बालेनले एमाले सांसदबारे फेसबुकमा लेखेको पोस्ट हटाए, इन्स्टाग्रामबाट भने हटेन !

१८ भदौ, विराटनगर ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले सामाजिक मिडिया फेसबुकमा लेखेको पोस्ट डिलिट गरेका छन् । आइतबार (अस्ति) बालेनले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माको तस्बिरसहित पोस्ट राखेका थिए ।

उक्त पोस्टमा शर्माले आठ वर्षदेखि घरेलु कामदार राखेर हिंसा गरेको बालेनले उल्लेख गरेका थिए । तर, अहिले उक्त पोस्ट फेसबुकबाट डिलिट गरिएको छ भने इन्टाग्राममा भने कायमै छ ।