ओली–देउवाविरुद्ध नाराबाजी गर्नेलाई सार्वजनिक मुद्दा

१२ भदौ ८१, बिहीबार

१३ भदौ ,काठमाण्डौ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि फेसबुकमा टिप्पणी गरेको आरोपमा पक्राउ परेका कैलाली धनगढीका दुई युवालाई प्रहरीले रिहा गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले फेसबुकमा ‘स्टाटस’ लेखेको आरोपमा धनगढीका प्रतीक जोशी र रचित शाहलाई मंगलबार दिउँसो नियन्त्रणमा लिई राति छाडेको हो । पक्राउ गर्नुको कारण खुलाएको छैन । तर, शान्तिसुरक्षामा खलल नपु¥याउने कागज गराएर उनीहरूलाई रिहा गरिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले मौखिक उजुरीका आधारमा दुईजनालाई केहीबेर नियन्त्रणमा लिइएको बताए । उनले कस्तो खालको उजुरी भन्नेबारे खुलाएनन् । फेसबुकमा आफूले कुनै आपत्तिजनक विषय नलेखे पनि प्रहरीले आफूलाई नियन्त्रणमा लिएको प्रतीकले बताए ।

‘मुलुक अहिले वास्तवमा संकटै संकटमा छ, आमजनता संकटको अवस्थामा छन्,’ प्रतीकले लेखेका थिए, ‘संस्कार नभएका भनेर बोलेको लोकलाजको विषय बनेको छ । तपाईंहरूको प्रजातन्त्रमा यस्तै हुन्छ ?’ शान्तिसुरक्षामा खलल नपु¥याउने कागज गराएर प्रहरीले राति रिहा गरेको उनले बताए ।

Advertisement

रचितले पाँचपटक प्रधानमन्त्री हुँदा पनि देउवाले केही काम गर्न नसकेको, भुटानी शरणार्थी काण्डमा पूर्वगृहमन्त्रीलाई पार्टीबाट कारबाही नगरेको र गिरीबन्धु घोटालाका आरोपितलाई प्रधानमन्त्री बनाएको आशयले स्टाटस लेखेका थिए ।

प्रतीकका अनुसार अपराह्न चार बजेतिर बोराडाँडीमा खाजा खाने क्रममा आएका प्रहरीले सोधपुछ गर्नु छ भनेर दुवैजनालाई नजिकैको प्रहरी बिटमा लगेका थिए । ‘त्यहाँबाट जिल्ला प्रहरी कार्यालय जानुप¥यो भनेपछि आफ्नै गाडीमा जिल्ला प्रहरीमा गयौँ,’ प्रतीकले भने, ‘डेढ घण्टासम्म परिसरमा राख्यो । पछि प्रहरीले फेसबुक प्रोफाइलमा के छ, पढाइ, राजनीतिक आस्था के हो भनेर सोधे ।’

सामान्य सोधपुछपछि गार्डसेलमा लगेर राखेको उनले बताए । प्रतीकका अनुसार करिब डेढ घण्टा गार्डसेलमा राखेपछि दुवैजनालाई थुनुवा कक्षभित्र राखिएको थियो । थुनुवा कक्षबाट हतकडी लगाएर स्वास्थ्य जाँचका लागि सेती प्रादेशिक अस्पताल लगिएको उनले बताए ।

‘शान्तिसुरक्षामा खलल नपु¥याउने कागज गराएर राति रिहा ग¥यो,’ उनले भने, ‘सोधपुछका क्रममा प्रहरीले शान्तिसुरक्षामा चुनौती भयो भने, तर हामीलाई किन पक्राउ गरेको स्पष्ट बताएनन ।’ पक्राउ गरेर हतकडी लगाउनुपर्ने गरी अपराध नगरेको उनले बताए ।

‘हामीले वाक् स्वतन्त्रताको प्रयोग गरेका हौँ, शान्तिसुरक्षा बिथोल्ने योजना थिएन,’ उनले भने, ‘नियन्त्रणमा लिनुपर्ने कारण थिएन ।’ करिब डेढ घण्टा थुनुवा कक्षमा बस्नुपरेको उनले बताए । परराष्ट्रमन्त्री देउवा पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार बिहान धनगढी पुगेकी थिइन्  ।

यता गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको भन्दै पक्राउ परेका तीन जनालाई सार्वजनिक शान्तिविरुद्धको मुद्दामा अनुसन्धान थालिएको छ ।

काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीका अनुसार पक्राउ परेका तीन जनाले सार्वजनिक स्थलमा गर्न नहुने कार्य गरेको पाइएको छ । अधिकारीका अनुसार उनीहरुलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रधानमन्त्री ओली गौरा पर्वको कार्यक्रममा उपस्थित हुनासाथ उनीविरुद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी भएको थियो । सुदूरपश्चिमको मुख्य चाड गौरा पर्वमा गएका प्रधानमन्त्री ओलीविरुद्ध दर्शकदीर्घाको अन्तिम लहरबाट नाराबाजी भएको थियो ।

मञ्चको केही टाढाबाट नाराबाजी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उनीहरुलाई केही राजनीतिक दल र नेताले उचालेको आशंका प्रहरीलाई छ । यस्तो नाराबाजी गरेको आरोपमा पक्राउ परेका सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई पक्राउ गरिएको हो ।

नाराबाजी गरेलगत्तै दुई जनालाई पक्राउ गरिएको थियो भने थप एक जनालाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा भने हुटिङ गरेका थिए ।

नाराबाजीको अन्त्यतिर उनीहरूले ‘बालेन, बालेन’ भनेर हुटिङ गरेका थिए । लगातार हुटिङ भएपछि सम्बोधनका लागि पुगेका कांग्रेस सभापति देउवा उनीहरुप्रति झनै आक्रोशित भएका थिए । नाराबाजी झन् चर्को बनेपछि देउवाले रिस थाम्न सकेनन् ।

सुरुमा त उनले ‘जति कराउनु छ, तपाईंहरू कराउनुस’ भने । दर्शकदीर्घाबाट आवाज झन् चर्को बन्यो । देउवा पनि के कम, औँला ठड्याएरै भने, ‘लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू, बदमासहरू ।’

‘यही हो नेपालको संस्कृति, यही हो नेपालको चलन ? यही सिकेर आएको ? बदमासहरू’ आफ्नै शैलीमा देउवाले उनीहरुलाई हप्काउँदै भनेका थिए । यो घटनापछि काठमाडौं प्रहरीमाथि समेत शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै राजनीतिक दबाब परेको थियो ।

Advertisement

भर्खरको समाचार

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top