मड्रिड फर्किए रोड्रिग्वेज

१० भदौ ८१, मंगलबार

११ भदौ, विराटनगर । 

कोलम्बियन स्टार फुटबलर जेम्स रोड्रिग्वेज फेरि एक पटक स्पेनको राजधानी मड्रिड फर्किएका छन् । रियल मड्रिडका पूर्वखेलाडी रोड्रिग्वेजलाई ला लिगा क्लब रायो भालेकानोले अनुबन्ध गरेको हो ।

राजधानी मड्रिडको क्बल भालेकानोले ३३ वर्षीय राेड्रिग्वेजलाई अनुबन्ध गरिएको आधिकारिक रूपमा जानकारी दिएको छ । उनी अगस्ट महिनाको सुरुदेखि नै क्लबविहीन थिए । पछिल्लो समय उनले ब्राजिलियन क्लब साओ पाउलोबाट व्यवसायिक फुटबल खेलिरहेका थिए । तर, उक्त क्लब छोडेसँगै राेड्रिग्वेज युरोपियन लिग फर्किने मनसायमा थिए ।

Advertisement

युरोप फर्किने मानसिकता बनाएका उनले साओ पाउलोसँगको सम्झौता रद्द गरे गरेका थिए । यसअघि उनी ला लिगा क्लब एट्लेटिको मड्रिड र इटालियन क्लब लाजियोसँग नजिक भएका थिए । तर, रोड्रिग्जेलाई दुवै क्लबले ‘धेरै बूढो भए’ भनेर भित्र्याउन मानेनन् ।

अहिले भालेकानोले रोड्रिग्वेजसँग एक वर्षका लागि सम्झौता गरेको छ, जहाँ थप एक वर्ष लम्ब्याउन सक्ने प्रावधान पनि उल्लेख गरिएको छ । अब, यसै साता अट्याकिङ मिडफिल्डर रोड्रिग्वेजले मेडिकल गर्ने बताइएको छ ।

यसअघि दुई पटक रियल मड्रिडबाट खेलिसकेका रोड्रिग्वेजले गत महिना सम्पन्न कोपा अमेरिकामा कोलम्बियाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।  उनले एक गोल गर्दा ६ वटा गोलमा पास मिलाउँदै कोलम्बियालाई फाइनलसम्म पुर्‍याएका थिए ।

तथापि, फाइनल खेलमा कोलम्बिया अर्जेन्टिनासँग अतिरिक्त समयमा पराजित हुँदा उनी कोपा अमेरिकाको ट्रफी उचाल्नबाट चुके । तर, रोड्रिग्वेजको प्रदर्शनलाई मूल्यांकन गर्दै आयोजकले उनलाई प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषणा गर्‍यो ।

सन् २०१४ को विश्वकपमा गोल्डेन बुट जितेपछि रियलले उनलाई भित्र्याएको थियो । रोड्रिग्वेजले रियलबाट दुई वटा ला लिगा र दुई वटा च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

भालेकानोले मंगलबार ला लिगाअन्तर्गत बार्सिलोनाको सामना गर्दै छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top