखिममा पार्दै इजरायलमा ठूलो मात्रामा आक्रमण गर्ने तयारी गरिरहेको छ ।’ उनले थप भनेका छन् ’हामी हिजबुल्लाह सक्रिय रहेको क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आफ्नो सुरक्षाको लागि तुरुन्तै छाड्न चेतावनी दिन्छौं।’

इजरायली आक्रमणमा एक शीर्ष हिजबुल्लाह कमाण्डरको मृत्यु र इरानमा संदिग्ध इजरायली आक्रमणमा हमास नेता इस्माइल हानियाको मृत्युले गाजा पट्टीमा जारी इजरायल–हमास युद्ध क्षेत्रीय द्वन्द्वमा परिणत हुन सक्ने डरलाई बलियो बनाएको छ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top