२० भदौ, विराटनगर ।
नेपाली बजारमा विगत चार दिनदेखि सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार (आज) पनि छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम रहेको महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार यही भदौ १७ गतेदेखि छापावाल सुन सोही मूल्यमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।
चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।