स्पिनर राशिद खान नै अफगानको टिममा अटेनन्

१० भदौ ८१, मंगलबार

११ भदौ, एजेन्सी ।

Advertisement

विश्व चर्चित अफगानिस्तानका स्पिनर राशिद खान न्युजिल्यान्डविरुद्ध हुने एकमात्र टेस्टका लागि प्रारम्भिक टोलीमा अटाएनन् ।  न्युजिल्यान्डविरुद्ध हुने एकमात्र टेस्टका लागि प्रारम्भिक २० सदस्यीय टोलीबाट स्पिनर राशिद खान बाहिरै रहेका छन् ।

अफगानिस्तान क्रिकेट बोर्ड(एसिबी)ले सोमवार बन्द प्रशिक्षणका लागि भारत प्रस्थान गर्ने २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

Advertisement

टोली २८ अगस्टमा भारत प्रस्थान गर्ने तालिका रहेको छ । टोलीमा राशिदको अनुपस्थितीबारेमा एसिबीले कुनै कारण भने उल्लेख गरेको छैन । अफगानिस्तान र न्युजिल्यान्डबीच सेप्टेम्बर ९ देखि १३ सम्म ग्रेटर नोयडामा टेस्ट क्रिकेट हुनेछ । राशिदले हालै काबुलमा सम्पन्न शपगिजा टि ट्वान्टी लिगमा स्पिन घर टाइगर्सको कप्तानी गरेका थिए ।

त्यसअघि ट्रेन्ट रकेट्सबाट पुरुष हन्ड्रेडमा सहभागिता जनाएका थिए । ह्यामस्ट्रिङको चोटका कारण राशिदले द हन्ड्रेडका केही खेल गुमाएका थिए । मुख्य चयनकर्ता अहमद शाह सुलिमानखेलले बन्द प्रशिक्षणका लागि २० खेलाडीको छनोट गरिएको र उनीहरूको प्रदर्शन र फिटनेस हेरेर न्युजिल्यान्डविरुद्धको टेस्टका लागि अन्तिम १५ सदस्यीय टोली छनोट गरिने बताए ।

Advertisement

बलिङ अलराउन्डर अजमतुल्लाह ओमारजाई प्रारम्भिक टोलीमा स्थान बनाएपछि टेस्ट क्रिकेटमा डेब्यु गर्ने तयारीमा छन् । ओमारजाईले अफगानिस्तानका लागि सेतो बलको क्रिकेटमा नियमित रूपमा आफूलाई स्थापित गरेका छन् । तर, उनी टेस्ट क्रिकेटमा भने सहभागी भएका छैनन् । ओमारजाईले यसै टेस्टमा सहभागिताका लागि सिपिएलबाट नाम फिर्ता लिएका थिए ।

हशमतुल्लाह शाहिदीलाई कप्तानको जिम्मेवारी दिइएको छ । अफगानिस्तानले न्युजिल्यान्ड र दक्षिण अफ्रिकाविरुद्धको आगामी शृंखलाका लागि आर श्रीधरलाई नयाँ सहायक प्रशिक्षक नियुक्त गरेको छ । श्रीधरले सन् २०१४ देखि २०२१ सम्म भारतको फिल्डिङ प्रशिक्षकको रूपमा काम गरेका थिए ।

टेस्टका लागि अफगानिस्तानको प्रारम्भिक टोलीमा हशमतुल्लाह शाहिदी (कप्तान), इब्राहिम जादरान, रियाज हसन, अब्दुल मलिक, रहमत शाह, बहीर शाह महबूब, इकराम अलीखिल, शाहिदुल्लाह कमाल रहेका छन् । त्यसैगरी गुलबदीन नायब, अफसर जजई (विकेटकिपर), अजमतुल्लाह उमरजई, जियाउर रहमान अकबर, शमसुर रहमान, कैस अहमद, जहीर खान, निजत मसूद, फरीद अहमद मलिक, नवीद जादरान, खलील अहमद, यामा अरब पनि छनोट भएका छन् ।

न्युजिल्यान्डविरुद्धको यो टेस्ट अफगानिस्तानको समग्रमा १०औं र सन् २०२४ को तेस्रो टेस्ट हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top