NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

ममता बेपत्ता प्रकरण : न्याय माग्दै प्रहरी कार्यालयमा उभिन्छन् समर्थक

बुधबार भदौ १९ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
ममता बेपत्ता प्रकरण : न्याय माग्दै प्रहरी कार्यालयमा उभिन्छन् समर्थक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ भदौ, विराटनगर ।

काभ्रेको पनौती घर भई अमेरिकाको भर्जिनिया बस्दै आएकी २८ वर्षीया ममता काफ्ले हराएको एक महिना बितिसकेको छ । अहिलेसम्म शव फेला पार्न नसकेको अमेरिकी प्रहरीले नेपाली नर्स ममता बेपत्ता प्रकरणमा अनुसन्धान गरिरहेको छ । सँगसँगै विभिन्न स्थानमा उनको शव खोजतलास गर्ने कामलाई पनि निरन्तरता दिएको छ ।

गत अगस्ट १ तारिखदेखि हराएकी ममताको न्यायका लागि अझै पनि उनका साथी र समर्थकले शान्तिपूर्वक प्रदर्शन गरिरहेका छन् । उनीहरू मनासस पार्क प्रहरी स्टेसनमा नियमित भेला भएर ‘ममतालाई न्याय दिइनुपर्छ’ भन्ने होडिङ बोर्ड साथमा पनि उभिन्छन् । नेपाली समुदाय र ममताका साथीहरूले कि, सास कि त लास फेला पार्न प्रहरीलाई दबाब दिइरहन्छन् ।

Advertisement

‘हामी ममता बेपत्ता प्रकरणको अपडेटका लागि आतुर छौं,’ मंगलबार (हिजो) नेपाली समुदायकी प्रभा भट्टराई देउजा भनेकी छन्, ‘हामीलाई थाहा छ, प्रहरी अधिकारीले कडा मेहनत गरिरहेका छन् । तर, जेसुकै होस्, हामी ममतालाई घरमा फिर्ता ल्याउन चाहन्छौं ।’

ममताकी पूर्वसहकर्मी होली वर्थ भन्छिन्, ‘ममताको खोजीकार्य नरोकियोस् भन्नका लागि हामी परिवारका सदस्यहरूका साथ भेला भएका हौं । ममता भेटिइनुपर्छ, उनका परिवारले न्याय पाउनुपर्छ ।’

डिएमभी नेपाली समूहका नेतृत्वकर्ता ज्याक तिवारीले भने ममताको खोजीका लागि प्रहरी अधिकारीहरूलाई निरन्तर दबाब दिइरहेको सुनाए । एक साताअघि नेपालबाट अमेरिका पुगेका ममताकी आमा र ममताका भाइ त्यहाँका नेपालीको शरणमा बसिरहेका छन् । तर, अंग्रेजी बोल्न नआउँदा उनीहरूले स्थानीय पत्रकारहरूसँग कुरा गर्न नपाएको तिवारी बताउँछन् ।

‘हजुरआमाको हेरचाह पाएर ममता र नरेशकी एक वर्षीया छोरी ठिक छिन्,’ तिवारीले भनेका छन् ।

‘मिनी ममता’ नाम दिइएकी ती नाबालिकालाई आर्थिक रूपमा सहयोग गर्न ‘गो फन्ड मी’ मार्फत दुई लाख ३८ हजार २३७ अमेरिकी डलर (तीन करोड १९ लाख रुपैयाँ) संकलन गरिएको तिवारीले जानकारी दिए । जसमध्ये ३३ लाख रुपैयाँ भने ममताको परिवारका सदस्यहरूको यातायात, बसाइ र अमेरिकी अदालतमा खर्च गरिने बताइएको छ ।

मनासस पार्क र प्रिन्सी विलियम काउन्टी प्रहरीले गत शुक्रबार सिग्नल हिल पार्कमा केही घण्टा लगाएर प्रमाण खोजी गरेको थियो । मनासस पार्क प्रहरीका प्रमुख मारियो लुगोका अनुसार ममताको हत्या भएको बलियो प्रमाण कोर्टमा पेस गरिएको भए पनि शव भने अझै फेला पार्न सकिएको छैन ।

यता, प्रहरीले ममताको शव लुकाएको आरोपमा पक्राउ परेका श्रीमान् नरेशदत्त भट्टलाई बिहीबार पुनः अदालत पेस गर्दै छ । ग्रान्ड जुरीसमेत रद्द गर्न न्यायाधीशसमक्ष अनुरोध गर्दै नरेशका वकिलबाट दायर गरिएको मोसनका सन्दर्भमा बिहीबार सुनुवाइ हुन लागेको हो ।

३७ वर्षीय नरेशलाई बिहीबार बिहान स्थानीयसमयअनुसार १० बजेका लागि सुनुवाइमा उपस्थित गराइने भएको हो । अक्टोबर २४ का लागि तोकिएको प्रारम्भिक सुनुवाइ रद्द गर्न नरेश पक्षबाट दायर गरिएको मोसन गत अगस्ट २९ मा अदालतले स्वीकार गरेपछि अक्टोबर ७ का लागि ग्रान्ड जुरी तोकिएको छ ।

प्रिन्स विलियम काउन्टी जुडिसियल सेन्टरको कोर्टरुम २ मा त्यस दिन बिहान पौने ९ बजेका लागि ग्रान्ड जुरी तय भएको हो । यसपछि अक्टोबर ८ का लागि कोर्टरुम ४ मा अर्को सुनुवाइ तोकिएको छ । तर ग्रान्ड जुरी रद्दको माग गरिएको मोसन पनि अदालतले स्वीकार गरेको खण्डमा मुद्दा अझ छिटो प्रक्रियामा जानेछ ।

गत अगस्ट २९ को सुनुवाइमा पनि नरेशलाई अदालत उपस्थित गराइएको थियो । त्यस दिन नरेश पक्षले अदालती प्रक्रियालाई गति दिन प्रारम्भिक सुनुवाइ रद्द गर्न प्रस्ताव गरेको थियो । यसलाई अदालतले स्वीकार गरेपछि मुद्दा सीधै अर्को चरण अर्थात् ग्रान्ड जुरी सुनुवाइमा प्रवेश गरेको हो ।

Tags: #ममता काफ्ले #नरेश भट्ट

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.