कसले जित्ला यसपालिको बालोन डी‘ओर ?

१८ भदौ ८१, बुधबार

१९ भदौ, विराटनगर ।

फुटबलको सर्वाधिक प्रतिष्ठित पुरस्कार बालोन डी‘ओर का लागि बुधबार (आज) मनोनयन सार्वजनिक हुँदै छ । फुटबलको प्रसिद्ध अवार्ड संस्थापक ‘फ्रान्स म्यागजिन’ले वर्ष २०२४ को अवार्डका लागि ३० खेलाडीको नामावली सार्वजनिक गर्ने छ ।

६८औं संस्करणको उक्त अवार्डका लागि वर्षभरि उत्कृष्ट प्रदर्शन गरेका ३० खेलाडीको नामावली सार्वजनिक हुने छ । सन् १९५६ यता बर्सेनि महिला र पुरुष फुटबलमा उत्कृष्ट खेलाडीलाई बालोन डी‘ओर प्रदान गरिँदै आएको छ ।

Advertisement

सन् १९५६ देखि सन् १९९५ सम्म युरोपियन देशका खेलाडीलाई वितरण गरिँदै आएको यो अवार्डको त्यसपछि नियम परिर्वतन गरी युरोपियन क्लबबाट खेल्ने खेलाडीलाई पनि दिन थालिएको हो । सन् २००७ पछि भने विश्वभरका सबै देश र क्लबलाई सहभागिताका लागि योग्य ठहराउन थालिएको हो ।

यो पुरस्कार सर्वाधिक धेरै पटक पाउने खेलाडी अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी हुन् । विश्वकपविजेता मेसीले हालसम्म आठ पटक उक्त अवार्ड चुमेका छन् । सन् २००९ देखि २०१२ सम्म लगातार अवार्ड जितेका मेसीले २०१५, २०१९, २०२१ र २०२३ मा बालोन डी‘ओर जितेका छन् ।

Advertisement

मेसीका समकालीन क्रिस्टियानो रोनाल्डो पाँच पटक जित्दै सर्वाधिक धेरै बालोन डी‘ओर जित्ने सूचीमा दोस्रो बनेका छन् । उनले सन् २००८, २०१३, २०१४, २०१७ र २०१८ मा फुटबलको चर्चित पुरस्कार जितेका छन् ।

सन् २०१८ देखि १० वर्षसम्म यो अवार्डमा मेसी र रोनाल्डोको बर्चस्व रह्यो । सन् २०१८ मा भने आफ्नो राष्ट्रलाई २०१८ को विश्वकपमा उपविजेता बनाएका क्रोएसियाका लुका मोड्रिकले जिते । कोभिड महामारीका खेलहरू नै अस्तव्यस्त हुँदा २०२० को बालोन डी‘ओर कसैलाई प्रदान गरिएन । २०२२ मा भने करिम बेन्जेमाले उक्त अवार्ड उचाल्ने अवसर पाए ।

अब, यसपालिको बालोन डी‘ओर कसले जित्ला त भन्नेमा फुटबलप्रेमीहरूको चासो–चिन्ता औधी छ । आज फ्रान्स फुटबल फेडेरेसनले ३० खेलाडीको मनोनयन सार्वजनिक गर्ने छ । खेलपत्रकारहरूले गरेको भोटको आधारमा आगामी अक्टोबर १८ मा विजेताको नाम घोषणा गरिने छ ।

बालोन डी‘ओर अवार्डमा फिफाको पछिल्लो वरीयताअनुसार टप–१०० देशका पत्रकारले भोट गर्ने प्रावधान छ । सन् २०२२ अघि सबै देशले भोट गर्न पाउने नियम थियो । तर आयोजकले सन् २०२२ बाट सिजनका आधारमा अवार्ड दिने ढाँचा लागू गरेपछि भोटिङ अधिकार पनि फिफा वरीयताका टप–१०० देशका पत्रकारलाई मात्रै दिएको हो । नियमअनुसार एक पत्रकारले पाँच भोट अर्थात् पाँच जनालाई दिन पाउँछ । जसअनुसार पहिलो नम्बरको भोटको अंक पाँच हुन्छ ।

बालोन डी‘ओर–२०२४ का लागि रियल मड्रिडका ब्राजिलियन स्टार भिनिसियस जुयिनर, किलियन एम्बाप्पे, जुडे बेलिंघम र डेनी कार्भजल, म्यानेचस्टर सिटीका रोड्री र फिल फोडेन, इन्टर मिलानका लाउटारो मार्टिनेज, जर्मनीका पूर्वकप्तान टोनी क्रुस, बायर्न म्युनिखका ह्यारी केन, एट्लेटिक बिल्बाओका निको विलियम्सलगायतलाई दाबेदारका रूमा हेरिएको छ ।

यस्तै, बायर लिभरकुसेनका फ्लोरियन विर्ट्ज, बार्सिलोनाका लामिने यमल, सिटीका इयर्लिङ हालान्ड, एस्टोन भिल्लाका इमिलियानो मार्टिनेज, एसी मिलानका अल्भारो मोरटा, इन्टर मियामीका लियोनल मेसी, एट्लेटिको मड्रिड जुलियन अल्भारेज, बार्सिलोनाका डेनी ओल्मो, आर्सनलका बुकायो साका र रियलका रोड्रिगोलाई शीर्ष २० मा राखेर यस अवार्डका लागि हकदार मान्न सकिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top