अशोकराज सिग्देल नेपाली सेनाको नयाँ प्रधान सेनापति

११ भदौ ८१, बुधबार

१२ भदौ , काठमाण्डौ।

कामु प्रधानसेनापति अशोकराज सिग्देल नेपाली सेनाको नयाँ प्रधान सेनापति नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका हुन् । साउन २४ बाटै बिदामा बसेपनि प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल भदौ २४ गतेमात्रै सकिँदैछ ।

शर्माको अवकाशसँगै सिग्देलले प्रधानसेनापतिको जिम्मेवारी पूर्ण रुपमा सम्हाल्नेछन् । शर्मा बिदामा बसेसँगै सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो । सिग्देलले आगामी तीन वर्ष नेपाली सेनाको कमान्ड गर्नेछन् । सिग्देलले आफ्नो व्यावसायिक सैन्य शिक्षा नेपाल र विदेशमा लिएका थिए ।

Advertisement

उनले आर्मी कमान्ड एन्ड स्टाफ कलेज, शिवपुरी र चीनको नेनिल डिफेन्स युनिभर्सिटीबाट स्नातक गरेका छन् । यसका साथै उनले नेपालको आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतमा डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर सिग्देलले चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट पनि रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन् ।

३७ वर्षे सैनिक सेवामा सिग्देलसँग स्वदेश तथा विदेशमा विभिन्न युनिटको नेतृत्व गरेको अनुभव छ । उनले काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कुलको कमान्डेन्टको रूपमा काम गरेका छन् । त्यस्तै, बाहिनी र पृतनापतिको रूपमा काम गरिसकेका छन् । यसका अतिरिक्त, उनले सैन्य सञ्चालन निर्देशनालयको निर्देशक र कर्मचारी कर्तव्य, नीति र योजना विभागको महानिर्देशकको रूपमा काम गरे ।

यसबाहेक उनी प्रधानसेनापतिको सैनिक सहायकको पदमा पनि थिए । सिग्देलले २०२२ मा अमेरिका–नेपाल तेस्रो ‘ल्यान्ड फोर्स टक’का लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए। यस्तै कोभिड–१९ महामारीमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को सचिवको रूपमा काम गरे ।

कोभिड–१९ महामारी नियन्त्रणमा अतुलनीय योगदान पु¥याएको भन्दै उनलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको थियो । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा शान्ति सेनाको रूपमा पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरिया जस्ता देशमा काम गरेको अनुभव उनीसँग छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top