NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
उर्जामन्त्रीलाई महावीरले भने पापी, मन्त्री खड्काले पनि दिए जवाफ बुधबार जेष्ठ ८ , २०८२
रुसमा ईयूले लगायो प्रतिबन्ध, अमेरिकाले पनि थप प्रतिबन्ध लगाउने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

ओली र देउवाविरुद्धको नाराबाजीको संकेत के हो ?

मङ्लबार भदौ ११ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
देउवालाई भेट्न ओली नेताहरूसहित बूढानीलकण्ठमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ भदौ , विराटनगर ।

सोमबार गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा सधैँ झैँ एक कार्यक्रमको आयोजना गरिएको थियो । जहाँ प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटनमन्त्री बद्री पाण्डे, वनमन्त्री ऐनबहादुर शाही, एमाले नेता भीम रावलसहितका नेताहरुको सहभागिता रहेको थियो ।

तर जब कार्यक्रममा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा बोल्न पुगे युवाहरुको एक समूहले नाराबाजी गरे । युवा त्यतिमै रोकिएनन् । उनीहरुले प्रधानमन्त्री ओलीको सम्बोधनमा पनि नाराबाजी गरे । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीविरुद्ध यसरी नाराबाजी गरिएको विषय भने संसदमा समेत उठेको छ । यो घटनालाई बंगलादेशको घटनाको आगोको झिल्को र घण्टी बजेको टिप्पणी गरिएको छ ।

LS Auto

आज संसदमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यो विषय उठाएका छन् । पछिल्लो समय राजनीतिक उथलपुथल भएका दक्षिण एसियाका श्रीलंका र बंगलादेशको उदाहरण प्रस्तुत गर्दै प्रचण्डले सरकार स्वार्थ समूहका पक्षमा उभिएपछि आगोको झिल्को निस्किएको भन्दै त्यो लोकतन्त्रकै लागि खतरा रहेको बताएका छन् ।

यस्तै सांसद डा.अमरेशकुमार सिंहले गौरा पर्व मनाउने क्रममा सोमबार टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध लागेको नाराले नेताहरू सच्चिने बेला आएको बताएका छन् । उनले जनताले नेताहरूविरुद्ध घण्टी बजाउन सुरु गरेको बताए । यसबारेमा उनले सरकारलाई सच्चिएर जनताको आक्रोश सम्बोधन गर्न पनि सुझाएका छन् ।

सांसद सिंहले दुईतिहाइको दम्भमा नरहन सरकारलाई सुझाव दिएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दुईतिहाइको सरकार हुँदा पनि देश छाड्नुपरेको स्मरण गराउँदै उनले दलीय अंकगणितले केही नहुने बताए । ‘हिजो टुँडिखेलमा जुन घटना भएको छ, पाटनको कृष्ण मन्दिरमा पनि घटना भएको छ । म सदनको ध्यानाकर्षण गर्न चाहन्छु । त्यो हाम्रो लागि जसरी घण्टी बजाएर संसद्को प्रक्रियामा भाग लिन्छौँ, त्यस्तै हो’, उनले भने, ‘सरकारसँग म प्रश्न गर्न चाहन्छु– तपाईंहरू पहिले जस्तै चल्ने कि सुध्रिने ? नत्र मैले भयावह स्थिति देख्दैछु । आज सत्तामा हुनुहुन्छ, दलीय अंक गणित त शेख हसिनासँग पनि थियो, तर उनले देश छाड्नु प¥यो ।’

यही अंकगणितको विषय प्रचण्डले समेत उठाएका थिए । उनले भने ‘सत्तासीन साथीहरूलाई मेरो अनुरोध छ, सङ्ख्याको भ्रममा नपरौँ, सत्यसँग साक्षात्कार गरौँ । धेरै टाढाका, अघिका, इतिहासका ठुला शिक्षा म भन्दिनँ, छेवैका श्रीलंका र बंगलादेशका घटनाबाट सिकौँ । श्रीलंकामा राजापाक्षेजी सङ्ख्याको सङ्कटले बाहिरिनुभएको हो ? होइन’– अध्यक्ष प्रचण्डले भने– ‘बंगलादेशी पार्लियामेन्टलाई त अवामी लिग र त्यही गठबन्धनको एकलौटी प्रतिनिधित्वको वन पार्टी पार्लियामेन्ट भनिन्थ्यो । त्यो थियो, अस्ति जनवरीको निर्वाचनको परिणाम, हाम्रोभन्दा तेह्र महिना कान्छो । तपाईँहरू जोडतोडको दुई तिहाइको घमन्डमा हुनुहुन्छ भने यो घमण्डबाट बिउँझनोस् । जनताको विवेकको अवमूल्यन नगर्नोस् ।’

टुँडिखेलमा गौरा पर्व मनाउन अतिथिका रुपमा पुगेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराबाजी भएको थियो । गौरा मनाउन जम्मा भएका केही युवाहरूले पछाडिबाट आपत्तिजनक र अराजक शैलीमा नाराबाजी गरेका थिए । उनीहरू ओली र देउवाविरुद्ध नाराबाजीमात्र गरिरहेका थिएनन्, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समर्थनमा हुटिङ पनि गरिरहेका थिए ।

भाषणका क्रममा प्रधानमन्त्री ओली उनीहरूप्रति संयम भएर बोले । उनले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए । तर, कांग्रेस सभापति देउवा निकै आक्रामकरूपमा प्रस्तुत भए । प्रायः छोटो भाषण गर्ने देउवा नाराबाजी गर्नेविरुद्ध खनिए । देउवाले रिस थाम्न सकेनन् । सुरुमा त उनले ’जति कराउनु छ, तपाईंहरू कराउनुस्’ भने । दर्शकदीर्घाबाट आवाज झन् चर्को बन्यो । अनि देउवाले औँला ठड्याएरै भने, “लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू, बदमासहरू ।“

यता शीर्ष नेताहरू विरुद्ध नारा लगाउनेहरू खोज्न सुरु गरिएको छ । गौरा पर्व बिथोलिने डरले सोमबार कार्यक्रममा केही पनि नगरिए पनि प्रशासनको सहयोगमा उशृंखल गतिविधि गर्नेहरूको खोजी थालिएको आयोजक संस्थाले जनाएको छ । प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह (प्रसंसा) ले २७ वर्ष देखी काठमाडौँमा गौरा पर्व मनाउँदै आइरहेको छ । यति लामो यात्रामा पहिलो पटक सोमबारको कार्यक्रममा अतिथिहरु माथि यस्तो नाराबाजी भएको छ ।

Tags: #ओली र देउवा#नाराबाजीको संकेत

लोकप्रीय

कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने

के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

ताजा समाचार

के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने

बुधबार जेष्ठ ८ , २०८२
उर्जामन्त्रीलाई महावीरले भने पापी, मन्त्री खड्काले पनि दिए जवाफ
ताजा समाचार

उर्जामन्त्रीलाई महावीरले भने पापी, मन्त्री खड्काले पनि दिए जवाफ

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

भारतीय ट्राभल एजेन्सी अमेरिकामा ब्याण्ड, चीन–पाकबीच नयाँ सहमति|| Nepal Times

भारतीय ट्राभल एजेन्सी अमेरिकामा ब्याण्ड, चीन–पाकबीच नयाँ सहमति|| Nepal Times

00:12:47

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

00:10:26

World News:दुई हेलिकप्टर जुधे,अमेरिकामा मेक्सिकन सेनाको जहाज दु*र्घट*ना || Nepal Times

00:13:50

World News:हङकङ–सिङ्गापुरमा नयाँ कोरोना, पपुवा न्यू गिनीमा पोलियो ‘आउट ब्रेक’|| Nepal Times

00:16:34

World News: गाजामा नाकाबन्दी लगाएर बम हा*नियो,भारत–पाकको यु*द्धविराम मे १८ सम्म || Nepal Times

00:16:19

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

मङ्लबार जेष्ठ ७ , २०८२
ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज पनि मेघगर्जन चट्टयाङसहित वर्षा, सतर्क रहनु

आइतवार जेष्ठ ५ , २०८२

हालका पोस्टहरू

कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने

के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.