NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

ओली भर्सेस बालेनः कसले चलायो अनफलो अभियान ?

बुधबार भदौ १९ , २०८१
Reading Time: 1 min read
A A
रिसाए बालेनका समर्थक, फेसबुकमा ५२ हजारले गरे ओलीलाई ‘अनफलो’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१९ भदौ , काठमाण्डौ ।

सामाजिक संजाल फेसबुकमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले गरेको पोष्ट हटेपछि उनका समर्थकहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनफलो गर्ने अभियानमा जुटेका छन् । नेपाल टाइम्स अनलाइन समाचारमा हामी अनफलोको क्रम अझै नरोकिएको र यो अभियान कसले चलाईरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजका ‘फलोअर्स’ संख्या मंगलबार साँझबाट एकाएक घट्दै छ । त्यो क्रम अझै रोकिएको छैन् । प्रधानमन्त्री ओलीका मंगलबारसम्म फेसबुक फलोअर्स ६ लाख ६६ हजार थिए । तर यो समाचार तयार पार्दासम्म फलोअर्स संख्या घटेर ५ लाख ९१ हजारमा झरेको छ ।

देशका प्रधानमन्त्रीको फलाअर्स लगातार घटिरहेपछि यो अभियान कसरी चल्यो ? र कसले चलाइरहेको छ ? भन्ने चासो ब्यापक बढेको छ । यो अभियान भने बालेनको प्रधानमन्त्री ओली लक्षित स्ट्याटस र त्यही स्ट्याटस फेसबुकबाट हटेको विषयसँग जोडिएको छ । बालशोषण गरेको अभियोगमा अदालतले अनुशन्धान गर्नु भनेको ब्यक्तिलाई पक्राउ गरी कारबाही नगरेको भन्दै मेयर बालेनले आइतबार फेसबुकमा एमाले प्रदेश सभा सांसद रेखा शर्मालाई पक्राउ किन नगरेको भन्दै एउटा पोष्ट गरेका थिए ।

प्रदेश सांसद शर्माको फोटोसहितको पोस्ट गरेका बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए । “उहाँले एकजना नाबालिकालाई आठ वर्षसम्म घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ । दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ । महानगरले विगत दुई महिनादेखि कारबाही गर्न भन्दा पनि यो सरकारले समातेको छैन,” बालेनले लेखेका थिए ।

उनले अगाडि थपेका छन्, ‘‘सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंका सांसद रेखा शर्मालाई बालशोषण गरेको मुद्दा समाउन भन्छ ? कहिले समाउने कि नसमाउने ?’’ यो बालेनको पोष्टपछि सामाजिक सञ्जालमा ‘एमाले भर्सेस बालेन’ देखियो । एमालेको भातृसंगठन अनेरास्ववियूका अध्यक्ष समिक बडाल बालेनको विरोधमा उत्रिए । बालेनले रेखा शर्माको विषयलाई तोडमोड गरेको उनले आरोप लगाए । उनले बालेनलाई भारतीय गुप्तचरको सम्पर्कमा रहेर काम गरिरहेको सम्मका गम्भिर आरोप समेत लगाए ।

यही बीच बालेनले एउटा अर्को स्टाटस लेखे । मेयर बालेनले सोमबार रेखा शर्माले बालकालिकाको शोषण गरेको भन्दै आफ्नो फेसबुकमा लेखे, “बालिकाले त्यहाँ आएदेखि नै विगत आठ वर्षदेखि आफ्नो जैविक बाबुआमा नभेटेको, घरमा पोछा लगाउने, करेसाबारीमा काम गर्ने, खाना पकाउनेलगायत काम गर्नुपर्ने, केही काम बिगार्दा घरधनी रेखा कुमारी शर्माले लट्ठी र पाइपले पिट्ने गरेको, तेरो मुख जलाइदिन्छु भनी धम्की दिने गरेको भन्ने खुल्न आयो ।”

त्याहा पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै बालेनले लेखे छन्, “प्रधानमन्त्री खडगप्रसाद ओलीज्यू, तपाईं आफ्ना कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरुको इशारामा चल्ने हुनुपर्ला ।” यो पोष्टपछि एमाले समर्थकहरू झनै आक्रोशित भए ।

यहीबीचमा मंगलबार बालेनको फेसबुकबाट शर्मालाई किन पक्राउ नगरेको भन्दै ओलीलाई प्रश्न गरिएको पोष्ट हट्यो । त्यसपछि ‘पोष्ट उडाउने होइन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ,’ भनेर मंगलबार साझ बालेनले फेसबुकमा स्ट्याटस लेखेपछि सामाजिक सञ्जालमा सुरु भयो प्रधानमन्त्रीको फेसबुकबाट फलोअर्स घटाउने अभियान ।

यो अभियानमा सबैभन्दा अघि बालेनलाई मेयरमा चुनाव जिताउन भूमिका खेलेको मेन्स रुम रिलोडेड (एमआरआर) ग्रुप नै सक्रिय रहेको बताइन्छ । यो ग्रुपमा २ लाख ३२ हजार फलोअर्स रहेका छन् । दुई वर्षअघि परराष्ट्रमन्त्री रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाले समेत बालेनलाई रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेजले सहयोग गरेको भन्दै सामाजिक सञ्जालको शक्तिको उदाहरण प्रस्तुत गरेकी थिइन् ।

Tags: #ओली भर्सेस बालेन#अनफलो अभियान

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.