ओली भर्सेस बालेनः कसले चलायो अनफलो अभियान ?

१८ भदौ ८१, बुधबार

१९ भदौ , काठमाण्डौ ।

सामाजिक संजाल फेसबुकमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले गरेको पोष्ट हटेपछि उनका समर्थकहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनफलो गर्ने अभियानमा जुटेका छन् । नेपाल टाइम्स अनलाइन समाचारमा हामी अनफलोको क्रम अझै नरोकिएको र यो अभियान कसले चलाईरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजका ‘फलोअर्स’ संख्या मंगलबार साँझबाट एकाएक घट्दै छ । त्यो क्रम अझै रोकिएको छैन् । प्रधानमन्त्री ओलीका मंगलबारसम्म फेसबुक फलोअर्स ६ लाख ६६ हजार थिए । तर यो समाचार तयार पार्दासम्म फलोअर्स संख्या घटेर ५ लाख ९१ हजारमा झरेको छ ।

Advertisement

देशका प्रधानमन्त्रीको फलाअर्स लगातार घटिरहेपछि यो अभियान कसरी चल्यो ? र कसले चलाइरहेको छ ? भन्ने चासो ब्यापक बढेको छ । यो अभियान भने बालेनको प्रधानमन्त्री ओली लक्षित स्ट्याटस र त्यही स्ट्याटस फेसबुकबाट हटेको विषयसँग जोडिएको छ । बालशोषण गरेको अभियोगमा अदालतले अनुशन्धान गर्नु भनेको ब्यक्तिलाई पक्राउ गरी कारबाही नगरेको भन्दै मेयर बालेनले आइतबार फेसबुकमा एमाले प्रदेश सभा सांसद रेखा शर्मालाई पक्राउ किन नगरेको भन्दै एउटा पोष्ट गरेका थिए ।

प्रदेश सांसद शर्माको फोटोसहितको पोस्ट गरेका बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए । “उहाँले एकजना नाबालिकालाई आठ वर्षसम्म घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ । दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ । महानगरले विगत दुई महिनादेखि कारबाही गर्न भन्दा पनि यो सरकारले समातेको छैन,” बालेनले लेखेका थिए ।

उनले अगाडि थपेका छन्, ‘‘सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंका सांसद रेखा शर्मालाई बालशोषण गरेको मुद्दा समाउन भन्छ ? कहिले समाउने कि नसमाउने ?’’ यो बालेनको पोष्टपछि सामाजिक सञ्जालमा ‘एमाले भर्सेस बालेन’ देखियो । एमालेको भातृसंगठन अनेरास्ववियूका अध्यक्ष समिक बडाल बालेनको विरोधमा उत्रिए । बालेनले रेखा शर्माको विषयलाई तोडमोड गरेको उनले आरोप लगाए । उनले बालेनलाई भारतीय गुप्तचरको सम्पर्कमा रहेर काम गरिरहेको सम्मका गम्भिर आरोप समेत लगाए ।

यही बीच बालेनले एउटा अर्को स्टाटस लेखे । मेयर बालेनले सोमबार रेखा शर्माले बालकालिकाको शोषण गरेको भन्दै आफ्नो फेसबुकमा लेखे, “बालिकाले त्यहाँ आएदेखि नै विगत आठ वर्षदेखि आफ्नो जैविक बाबुआमा नभेटेको, घरमा पोछा लगाउने, करेसाबारीमा काम गर्ने, खाना पकाउनेलगायत काम गर्नुपर्ने, केही काम बिगार्दा घरधनी रेखा कुमारी शर्माले लट्ठी र पाइपले पिट्ने गरेको, तेरो मुख जलाइदिन्छु भनी धम्की दिने गरेको भन्ने खुल्न आयो ।”

त्याहा पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै बालेनले लेखे छन्, “प्रधानमन्त्री खडगप्रसाद ओलीज्यू, तपाईं आफ्ना कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरुको इशारामा चल्ने हुनुपर्ला ।” यो पोष्टपछि एमाले समर्थकहरू झनै आक्रोशित भए ।

यहीबीचमा मंगलबार बालेनको फेसबुकबाट शर्मालाई किन पक्राउ नगरेको भन्दै ओलीलाई प्रश्न गरिएको पोष्ट हट्यो । त्यसपछि ‘पोष्ट उडाउने होइन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ,’ भनेर मंगलबार साझ बालेनले फेसबुकमा स्ट्याटस लेखेपछि सामाजिक सञ्जालमा सुरु भयो प्रधानमन्त्रीको फेसबुकबाट फलोअर्स घटाउने अभियान ।

यो अभियानमा सबैभन्दा अघि बालेनलाई मेयरमा चुनाव जिताउन भूमिका खेलेको मेन्स रुम रिलोडेड (एमआरआर) ग्रुप नै सक्रिय रहेको बताइन्छ । यो ग्रुपमा २ लाख ३२ हजार फलोअर्स रहेका छन् । दुई वर्षअघि परराष्ट्रमन्त्री रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाले समेत बालेनलाई रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेजले सहयोग गरेको भन्दै सामाजिक सञ्जालको शक्तिको उदाहरण प्रस्तुत गरेकी थिइन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top