नरेन्द्र मोदीलाई पाकिस्तानको निम्तो

१५ भदौ , एजेन्सी ।

Advertisement

खेलकुदका प्रतियोगिताहरुमा समेत एकअर्काको देशमा जान नचाहाने भारत–पाकिस्तान विश्वमै सबैभन्दा कटु सम्बन्ध रहेको छिमेकी मुलुकमध्येमा पर्छन् । जो दक्षिण एसियाका दुई ठूला आणविक शक्ति सम्पन्न राष्ट्रसमेत हुन् ।

तर भारत र पाकिस्तानको आपसी कटुताले सम्पूर्ण दक्षिण एसियाको विकास कतिपय अवस्थामा अवरुद्ध हुन पुगेको छ । हाल भारतमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको कुर्सीमा नरेन्द्र मोदी छन् ।

Advertisement

उता पाकिस्तानमा प्रधानमन्त्री शहबाज शरिफको यो दोस्रो कार्यकाल हो । भारत र पाकिस्तान विभाजित भएदेखि नै कटुताको प्रारम्भ भएको थियो । पाकिस्तान इस्लामिक गणतन्त्र भयो भने गणतन्त्र भारत धर्मनिरपेक्ष राष्ट्र भयो ।

हालका दिनहरूमा मोदीको शासनकालमा भारतले पनि क्रमशः धर्मनिरपेक्षतालाई त्याग्दै हिन्दुत्ववादी विचारलाई आत्मसात गरेको देखिन्छ । तर पछिल्लो चुनावी परिणामले त्यसमा केही धक्का दिएको छ ।

Advertisement

यस्तै १४ फेब्रुअरी २०१९ पुलवामा घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्त्य तनावपूर्ण बन्यो । जम्मु–कस्मिरको पुलवामा भएको आत्मघाती बम हमलामा भारतको केन्द्रीय सुरक्षा बलका ४० जवानको ज्यान गएको थियो ।

भारतले उक्त घटनामा पाकिस्तानको हात रहेको बताएको छ । यस्तै मोदी सरकारले जम्मु–कस्मिरको विशेषाधिकार खारेज गर्ने निर्णय गरेपछि पाकिस्तान भारतसँग थप चिढिन पुगेको हो । त्यसयता दुवै देशले मौकैपिच्छे एकअर्कालाई शब्दवाण हान्न चुकेका छैनन् ।

यसैबीच शुक्रबार मात्रै भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानसँग अब वार्ताको समय समाप्त भइसकेको टिप्पणीसमेत गरे । पाकिस्तानसँगको सम्बन्ध अब उसकै भाषामा निर्भर हुने पनि उनले प्रस्ट पारे ।

पाकिस्तानको हरेक सकारात्मक र नकारात्मक कुराको जवाफ उसकै भाषामा दिइने उनको भनाइ थियो । भारतका तर्फबाट पाकिस्तानका लागि यस्ता चेतावनीपूर्ण सन्देशहरु जारी भइरहँदा पाकिस्तानले भने यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो देशमा आथित्यता ग्रहण गर्न निमन्त्रणा पठाएको छ ।

खासमा अक्टोबरमा पाकिस्तानमा सांघाइ सहयोग संगठन (एससीओ) काउन्सिल अफ हेड्स अफ गभर्नमेन्ट (सीएचजी) को बैठक आयोजना हुँदैछ । त्यसैका लागि पाकिस्तानले भारतलाई निम्तो पठाएको हो ।

पाकिस्तान समाचार आउटलेटले साप्ताहिक समाचार ब्रिफिङका क्रममा पाकिस्तान विदेश कार्यालयका प्रवक्ता मुमताज जहरा बलुचलाई उद्धृत गर्दै पाकिस्तानले इस्लामाबादमा हुने आगामी सीएचजी बैठकका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत एससिओ सदस्य देशका सबै शासनाध्यक्षलाई निमन्त्रणा दिएको बताएको छ।

भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयसवालले शुक्रबारको साप्ताहिक मिडिया ब्रिफिङमा इस्लामाबादको निमन्त्रणा पुष्टि गर्दै विदेश मन्त्रालयसँग साझेदारी गर्न कुनै अपडेट नभएको बताए ।

‘हो, हामीलाई सीएचजीको बैठक (एससीओ बैठक) का लागि पाकिस्तानबाट निमन्त्रणा प्राप्त भएको छ, हामीसँग यसबारेमा कुनै अपडेट छैन, अवस्था के हो पछि थाहा पाउनेछौँ”, उनले भने ।

जियो न्युजको रिपोर्टअनुसार सीएचजीको ‘रोटेटिङ’ अध्यक्षता गरेको पाकिस्तानले यस वर्षको अक्टोबरमा इस्लामाबादमा एससिओ बैठकको आयोजना गर्दैछ । सांघाई सहयोग संगठठन सन् २००१ जुन १५ मा कजाकिस्तान, चीन, किर्गिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तानले स्थापना गरेको स्थायी अन्तरसरकारी अन्तर्राष्ट्रिय संगठन हो ।

एससीओमा भारत, इरान, कजाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, रुस, उज्बेकिस्तान र ताजिकिस्तानसहित नौ मुलुक सदस्य छन् । यसअघि मोदीले भने आफ्नो तेस्रो कार्यकालकालागि प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा पाकिस्तानका समकक्षि वा राष्ट्र प्रमुखलाई बोलाएका थिएनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top