Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /var/www/html/wp-includes/functions.php on line 6131 बालेनको फेसबुक स्ट्याटस डिलिट भएपछि चपेटामा परे ओली - NepalTimes

NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Вопрос-автоответ РУП «Белорусские лотереи» मङ्लबार माघ ६ , २०८२
MELBET Ставки на спорт онлайн मङ्लबार माघ ६ , २०८२
Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией मङ्लबार माघ ६ , २०८२
Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция मङ्लबार माघ ६ , २०८२
1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

बालेनको फेसबुक स्ट्याटस डिलिट भएपछि चपेटामा परे ओली

बुधबार भदौ १९ , २०८१
Reading Time: 1 min read
A A
रिसाए बालेनका समर्थक, फेसबुकमा ५२ हजारले गरे ओलीलाई ‘अनफलो’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ भदौ , काठमाण्डौ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का समर्थकहरू मंगलबार दिउँसोदेखि ठूला दलका नेताप्रति रुष्ट छन् । स्वतन्त्र मेयर बालेनको कार्यशैलीप्रति ठूला दलका नेताहरूले विभिन्न तबरबाट ‘हमला’ गरेको आरोपसहित रुष्ट बनेका बालेन समर्थकले सामाजिक सञ्जालमा अनफलो गर्ने अभियान नै चलाएका छन् । यसको चपेटामा सबैभन्दा बढी प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली परेका छन् ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसकै गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेसबुक पेजमा पनि अनफलो गर्ने उनीहरूको अभियान अझै कायम छ । मंगलबार दिउँसोदेखि फेसबुकका विभिन्न ग्रुपहरूमा नेताहरूलाई अनफलो गर्ने अभियान चलिरहँदा उनीहरूको फेसबुक फलोअर्स ह्वात्तै घटेका छन् ।

LS Auto

मंगलबार बालेनले सामाजिक सञ्जालमार्फत् सरकारकै सम्लग्नतामा आफ्नो पोस्ट डिलेट गरेको आसयसहितको जानकारी दिएपछि क्रुर बनेका उनका समर्थकहरूले अनफलो अभियान चलाउँदा ओलीको फेसबुकमा फलोअरहरू ह्वात्तै घटेका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीका फेसबुकमा झन्डै ६ लाख ६६ हजार फलोअर्स थिए ।

यो समाचार तयार पार्दासम्म बुधबार बिहान ११ बजेसम्मको अवधिमा उनको फलोअर घटेर ५ लाख ९७ हजारमा झरेको छ । विशेषतः काठमाडौं महानगरपालिकाका मेयर शाहको फेसबुक स्ट्याटसलाई लिएर ओलीका फलोअर्स घटेका हुन् ।बालेनले बालबालिकासम्बन्धी कसूर गरेको आरोप लागेकी एमालेकी प्रदेश सांसद रेखाकुमारी शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई फेसबुकमार्फत दबाब दिएका थिए ।

सो पोष्ट एमालेका कार्यकर्ताले रिपोर्ट हानेपछि डिलिट भएको बताइएको छ । मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्ट्याटस हटाइएको दाबीसहितको पोस्ट गरेका थिए । उनले सरकारकै संलग्नतामा आफ्नो स्ट्याटस हटाइएको संकेत गरेका छन् । आफ्नो फेसबुक पोस्ट् डिलिट भएपछि बालेनले लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ ।’

यसअघि बालेनले सांसद शर्माले एक बालिकालाई सात वर्षदेखि श्रम शोषण गरेको र यातनासमेत दिएको आरोप लगाएका थिए । उक्त स्ट्याटसको एमाले कार्यकर्ताले प्रतिवाद गरे । उनीहरूले सर्वोच्च अदालतको आदेशको हवाला दिँदै शर्माले ती बालिकालाई संरक्षण गरेको र ३ कक्षादेखि पढाएको दाबी गरेका छन् । एमाले पङ्तिको यो प्रतिवादपछि बालेनले त्यसको जवाफसहित अर्को स्ट्याटस लेखे ।

उनले सर्वोच्चको फैसलाको आधा पाठ मात्रै ल्याएर भ्रम छर्न खोजिएको आरोप लगाएका छन् । सांसद शर्माको घरमा बसेकी बालिकाले ८ वर्षदेखि बाबुआमा नभेटेको, उनीमाथि कुटपिट गरिएको, अत्यधिक श्रम गराइएको अवस्थामा महानगरले उद्दार गरेको उनको भनाइ छ । उच्च अदालतको अन्तिम फैसलाले शर्मामाथि अनुसन्धान गर्ने बाटो खोलेको बालेनले बताएका छन् ।

बालेनले लेखेका छन्, ‘प्रधानमन्त्री खडक प्रसाद ओली ज्यु तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला ।’ मेयर शाहका यी दुवै स्ट्याटस तत्कालै भाइरल भएका थिए । हजारौँले लाइक कमेन्ट र सेयर गरेका छन् ।

तर, अघिल्लो दिनको स्ट्याटस भने एकाएक उनको टाइमलाइनबाट हटेको छ । बालेनले यही स्ट्याटस इन्टाग्राममा पनि राखेका थिए । इन्स्टाग्रामबाट भने स्टाटस हटेको छैन् । डिलिट हुनुअघि बालेनको उक्त स्टाटसलाई बीसौं हजारले सेयर गरेका थिए । अधिकांशले उनलाई समर्थन गर्दै कमेन्ट गरेका थिए ।

डिलिट भएको स्ट्याटस उनले लेखेका थिए, उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , उहाँले बिगत ८ वर्ष देखि बन्दी बनाएर , एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ । दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगरले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।

उनले थप लेखेका छन्, सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु , सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहीको आँशु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ??

मेयर बालेनले उक्त स्ट्याटस माइक्रो ब्लगिङ साइट एक्समा पनि राखेका थिए। एक्समा पनि सो स्ट्याटस यथावत नै रहेको छ । फेसबुक पोस्ट डिलिट भएपछि बालेन समर्थकहरूले प्रधानमन्त्री ओलीको फेसबुक अनफलो अभियान चलाएर विरोध गरेका हुन् । त्यो रिसमा ठूला दलका अरू नेताहरू पनि परेका हुन् ।

अनफलो अभियानपछि शेरबहादुर देउवाका २ लाख ६५ हजार फलोअर्समा झरेका छन् । यस्तै प्रचण्डका ५ लाख ७१ हजार र गगन थापाका ५ लाख ३१ हजार फलोअर्स रहेका छन् । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरुका फलोअर्स घटिरहेका बेला बालेनका फलोअर्स भने बढेका छन् । उनका फलोअर्स अहिले २ दशमलव १ मिलियन अर्थात २१ लाख रहेका छन् ।

यता प्रधानमन्त्रीका फलोअर्स घटेपछि एमाले नेता कार्यकर्ताहरुले ओलीको आधिकारिक फेसबुक पेज भन्दै आआफ्ना सामाजिक संजालहरुबाट लिंक सार्वजनिक गरिरहेका छन् । एमाले महासचिव शंकर पोखरेलले समेत प्रधानमन्त्री ओलीको आधिकारिक फेसबुक पेज भन्दै लिंक शेयर गरेका छन् ।

Tags: #बालेनको फेसबुक स्ट्याटस#चपेटामा परे ओली#ओलीलाई अनफलो अभियान

लोकप्रीय

Вопрос-автоответ РУП «Белорусские лотереи»

मङ्लबार माघ ६ , २०८२

MELBET Ставки на спорт онлайн

मङ्लबार माघ ६ , २०८२

Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией

मङ्लबार माघ ६ , २०८२

विचार

Вопрос-автоответ РУП «Белорусские лотереи»

मङ्लबार माघ ६ , २०८२

MELBET Ставки на спорт онлайн

मङ्लबार माघ ६ , २०८२

Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Вопрос-автоответ РУП «Белорусские лотереи»

मङ्लबार माघ ६ , २०८२
Мелбет

MELBET Ставки на спорт онлайн

मङ्लबार माघ ६ , २०८२
Мелбет

Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Вопрос-автоответ РУП «Белорусские лотереи»

मङ्लबार माघ ६ , २०८२

MELBET Ставки на спорт онлайн

मङ्लबार माघ ६ , २०८२

Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.