×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

ममता बेपत्ता प्रकरण : न्याय माग्दै प्रहरी कार्यालयमा उभिन्छन् समर्थक

१९ भाद्र २०८१

१९ भदौ, विराटनगर ।

काभ्रेको पनौती घर भई अमेरिकाको भर्जिनिया बस्दै आएकी २८ वर्षीया ममता काफ्ले हराएको एक महिना बितिसकेको छ । अहिलेसम्म शव फेला पार्न नसकेको अमेरिकी प्रहरीले नेपाली नर्स ममता बेपत्ता प्रकरणमा अनुसन्धान गरिरहेको छ । सँगसँगै विभिन्न स्थानमा उनको शव खोजतलास गर्ने कामलाई पनि निरन्तरता दिएको छ ।

Advertisement
Advertisement

गत अगस्ट १ तारिखदेखि हराएकी ममताको न्यायका लागि अझै पनि उनका साथी र समर्थकले शान्तिपूर्वक प्रदर्शन गरिरहेका छन् । उनीहरू मनासस पार्क प्रहरी स्टेसनमा नियमित भेला भएर ‘ममतालाई न्याय दिइनुपर्छ’ भन्ने होडिङ बोर्ड साथमा पनि उभिन्छन् । नेपाली समुदाय र ममताका साथीहरूले कि, सास कि त लास फेला पार्न प्रहरीलाई दबाब दिइरहन्छन् ।

‘हामी ममता बेपत्ता प्रकरणको अपडेटका लागि आतुर छौं,’ मंगलबार (हिजो) नेपाली समुदायकी प्रभा भट्टराई देउजा भनेकी छन्, ‘हामीलाई थाहा छ, प्रहरी अधिकारीले कडा मेहनत गरिरहेका छन् । तर, जेसुकै होस्, हामी ममतालाई घरमा फिर्ता ल्याउन चाहन्छौं ।’

ममताकी पूर्वसहकर्मी होली वर्थ भन्छिन्, ‘ममताको खोजीकार्य नरोकियोस् भन्नका लागि हामी परिवारका सदस्यहरूका साथ भेला भएका हौं । ममता भेटिइनुपर्छ, उनका परिवारले न्याय पाउनुपर्छ ।’

डिएमभी नेपाली समूहका नेतृत्वकर्ता ज्याक तिवारीले भने ममताको खोजीका लागि प्रहरी अधिकारीहरूलाई निरन्तर दबाब दिइरहेको सुनाए । एक साताअघि नेपालबाट अमेरिका पुगेका ममताकी आमा र ममताका भाइ त्यहाँका नेपालीको शरणमा बसिरहेका छन् । तर, अंग्रेजी बोल्न नआउँदा उनीहरूले स्थानीय पत्रकारहरूसँग कुरा गर्न नपाएको तिवारी बताउँछन् ।

‘हजुरआमाको हेरचाह पाएर ममता र नरेशकी एक वर्षीया छोरी ठिक छिन्,’ तिवारीले भनेका छन् ।

‘मिनी ममता’ नाम दिइएकी ती नाबालिकालाई आर्थिक रूपमा सहयोग गर्न ‘गो फन्ड मी’ मार्फत दुई लाख ३८ हजार २३७ अमेरिकी डलर (तीन करोड १९ लाख रुपैयाँ) संकलन गरिएको तिवारीले जानकारी दिए । जसमध्ये ३३ लाख रुपैयाँ भने ममताको परिवारका सदस्यहरूको यातायात, बसाइ र अमेरिकी अदालतमा खर्च गरिने बताइएको छ ।

मनासस पार्क र प्रिन्सी विलियम काउन्टी प्रहरीले गत शुक्रबार सिग्नल हिल पार्कमा केही घण्टा लगाएर प्रमाण खोजी गरेको थियो । मनासस पार्क प्रहरीका प्रमुख मारियो लुगोका अनुसार ममताको हत्या भएको बलियो प्रमाण कोर्टमा पेस गरिएको भए पनि शव भने अझै फेला पार्न सकिएको छैन ।

यता, प्रहरीले ममताको शव लुकाएको आरोपमा पक्राउ परेका श्रीमान् नरेशदत्त भट्टलाई बिहीबार पुनः अदालत पेस गर्दै छ । ग्रान्ड जुरीसमेत रद्द गर्न न्यायाधीशसमक्ष अनुरोध गर्दै नरेशका वकिलबाट दायर गरिएको मोसनका सन्दर्भमा बिहीबार सुनुवाइ हुन लागेको हो ।

३७ वर्षीय नरेशलाई बिहीबार बिहान स्थानीयसमयअनुसार १० बजेका लागि सुनुवाइमा उपस्थित गराइने भएको हो । अक्टोबर २४ का लागि तोकिएको प्रारम्भिक सुनुवाइ रद्द गर्न नरेश पक्षबाट दायर गरिएको मोसन गत अगस्ट २९ मा अदालतले स्वीकार गरेपछि अक्टोबर ७ का लागि ग्रान्ड जुरी तोकिएको छ ।

प्रिन्स विलियम काउन्टी जुडिसियल सेन्टरको कोर्टरुम २ मा त्यस दिन बिहान पौने ९ बजेका लागि ग्रान्ड जुरी तय भएको हो । यसपछि अक्टोबर ८ का लागि कोर्टरुम ४ मा अर्को सुनुवाइ तोकिएको छ । तर ग्रान्ड जुरी रद्दको माग गरिएको मोसन पनि अदालतले स्वीकार गरेको खण्डमा मुद्दा अझ छिटो प्रक्रियामा जानेछ ।

Advertisement

गत अगस्ट २९ को सुनुवाइमा पनि नरेशलाई अदालत उपस्थित गराइएको थियो । त्यस दिन नरेश पक्षले अदालती प्रक्रियालाई गति दिन प्रारम्भिक सुनुवाइ रद्द गर्न प्रस्ताव गरेको थियो । यसलाई अदालतले स्वीकार गरेपछि मुद्दा सीधै अर्को चरण अर्थात् ग्रान्ड जुरी सुनुवाइमा प्रवेश गरेको हो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top