बंगालको खाडी र तिब्बती बादल नेपालमा, देशैभर वर्षा ,

१५ भदौ ८१, आइतबार

१६ भदौ ,काठमाण्डौ।

मनसुनी प्रभावका कारण आज पनि देशका विभिन्न भागमा वर्षा भइरहेको छ । हाल कोशी र बागमती प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकीका एकदुई र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

Advertisement

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यसबीच रुपन्देहीको तिनाउ र चितवनको नारायणी नदी जलाधार क्षेत्रमा अत्यधिक वर्षा हुँदा नदी तटीय क्षेत्रमा जोखिम बढेको छ ।

चितवनको कल्याणपुरमा एक सय २८ दशमलव दुई मिलिमिटर, शक्तिपुरमा ९५ दशमलव आठ मिलिमिटर, रुपन्देहीको भवानीपुरमा ९५ दशमलव ६ मिलिमिटर र तिलोत्तमामा ८९ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । यस्तै बाढी पूर्वानुमान् महाशाखाले रुपन्देहीको तिनाउ र चितवनको नारायणी नदी जलाधार क्षेत्रका साना ठूला नदीहरुमा जोखिम रहेको भन्दै ‘रेडअलर्ट’ जारी गरेको छ ।

Advertisement

 चितवनमा भारी वर्षा भएको छ । चितवनको कल्याणपुर–माडी वर्षामापन केन्द्र र आसपासमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार थप वर्षा हुन सक्ने देखिएको छ । उता रुपन्देहीमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो तीन घण्टामा रुपन्देहीको भैरहवा र तिलोत्तमा वर्षामापन केन्द्र र आसपासमा भारी भएको छ ।

थप वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ । रोहीनी नदी र तिनाउ नदीमा बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुासर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित भएको छ । बादल पूर्वबाट पश्चिमतिर सरिरहेको छ । त्यसको असरले आज देशभर नै वर्षा भइरहेको हो ।त्यसको प्रभाव क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ ।

कतिपय स्थानमा अति भारी वर्षा रेकर्ड भएको हो । वर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले पहिरो गइरहने नारायणगढ–मुग्लिन सडकखण्डमा उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ भए पनि बंगालको खाडीमा विकसित चक्रवातको बाहिरी घेराका बादल तथा तिब्बत तर्फबाट पनि बादल नेपालमा आएकाले वर्षा भइरहेको छ ।

‘एउटा चक्रवात अरेबियन सीबाट पश्चिम तिर गइसकेको छ तर बंगालको खाडीमा बनेको डिप्रेसन जमिनभित्र छिरे पनि त्यसको सबैभन्दा बाहिरी घेराको बादल नेपालसम्म आएको छ,’ मौसमविद मानन्धरले भनिन्, ‘चीन तिरबाट पनि ट्रिगर भएर आइराखेको छ । त्यसैले बादल बन्ने र वर्षा हुने प्रणाली अनुकूल भएर पानी परेको अवस्था छ ।’

मनसुनी वायु पूर्वबाट पश्चिमतिर बहने भएकाले अहिले विकसित भएको वर्षा गराउने बादल पनि पश्चिमतिर सरिरहेको छ । उनका अनुसार आज दिनभरी नै पानी पर्ने, एकछिन रोकिने र फेरि पानी पर्ने अवस्था हुनेछ । आज दिउँसो र रातिमा पनि वर्षाको सम्भावना छ । भोलि (सोमबार) भने आजको तुलनामा कम वर्षा हुने पूर्वानुमान छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top