नेपालले बंगलादेशविरुद्ध फर्कायो गोल

११ भदौ ८१, बुधबार

१२ भदौ, विराटनगर ।

काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा अहिले घरेलु टोली नेपाल र बंगलादेशले खेलिरहेका छन् ।

सातदोबाटोस्थित एन्फा मैदानमा जारी फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशविरुद्धको अग्रता घटाएको छ ।  ८०औं मिनेटमा समीर तामाङले गोल गर्दै खेल ३-१ गोलको अवस्थामा ल्याएका हुन् ।

त्यसअघि बंगलादेशले पहिलो हाफको इन्ज्युरी समयमा, ५४औं मिनेटमा र ७०औं मिनेटमा बंगलादेशले गोल गरेको थियो ।

सेमिफाइनलमा दुवै टोलीले टाइब्रेकरमा बाजी मारेर फाइनल यात्रा तय गरेका हुन् । सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोल र बंगलादेशले साबिक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएको थियो ।

बंगलादेशले तीन पटकको विजेता भारतलाई हराएको थियो । नेपालले भने समूह चरणका बंगलादेशलाई हराएको थियो । नेपाल आज बंगलादेशलाई हराउँदै तेस्रो पटक उपाधि जित्ने योजनामा छ । नेपालले यसअघि सन् २०१५ र २०१७ मा उमेर समूहका प्रतियोगिता जितेको थियो ।
बंगलादेश भने पहिलोपटक उपाधि जित्ने दाउमा छ । पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको थियो ।

नेपालले समूहको पहिलो खेलमा श्रीलंकालाई १–० गोलले हराएको थियो । दोस्रो खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराएर समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top