×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘आइजिपीको जिब्रो थुत्नुपर्ने’ भन्दै अभिव्यक्ति दिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस सांसदको माग

१८ भाद्र २०८१

१८ भदौ, विराटनगर ।

नेपाल प्रहरीका आइजिपीको ‘जिब्रो थुत्नुपर्ने’ भन्दै अराजक अभिव्यक्ति दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्नुपर्ने माग उठ्न थालेको छ ।

Advertisement
Advertisement

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरप्रति लक्षित हुँदै आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

गत शनिबार प्रेस चौतारी नेपाल गण्डकीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले ‘आइजिपीको जिब्रो थुत्नुपर्ने भन्दै अभिव्यक्ति दिएका थिए । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङको अभिव्यक्ति विवादित बनेको थियो ।

उनले भनेका थिए, ‘अस्ति प्रहरीको आइजिपीले के भन्यो? म लागू नै गर्दिनँ हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरि ।’

गुरुङको यही अभिव्यक्तिलाई लिएर चर्चा भइरहँदा नेकपा एमालेका प्रतिनिधिसभा सदस्यसमेत रहेका उनलाई अहिले आफ्नै अभिव्यक्ति ‘गलपासो’ बनेको छ । आइजिपी कुँवरले भने मन्त्री गुरुङको अभिव्यक्तिलाई लिएर कुनै प्रतिक्रिया दिएका छैनन् ।

तर, सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद शंकर भण्डारीले भने उनलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।

नेता भण्डारी प्रेस विज्ञप्ति जारी गर्दै एमाले नेतासमेत रहेका मन्त्री गुरुङलाई पदबाट बर्खास्त गर्न माग गरेका हुन् । ‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त गरेकोमा त्यसको घोर भत्र्सना गर्दै प्रधानमन्त्रीले मन्त्री गुरुङलाई बर्खास्त गर्न आह्वान गर्दछु,’ भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अभिव्यक्तिको कारण शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा त्यसको जिम्मेवारी स्वयं सरकार र प्रधानमन्त्री हुने कुरा व्यक्त गर्न चाहन्छु ।’

भण्डारीले सरकारमा भएका वा जिम्मेवार व्यक्तिले सत्य तथ्य बंग्याएर समाजमा वितृष्णा फैलाउने र पार्टी पार्टीबीच सम्बन्ध बिगार्ने कार्य नगर्न पनि अनुरोध गरेका छन् । सञ्चारमन्त्री गुरुङको अभिव्यक्ति विवादित बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गुरुङलाई सार्वजनिक रूपमा बोल्दा विचार पुर्‍याउन निर्देशन दिएका थिए ।

मन्त्री गुरुङलाई प्रधानमन्त्रीले बोल्दा भाषा प्रयोगमा ख्याल गर्न निर्देशन दिएका हुन् । विवादित अभिव्यक्ति दिएका मन्त्री गुरुङले पनि प्रधानमन्त्रीको निर्देशनलाई आफूले पालना गर्ने बताएका छन् ।

‘मैले सन्दर्भवस् बोलेको कुराले अहिले तरंग पैदा गरेको छ । यस विषयमा प्रधानमन्त्रीले पनि चासो राख्नुभयो,’ सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा गुरुङले भनेका थिए, ‘मैले उहाँलाई सबै सन्दर्भ बताएँ । उहाँले तपाईं सरकारको प्रवक्ता हुनुहुन्छ । बोल्दाखेरी विवादमा आउनेखालको भाषा प्रयोग नगर्नूस् । हरेक कुरामा लामो लामो बोल्ने बानी छ, छोटो बोल्ने गर्नूस् भन्नुभयो । मैले त्यसलाई स्वीकार गरेँ ।’

Advertisement
Advertisement

आफूलाई प्रधानमन्त्रीले सोधपुछ गरी सचेत गराएको र सुझाव दिएको जानकारी दिँदै उनले आफूले पनि अब बोल्दा बिचार पुर्‍याउने बताएका छन् ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top