बालेनको फेसबुक स्ट्याटस डिलिट भएपछि चपेटामा परे ओली

१८ भदौ ८१, बुधबार

१९ भदौ , काठमाण्डौ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का समर्थकहरू मंगलबार दिउँसोदेखि ठूला दलका नेताप्रति रुष्ट छन् । स्वतन्त्र मेयर बालेनको कार्यशैलीप्रति ठूला दलका नेताहरूले विभिन्न तबरबाट ‘हमला’ गरेको आरोपसहित रुष्ट बनेका बालेन समर्थकले सामाजिक सञ्जालमा अनफलो गर्ने अभियान नै चलाएका छन् । यसको चपेटामा सबैभन्दा बढी प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली परेका छन् ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसकै गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेसबुक पेजमा पनि अनफलो गर्ने उनीहरूको अभियान अझै कायम छ । मंगलबार दिउँसोदेखि फेसबुकका विभिन्न ग्रुपहरूमा नेताहरूलाई अनफलो गर्ने अभियान चलिरहँदा उनीहरूको फेसबुक फलोअर्स ह्वात्तै घटेका छन् ।

मंगलबार बालेनले सामाजिक सञ्जालमार्फत् सरकारकै सम्लग्नतामा आफ्नो पोस्ट डिलेट गरेको आसयसहितको जानकारी दिएपछि क्रुर बनेका उनका समर्थकहरूले अनफलो अभियान चलाउँदा ओलीको फेसबुकमा फलोअरहरू ह्वात्तै घटेका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीका फेसबुकमा झन्डै ६ लाख ६६ हजार फलोअर्स थिए ।

यो समाचार तयार पार्दासम्म बुधबार बिहान ११ बजेसम्मको अवधिमा उनको फलोअर घटेर ५ लाख ९७ हजारमा झरेको छ । विशेषतः काठमाडौं महानगरपालिकाका मेयर शाहको फेसबुक स्ट्याटसलाई लिएर ओलीका फलोअर्स घटेका हुन् ।बालेनले बालबालिकासम्बन्धी कसूर गरेको आरोप लागेकी एमालेकी प्रदेश सांसद रेखाकुमारी शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई फेसबुकमार्फत दबाब दिएका थिए ।

सो पोष्ट एमालेका कार्यकर्ताले रिपोर्ट हानेपछि डिलिट भएको बताइएको छ । मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्ट्याटस हटाइएको दाबीसहितको पोस्ट गरेका थिए । उनले सरकारकै संलग्नतामा आफ्नो स्ट्याटस हटाइएको संकेत गरेका छन् । आफ्नो फेसबुक पोस्ट् डिलिट भएपछि बालेनले लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ ।’

यसअघि बालेनले सांसद शर्माले एक बालिकालाई सात वर्षदेखि श्रम शोषण गरेको र यातनासमेत दिएको आरोप लगाएका थिए । उक्त स्ट्याटसको एमाले कार्यकर्ताले प्रतिवाद गरे । उनीहरूले सर्वोच्च अदालतको आदेशको हवाला दिँदै शर्माले ती बालिकालाई संरक्षण गरेको र ३ कक्षादेखि पढाएको दाबी गरेका छन् । एमाले पङ्तिको यो प्रतिवादपछि बालेनले त्यसको जवाफसहित अर्को स्ट्याटस लेखे ।

उनले सर्वोच्चको फैसलाको आधा पाठ मात्रै ल्याएर भ्रम छर्न खोजिएको आरोप लगाएका छन् । सांसद शर्माको घरमा बसेकी बालिकाले ८ वर्षदेखि बाबुआमा नभेटेको, उनीमाथि कुटपिट गरिएको, अत्यधिक श्रम गराइएको अवस्थामा महानगरले उद्दार गरेको उनको भनाइ छ । उच्च अदालतको अन्तिम फैसलाले शर्मामाथि अनुसन्धान गर्ने बाटो खोलेको बालेनले बताएका छन् ।

बालेनले लेखेका छन्, ‘प्रधानमन्त्री खडक प्रसाद ओली ज्यु तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला ।’ मेयर शाहका यी दुवै स्ट्याटस तत्कालै भाइरल भएका थिए । हजारौँले लाइक कमेन्ट र सेयर गरेका छन् ।

तर, अघिल्लो दिनको स्ट्याटस भने एकाएक उनको टाइमलाइनबाट हटेको छ । बालेनले यही स्ट्याटस इन्टाग्राममा पनि राखेका थिए । इन्स्टाग्रामबाट भने स्टाटस हटेको छैन् । डिलिट हुनुअघि बालेनको उक्त स्टाटसलाई बीसौं हजारले सेयर गरेका थिए । अधिकांशले उनलाई समर्थन गर्दै कमेन्ट गरेका थिए ।

डिलिट भएको स्ट्याटस उनले लेखेका थिए, उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , उहाँले बिगत ८ वर्ष देखि बन्दी बनाएर , एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ । दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगरले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।

उनले थप लेखेका छन्, सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु , सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहीको आँशु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ??

मेयर बालेनले उक्त स्ट्याटस माइक्रो ब्लगिङ साइट एक्समा पनि राखेका थिए। एक्समा पनि सो स्ट्याटस यथावत नै रहेको छ । फेसबुक पोस्ट डिलिट भएपछि बालेन समर्थकहरूले प्रधानमन्त्री ओलीको फेसबुक अनफलो अभियान चलाएर विरोध गरेका हुन् । त्यो रिसमा ठूला दलका अरू नेताहरू पनि परेका हुन् ।

अनफलो अभियानपछि शेरबहादुर देउवाका २ लाख ६५ हजार फलोअर्समा झरेका छन् । यस्तै प्रचण्डका ५ लाख ७१ हजार र गगन थापाका ५ लाख ३१ हजार फलोअर्स रहेका छन् । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरुका फलोअर्स घटिरहेका बेला बालेनका फलोअर्स भने बढेका छन् । उनका फलोअर्स अहिले २ दशमलव १ मिलियन अर्थात २१ लाख रहेका छन् ।

यता प्रधानमन्त्रीका फलोअर्स घटेपछि एमाले नेता कार्यकर्ताहरुले ओलीको आधिकारिक फेसबुक पेज भन्दै आआफ्ना सामाजिक संजालहरुबाट लिंक सार्वजनिक गरिरहेका छन् । एमाले महासचिव शंकर पोखरेलले समेत प्रधानमन्त्री ओलीको आधिकारिक फेसबुक पेज भन्दै लिंक शेयर गरेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top